Showing posts with label स्वयम्भु. Show all posts
Showing posts with label स्वयम्भु. Show all posts

Monday, August 19, 2019

चेतिय चैत्य



- भिक्षु सुदर्शन

 छानिएर राखिएका पवित्र अस्तिधातु राखेर माटो तथा ढुंगाबाट बनाइउका पुज्य स्मारक नै चेतिय हुन् । किन भने चेतिय भनेको “चि” धातुबाट बनेको शब्द हो । नराम्रो बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर पूज ागर्ने स्मारक भएकोले पनि यसलाई चेतिय भनिएको हो ।

भगवान बुद्धको समयमा पनि केही आशा वा संकल्प गर्ने चेतिय स्थानहरु थिए । “वन चेतिय” र “रुक्ख चेतिय” त्यस्ता स्थानहरु हुन् । तर भगवान बुद्धले त्यसरी वन र रुक्ख (रुख) को शरण जानुलाई उत्तम शरण र साँच्चैको शरण भन्नु भएन । यस्तो रुख, वन, पर्वत हादिको शरण गएर कुनै प्रकारको दुखबाट पनि मानिसहरु मुक्त हुन सक्दैन भनेर भभवान बुद्धले आज्ञा गर्नुभएको छ ।

यस्तो चेतियको स्थानमा भगवान बुद्धले परिनिर्वाण पछि बुद्धको गुणस्मरण गराउने चेतिय बन्न गयो । तेतिय शब्दलाई बौद्धहरुले ग्रहण गरेर लिए । अनि त्यसलाई बौद्ध गुण र शैलीबाट विकार पनि गरे । निधिकण्ड सुत्र, खुठ्ठक पाठकाु अर्थकथामा तीन प्रंकारका चेतिय हुने वर्णन गरिएको छ (चेतियं तिविधं होति परिभोग चेतियं, उद्दिस्सक चेतियं, धातुक चेतियं) । बोधिवृक्ष रुखलाई परिभोग चैत (बोधिरुक्खो परिभोग चेतियं) भनिन्छ । बुद्ध प्रतिमालाई उद्देश्य चैत्य (बुद्ध पतिमा उहिस्सक चेतियं) भनिन्छ । धातु निधान गरेर राखेको चैत्यलाई सधातुक चैत्य (धातु गब्भथूपा सधातुका धातुक चेतिय) भनिन्छ । चैत्यलाई अर्को किसिमबाट विभाजन गर्दा चैत चार प्रकारको हुन्छ । एउटा वृद्धि भउको चैत्य धर्म चैत्य हो ।

चैत्यका आकार प्रकार:
बुद्धको समयमा भएको धार्मिक स्मारक “चेतिय”को आकार प्रकार यस्तो थियो भनेर थाहा पाइँदैन । चैत्यको आकार प्रकारको् बारे पुरानो विवरण पनि स्पष्ट छैन । तैपनि अमरावती स्तूपलाई “महाचैत्य” भनी सम्बोधन गरेकोले केही कुरा स्पष्ट भएको छ । “थुबे” जस्तै अथवा “थूप” “थूर” जस्तै भूमि नै गोलो बनाएर माथि आदरको रुपमा छत्र वा छाता एउटा राख्ने भन्दा फरक किसिमको स्तूपलाई चैत्य भन्ने गर्यो होला । चैत्यमा तह (फः) हुन्छ । अनि फेरि महायानको विकास हुनथालेदेखि गोलाकारको माथि पनि अनेक कलात्मक शैलीका र भाव अभिव्यञ्जनाको विकास भयो । तह भएर पनि त्रयोदश भूवनको विकास भइनसकेको प्राचीन प्रकारको चैत्य यसको प्रमाण हो । यस्तो चैत्य अजन्ता गुफामा छ ।

चैत्यमा विशेषतः महाचैत्यमा तहहरु दुई, तीन वा चार तह हुने गर्दछ । अनि त्यस महाचैत्यको तहमा बुद्ध–जीवनी वा जातक घटनाका अनेक चित्रहरु ढुंगामा कुँदेको हुन्छ । यसको सुन्दर नमूता इण्डोनेशियाको बोरोबुदूर महाचैत्य र कम्बोडियाको अंकोरबार हुन् । हाम्रो नेपालमा पनि “किन्नरी जातक” कुँदिएको चैत्यको वर्णन चाबहिलको लिच्छवी कालको अभिलेखबाट थाहा हुन्छ । तर दुःखको कुरा, यस किन्नरी जातकको शिलाचित्र अझै फेला परेको छैन ।

