Showing posts with label मछिन्द्रनाथ. Show all posts
Showing posts with label मछिन्द्रनाथ. Show all posts

Tuesday, June 26, 2018

थिमी : रातो करुणामय

मुलुकभर १०८ करुणामय  / पद्मपाणी लोकेश्वर अर्थात मछिन्द्रनाथहरु छन् l त्यसमध्ये थिमी अवस्थित यस रातो करुणामयको जात्रा चाहिं सिथिनख:को दिन हुने गर्दछ l 

महाविहार अवस्थित करुणामय देवतालाई प्रतिपदाको दिन आफ्नो घर मध्यपुर थिमी - ७ अवस्थित जिस्वा: बहालमा लैजाने परम्परा रहेको छ l जिस्वा: बहालमा लानु अघि मन्दिरमा बसाउने परम्परा रहेको पाइन्छ l त्यसपछि पन्चामृत (दुध, घ्यु, दहि, मह र साख:) ले विधिपुर्वक नुहाई धुहाई गरिन्छ l मुलुकभर १०८ करुणामय रहेकोमा बुङ्गमतिको रातो मछिन्द्रनाथ, नालाको शृष्टिकान्त लोकेश्वर, जनबहालको सेतो मछिन्द्रनाथ र चोभारको आदिनाथ / आनन्दधारी लोकेश्वरलाई मुख्य करुणामय मानिन्छ l 




Tuesday, February 27, 2018

कामारुकामाख्य: तान्त्रिक देवी चामुण्डा

तान्त्रिक देवी चामुण्डा ...गहिरो ध्यानमग्न अवस्थामा !! 

यो मुर्ति कामारुकामाख्य: मा भेटिन्छ, जहाँबाट करुणामय / मछिन्द्रनाथलाई काठमाडौं ल्याईएको थियो l

Sunday, April 2, 2017

काठमाडौं : काष्ठमण्डप मन्दिर


काठमाडौँ दरवार क्षेत्रमा अवस्थित ३ तल्ले प्यागोडा शैलीमा बनेको काष्ठमण्डप मन्दिरको अस्तित्व १६औ सताब्दीका राजा लक्ष्मीनरसिंह मल्लभन्दा साढे ४ सय वर्षअघि नै रहेको पुष्टि भएको थियो । बिसेत नाम गरेका कलाकारले एकै रुखबाट यो मन्दिरको निर्माण गरेका थिए ।

मुलुकको राजधानीको नाम यसै मन्दिरबाट राखिएको थियो । पछि यहि काष्ठमण्डप अपभ्रंस भै काठमाडौ रहन गएको भन्ने भनाइ छ ।

उहिले उहिले बर्षको १ दिन यो मन्दिरमा जनताहरु भेला भएर रातभर मिष्ठान्न भोजन ग्रहण गर्थे रे । पौराणिक कथा अनुसार मछिन्द्रनाथ (जनबहाद्य:) को भक्त गोरखनाथ मछिन्द्रनाथको रथ जात्रामा सामान्य मनुष्यको रुपमा घुम्दै थिए । एक जना तान्त्रिकले गोरखनाथलाई चिनी हाले र आफ्नो नियन्त्रणमा लिए । गोरखनाथले आफुलाई नियन्त्रणमा लिएको थाहा पाएपछि आफ्नो उन्मुक्तिको लागि के इच्छा गरेको हो माग्न भने । तान्त्रिकले मन्दिर बनाउन चाहेको र यसको लागि चाहिने यथेष्ट निर्माण सामंग्री उपलब्ध गराई दिन इच्छा ब्यक्त गरे । बर्ष दिनमै तान्त्रिकको खेतमा एक बिशाल रुख उम्रेर आए । सोहि रुख काटेर तान्त्रिकले काष्ठमण्डपको निर्माण गर्न लगाए ।

