मानिस को बलि चढाउन थाले । यो मानवबलीको परम्पराले समाजमा ठुलै हाहाकार भएछ ।
हरेक वर्ष चैत्र १२ गते एउटा
मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर
मानिसहरु थरथर हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा
युवकलाई ल्याएर बलि दिने गरिएछ ।
बलि आतङकका कारण शरीरमा चोट पार्नका लागि जानीजानी एक टोल र अर्को टोल बिच ढुङगा हानाहान गर्ने र एक अर्काका टाउको फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन । जसको शरीरमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङगा हान्ने परम्परा बन्द भएछन ।

तर चैत लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाले । नरबलीको डरले पुरुषहरु
भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममाः घरघरमा जाने र
महिलाहरुलाई हातपात गर्न थालेछन । बलीमा परिने डरले घर छोडेर हिडेका कैयौं
पुरुषहरु नफर्केपछि राज्यमा महिलाहरुको संख्या बढ्न थालेछ भने पुरुष झन्
झन् घट्न थालेछ ।
पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र
राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न
थालेछन् । परम्परा जस्तै रुप लिन थालेपछि त्यहि संभोगशैली बिस्तारै
टुडालहरुमा देखिन थालेको भनिन्छ ।
- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।
No comments:
Post a Comment