हामी सामान्यत: मछिन्द्रनाथ
भन्ने बितिकै बर्षा र शहकालको देवता भनेर चिन्छौ । तर चोभार
अवस्थित मछिन्द्रनाथ अर्थात आदिनाथ लोकेश्वरको कथा चाहिं धेरै असिना पानी
परेकोले सिद्धिपुरका बासिन्दाहरुले देउटालाई नै गोदावरी खोलामा फ्याँकेको कथापाइन्छ ।
चोभार तथा थसिका जेष्ठ नागरिकहरुको भनाई तथा जनश्रुती अनुसार धैरै बर्ष पहिले थसि अर्थात ललितपुर अवस्थित सिद्धिपुरका वासिन्दाहरूले अति असिनाका कारण गोदावरी खोलामा फ्याँकेको श्री आदिनाथ खोला सँगसंगै बग्दा बग्दै कालान्तरमा उपत्यकालाई छोडेर जान मन नलागी चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बसेको "नन्द ग्वा"ले देखेका थिए । चोभारको चौरमा गाई चराउदै गरेका चोभारबासी "नन्द ग्वा "ले नख्खु खोलाको दोभानमा अड्किएर बसेको बच्चा अर्थात श्री आदिनाथलाई बचाउन खोलामा गए । बच्चालाई समाउन खोज्दा उक्त बच्चाले "मलाई नछोउ, मलाई नछोउ" भनी कराउन थाले र नन्द ग्वालाई श्री आदिनाथले आफ्नो रूप दर्शन गराएका थिए । आदिनाथको दर्शन पाएपछि नन्द ग्वाले श्री आदिनाथलाई बिन्ती चढाए : " प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समयदेखि खाली रहेको छ, उक्त ठाउँमा प्रभु विराजमान भइदिनुस् ।“
नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गरे र नन्द ग्वा: खुशी हुँदै श्री आदिनाथलाई लिन म बाजागाजा लिएर आउँछु भनी गाउँ पसे । नन्द ग्वा:ले सबै गाउँवासीलाई खबर गर्दागर्दै फर्केर आउन ढिला भए । उता श्री आदिनाथ आफुलाई कहिले लिन आउँछ भन्दै नख्खु खोलाको दोभानबाट माथि चोभार डाँडाको गाउँतिर हेरि रहे । त्यही भएर हालसम्म पनि श्री आदिनाथ मुर्तिमा आँखा अलि माथि हेरिरहेको जस्तो देखिन्छ । नन्द ग्वा: बिभिन्न बाजागाजाका साथ पहिलेको ठाउँमा आइ पुगे । तर पहिलाको ठाउँमा श्री आदिनाथले दर्शन दिनु भएन् । यताउता चारैतिर सबैले आँखा लगाए तर कहीं भेटिएन । नन्द ग्वा: र पुरोहित बिच गन्थन हुन थाले । नन्द ग्वा:ले आफुले यतै देखेको हो भनि जिद्धी गर्न थाले । त्यसै बखत सोही ठाउँमा पुरोहित र नन्द ग्वालाई श्री आदिनाथले दर्शन दिए । पुरोहितले श्री आदिनाथलाई देख्नासाथ खोलामा कलश थापे र श्री आदिनाथ त्यस कलश भित्र विराजमान भए । यसैको प्रतिक स्वरुप अहिले पनि कलश थाप्दा पानी बगेको पट्टी कलशको पछाडिको भाग पारेर थापिन्छ । हालसम्म पनि नख्खु खोलाको दोभानमा मेलाको बेला दाफा स्वां खन्याउने गरिन्छ ।
त्यस बेला श्री आदिनाथ स्वयं प्रकत भई भनेका थिए " म सिपुर (सिद्धिपुर थसी) को देवता हुँ, मलाई परापुर्वकालदेखी नै थसिका नेकु खलक (नेम्कुल) मार्फत नित्य पूजा गरी आईरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलकबाट नै गरियोस भन्दै आज्ञा दिए । गाउँवासीहरूले उक्त कुरामा सहमत भए र बिभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारा माजुको मन्दिरमा श्री आदिनाथको स्थापना गरे । थसी (सिद्धिपुर्) का वासिन्दा मध्ये चार नेम्कुल खलकहरू नाङो खुट्टाले सेतो वस्त्र लगाई कपाल मुन्डन गरी थसी (सिद्धिपुर्) देखी चोभार सम्म हिंडेर पूजा गर्ने जाने चल्न हाल सम्म यथावत नै छ । यसर्थ सिद्धिपुरको प्वं देवता नै हालको श्री आदिनाथ लोकेश्वर हुन् भन्नेजन विश्वास रहेको पाइन्छ ।

No comments:
Post a Comment