सत्य
युगको कुरो हो, एक राजपरिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो !
एवम् ढंगले छोरीहरु हुर्कदै आए । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार
राजकुमारहरुसँग विवाह गरी दिए ! एक जना कान्छी छोरी सत्यकेशरीलाई चाहिं
गरीब असहाय अपाङ्ग कुष्टरोगीसँग विवाह गरी दिए ।
६ जनाको हकमा दाइजो पनि अनिगिन्ती दिए । तर सत्य केशरीको हकमा चाहिं केही पनि दिएन । कान्छी छोरी दयामाया बाहेक सहयोग केही पनि नपाएका स्वच्छ हृदय र दृढ विश्वास अनि आमावुवा प्रति अपार निष्ठा भएको कारणले वुवाआमाको वचनलाई स्वीकारे । आफ्नो कर्यमा लेखि आए अनुुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे । बाँच्नको लागि आफ्नो घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सँगै सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न गए ।
त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउँदै खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फाल्दै र एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृयाहरु चलिरहयो । कुष्ठरोगी पतिले निकै वेर त्यो दृश्य हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे ।
धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अनुनय विनय गरे ! तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन ! केही भयो भने के गर्ने ? हामीलाई दोष लाग्छ त्यस कारणले ति गोठालाहरुले मानेन ।
फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अचम्मित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा आई वस्त्र लगाइ त्यही पाटीमा वसे । त्यो दृष्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो ! सबै तिरवाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो ।
त्यसै समयमा माग्न गएका सत्यकेशरी पनि आइपुगे मान्छेको घुइचो वीचमा यताउता आफ्ना पतिलाई खोज्छन् भेटाउन सकेन ! त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे वसेका थिए । त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे म नै हु तिम्रै पति हु भनेर चिनाउन खोजे, तै पनि पत्याएन ! पत्याउनु पनि कसरी, राजकुमारीले मलाई छलछाम गर्न लागे, मेरो ईज्जत र अस्तित्व लुट्न लागे, मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ति सत्यकेशरीको पतिले आफुले भोगेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे ।
सत्य केशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए र रमाए ! एक आपसमा भेलाभएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे ।

No comments:
Post a Comment