यस प्रकार बुद्धको समयमा मानिसहरुलाई टेवा दिने चेतिय बुद्धको महापरिनिर्वाणभन्दा पछि बुद्धको गुण स्मरण गराउने, बुद्धको अवशेष पूजा गर्ने, बुद्धको धर्म सम्झने बौद्ध चेतिय भए । अब आज व्यवहारिक रुपमा चैत्य चेतिय भन्नु नै बौद्ध स्मारक बनिसकेको छ ।

लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।
श्रोत : बोधी टिभी

थप:
Mary Shepherd Slusser द्वारा लिखित Nepal Mandala : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकमा ध्वाखा: बहाल अवस्थित ७औ सताब्दीमा बनेको चेतीय चैत्यमा उभिएका प्रस्तर मुर्तिहरु क्रमश: शाक्यमुणी बुद्ध, बज्रपाणी, अवलोकितेश्वर र मैत्रय बुद्ध भनेर उल्लेख गरिएको छ l यस प्रकारको चैत्यलाई सर्बतोभद्र प्रकारको चैत्य भनेर उल्लेख गरिएको छ l

Wednesday, November 22, 2017

हिरण्य बर्ण महाविहार

ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम क्षेत्र एवं उत्कृष्ट कलाकृतिले भरिएको नियम र बिनय पालाना गर्दै जीवित बौद्ध धर्मको रुपमा चली आएको विहारको रुपमा लिइन्छ । हिरण्य बर्ण महाविहारलाई हर्ष बर्ण महाविहार, हेमबर्ण महाविहार, हिरण्यक महाविहार भनिए पनि धेरै जसोमाझ हिरण्य बर्ण महाविहार वा स्वर्ण मन्दिर (Golden Temple) को नामले प्रख्यात छ । तर स्थानीय बासिन्दाहरु क्वा: बहाल वा यंबहालको नामले चिन्ने गर्दछन् ।
 
हिरण्य बर्ण महाविहार कसरी प्रतिस्थापन भयो भनेर ऐतिहासिक पृष्ठभुमि खोतल्दा सबै भन्दा पहिले अलोकिक रत्न चैत्य उत्पन्न भएको पोखरी अगाडी आउँछ । यसै हिरण्य बर्ण महाविहारको अन्वेषक संयोजकज्यु लोकरत्न शाक्यको अनुसार करिब ५००० बर्ष अगाडी यस काठमाडौं उपत्यका पानीले भरिएको बेला "काली दह" रहेको बेला यस ठाउँमा पनि एक पोखरी रहेको थियो । उक्त पोखरीमा एक रत्न चैत्य विराजमान रहेको र रत्न चैत्यलाई बरुणवती नाम गरेका दुइ नागनागिनीहरुले घेरेर सुरक्षित गरि बसेका थिए ।