२०७२ साल बैसाख १२ गतेको महाभूकम्पले यो मन्दिर ढलेर नष्ट भएको छ ।

Saturday, April 1, 2017

चोभार : सिद्धिपुर र श्री आदिनाथ लोकेश्वरको सन्दर्भ


हामी सामान्यत: मछिन्द्रनाथ भन्ने बितिकै बर्षा र शहकालको देवता भनेर चिन्छौ ।  तर चोभार अवस्थित मछिन्द्रनाथ अर्थात आदिनाथ लोकेश्वरको कथा चाहिं धेरै असिना पानी परेकोले सिद्धिपुरका बासिन्दाहरुले देउटालाई नै गोदावरी खोलामा फ्याँकेको कथापाइन्छ ।

चोभार तथा थसिका जेष्ठ नागरिकहरुको भनाई तथा जनश्रुती अनुसार धैरै बर्ष पहिले थसि अर्थात ललितपुर अवस्थित सिद्धिपुरका वासिन्दाहरूले अति असिनाका कारण गोदावरी खोलामा फ्याँकेको श्री आदिनाथ खोला सँगसंगै बग्दा बग्दै कालान्तरमा उपत्यकालाई छोडेर जान मन नलागी चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको "नन्द ग्वा"ले देखेका थिए । चोभारको चौरमा गाई चराउदै गरेका चोभारबासी "नन्द ग्वा "ले नख्खु खोलाको दोभानमा अड्किएर बसेको बच्चा अर्थात श्री आदिनाथलाई बचाउन खोलामा गए । बच्चालाई समाउन खोज्दा उक्त बच्चाले "मलाई नछोउ, मलाई नछोउ" भनी कराउन थाले र नन्द ग्वालाई श्री आदिनाथले आफ्नो रूप दर्शन गराएका थिए । आदिनाथको दर्शन पाएपछि नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए : " प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समयदेखि खाली रहेको छ, उक्त ठाउँमा प्रभु विराजमान भइदिनुस् ।“

 नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गरे र नन्द ग्वा: खुशी हुँदै श्री आदिनाथलाई लिन म बाजागाजा लिएर आउँछु भनी गाउँ पसे । नन्द ग्वा:ले सबै गाउँवासीलाई खबर गर्दागर्दै फर्केर आउन ढिला भए । उता श्री आदिनाथ आफुलाई कहिले लिन आउँछ भन्दै नख्खु खोलाको दोभानबाट माथि चोभार डाँडाको गाउँतिर हेरि रहे । त्यही भएर हालसम्म पनि श्री आदिनाथ मुर्तिमा आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा: बिभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइ पुगे । तर पहिलाको ठाउँमा श्री आदिनाथले दर्शन दिनु भएन् । यताउता चारैतिर सबैले आँखा लगाए तर कहीं  भेटिएन ।  नन्द ग्वा: र पुरोहित बिच गन्थन हुन थाले । नन्द ग्वा:ले आफुले यतै देखेको हो भनि जिद्धी गर्न थाले । त्यसै बखत सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई  श्री आदिनाथले दर्शन दिए । पुरोहितले श्री आदिनाथलाई देख्नासाथ खोलामा कलश थापे र श्री आदिनाथ त्यस कलश भित्र विराजमान भए । यसैको प्रतिक स्वरुप अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारेर थापिन्छ । हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरिन्छ ।

त्यस बेला श्री आदिनाथ स्वयं प्रकत भई भनेका थिए " म सिपुर (सिद्धिपुर थसी) को देवता हुँ, मलाई परापुर्वकालदेखी नै थसिका नेकु खलक (नेम्कुल) मार्फत नित्य पूजा गरी आईरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलकबाट नै गरियोस भन्दै आज्ञा दिए । गाउँवासीहरूले उक्त कुरामा सहमत भए र  बिभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारा माजुको मन्दिरमा श्री आदिनाथको स्थापना गरे । थसी (सिद्धिपुर्) का वासिन्दा मध्ये चार नेम्कुल खलकहरू नाङो खुट्टाले सेतो वस्त्र लगाई कपाल मुन्डन गरी थसी (सिद्धिपुर्) देखी चोभार सम्म हिंडेर पूजा गर्ने जाने चल्न हाल सम्म यथावत नै छ । यसर्थ सिद्धिपुरको प्वं देवता नै हालको श्री आदिनाथ लोकेश्वर हुन् भन्नेजन विश्वास रहेको पाइन्छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...