त्यसपछि महामन्जुश्री नेपाल आई चोभारको डांडा काटेर पानी बाहिर पठाई बस्ती बसाली सकेपछि किराँती राजाहरुले राज्य गरिरहेको बेला सातौँ किराँती राजा जितेदस्तीको पालामा अर्थात भगवान बुद्धको अन्तिम समयमा कपिलबस्तुमा राजा प्रसन्नजितको छोरा विद्युदभाले आक्रमण गरेको बेला त्यहाँ रहेका शाक्यहरु भागेर काठमाडौं उपत्यकाका विभिन्न भागहरुमा बसोबास गर्न आए । यिनै शाक्यहरु मध्ये भगवान बुद्धको अति प्रिय तथा मुख्य शिष्य आनन्द भन्तेको परिवार, आफन्तहरु यसै हिरण्यबर्ण महाविहार बन्नु अघिको अलौकिक पोखरीको चारैतिर बसोबास गरेको भनाई रहेको छ । 
यस ठाउँमा बसोबास गर्ने सिलसिलामा भगवान बुद्धको महापरिनिर्वाण पछि २१८ बर्ष पछि सम्राट अशोकले बुद्ध धर्म प्रचार प्रसारको क्रममा उता भारत देखि नै बौद्ध चैत्य बनाउँदा बनाउंदै नेपाल आई बुद्धजन्म भुमि लुम्बिनी आई दर्शन एवं पुजा गरि अशोक स्तम्भ प्रतिस्थापन गरे । त्यसपछि सम्राट अशोकले आफ्नी छोरी चारुमतिलाई बौद्ध धर्म प्रचार प्रसार काठमाडौं उपत्यका पठाए र ललितपुर अवस्थित ४ दिशामा अलग अलग ४ थुरहरु पुच्व: थुर (पुल्चोक), इबी थुर (इमाडोल), ग्वार्को थुर र लगं थुर (लगनखेल) बनाए । यी ठुल्ठुला ४ थुरहरु बनाएको देख्दा यहाँ बसोबास गरिरहेका शाक्यहरुले भारतबाट आएका एक राजकुमारीले त ठुला ठुला चैत्यहरु बनाए भने हामीले पनि यहाँ अलौकिक पोखरी अवस्थित रत्न चैत्यलाई बिचमा राखी महाविहार किन नबनाउने भन्दै सरसल्लाह गरे र सोही अनुरुप स्वय्मभु रत्न चैत्य स्थापना गरि हालको हिरण्य बर्ण महाविहारको निर्माण गरे ।
यस स्वयम्भु रत्न चैत्यको स्थापना गरि सकेपछि यहाँको शाक्यहरुले आफ्नो सन्तानहरुको चुडाकर्म / ब्रतबन्ध गर्न यसै ठाउँमा ब्यबस्था गरे र अलौकिक पोखरी वरिपरि बस्दै आएका सबैभन्दा थकालीलाई यस स्वयम्भु रत्न चैत्यको पुजा गर्ने जिम्मेवारी दिएर बौद्ध परम्परा अनुसार आफ्नो धार्मिक कार्यहरु अगाडी बढाए र अहिलेसम्म ५ हजार भन्दा धेरैले यहाँ चुडाकर्म गरि सकेका छन्  ।
 
स्वयम्भु चैत्य बिराजमान गरि सकेपछि यसै ठाउँमा सुन जस्तै सुनौलो बर्णको र हिरा जस्तै चम्किने आँखा भएको हिरण्यीक मुसाले बास गरेको र सोहि ठाउँमा यस बिहारको निर्माण गरिएको हुनाले यसै मुसाको नामबाट बिहारको नाम हिरण्य बर्ण महाविहार रहन गएको संस्कृतविदहरु बताउँछन् ।
यस हिरण्य बर्ण महाविहार निर्माण पछि यहाँको शाक्यहरुले आफ्नो धार्मिक चर्या अगाडी बढाउँदै क्रममा किराँत काल हुँदै लिच्छवी कालको अन्ततिर राजा भाष्कर देवको पालामा यहाँको चक्रेश्वर आजु दिनहुँ एकाबिहानै काठमाडौं अवस्थित गुहेश्वरी देवीको सिद्ध प्राप्त गर्न गुहेश्वरी मन्दिर गई जप गर्न जाने गर्दथ्यो । यसरी दिनहुँ जप गर्न जाने क्रममा एक दिन पुष - माघको जाडोमा हुस्सु लागेर गुहेश्वरी जाने भनेर गएको बाटो बिराएर भग्नावशेष अवस्थामा रहेको पिंगला बिहार पुगेछ । भग्नावशेष एवं जंगलको अवस्थामा रहेको उक्त बिहारको बिचमा एक चैत्य देखेछ र अत्यन्तै खुसि भै सोहि दिनदेखि गुहेश्वरी जाँदा उक्त चैत्य घुमेर मात्र जान थालेछ । 

एकदिन, चक्रेश्वर आजुको भक्तिभाव अनुरुप भग्नावशेष बुद्ध मुर्तिको आशा अनुरुप एक रात सपनामा “यहाँ एक ठुलो बिहार रहेको, यहाँ मन्दिरहरु बनाई बुद्ध मुर्ति स्थापना गरिएको र अहिले पुरिएको अवस्था रहेको, त्यसैले यसलाई यताबाट लगेर अन्त कतै पवित्र स्थलमा प्रतिस्थापन गरे तिमीलाई ठुलो पुण्य पाउनेछ” देखाएछ । त्यसपछि चक्रेश्वर आजुले आफुले देखेको सपना सबै राजा भाष्कर देवलाई सुनाएछ । राजा भाष्करदेब अत्यन्तै खुसि हुँदै उक्त स्थानबाट बुद्ध मुर्ति उत्खनन गरि ल्याउन आवश्यक जनशक्ति, ज्यामी, ज्यावल र आवश्यक श्रोत साधनहरु दिई पठाएछ र सोहि ठाउंबाट उत्खनन गरि बुद्ध मुर्ति फेला पारी बोकेर ललितपुर राज्यमा ल्याई शंखमूल पुगेर “महाराज, पिंगला बिहारबाट बुद्ध मुर्ति ललितपुर राज्यमा ल्याई सके । देशभित्रका सबै बाजागाजा सहित जनताहरुबाट स्वागत गरि पाउँ” भन्ने इच्छा अनुसार संखमूलबाट टोलटोलबाट जनलस्कर निकालेर बुद्धमुर्तिलाई स्वागत गरेर देश भित्र्याए । त्यसपछि बुद्ध मुर्तिलाई अब कहाँ राख्ने भन्ने प्रश्न अनुसार राजा भाष्कर देबले नयाँ बिहार बनाउन लगाउने र बिहार नबनुन्जेल तपाईहरुकै स्थान न्या: चुकमा राखेर यिनै चक्रेश्वर आजुमार्फत नित्य पुजा गर्ने ब्यबस्था गर्न लगाए । 

पछि राजा भाष्कर देबले एक नयाँ बहाल “न्हू बहा:” स्थापना गरि उक्त बुद्ध मुर्तिलाई न्या: चुकबाट ल्याई प्रतिस्थापन गरे । यसै क्रममा दिन बित्दै जाँदा एक दिन राजा भाष्कर देबलाई सपनामा बुद्ध भगवानले “महाराज ! मलाई यो ठाउँ भन्दा पनि उता रत्न चैत्य विराजमान गरिएको ठाउँ जहाँ हिरण्यीक मुसा बास बसेको ठाउँमा प्रतिस्थापन गरि दिनु भयो भने महाराजलाई ठुलो पुण्य लाग्नेछ” भन्ने देखेछ । भोलिपल्टै राजा भाष्कर देबले सबै राज ज्योतिषहरुलाई बोलाएर सपनामा देखेको कुरा सुनाए । राज ज्योतिषहरुले सपनामा देखाएको उक्त ठाउँको माटो एकचोटी हेर्न पाए हुन्छ भन्ने आसय देखाए । सोही अनुरुप स्वयम्भु महाचैत्यको एक दिशामा हिरण्य बर्ण महाविहार रहेको तथा दक्षिण, पश्चिम र उत्तर दिशामा खाली बगैंचा मात्र रहेको हुँदा तिनै ठाउँको माटो लगेर देखाए । राज ज्योतिषहरुले सुन जस्तै सुनौलो बर्ण भएको हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भु रत्न चैत्यको पश्चिम दिशामा बास बसेको प्रमाणित गरे र सोहि अनुरुप हालको स्वर्ण मन्दिर बनाउन लगाई बुद्ध भगवानलाई प्रतिष्ठापन गरे । नेपाल सम्बत १६५ देखि १६७ सम्म २ बर्ष लगाएर उक्त स्वर्ण मन्दिर बनाउन लगाएको थियो  ।

यस हिरण्य बर्ण महाविहारमा उहिले शिल पालना गर्ने तथा चिवर लगाउने भिक्षु भन्तेहरुबाट पुजा गरि आएको भए पनि पछि पंचशिल ग्रहण नगरेका बच्चाहरुलाई पुजा गराउनु पर्छ भन्ने मान्यता अनुसार १२ बर्ष मुनिका शिल ग्रहण नगरेका “बाहा पा:चा" पुजारी नियुक्त गर्ने गरेको पाइन्छ । पंचशिल पालना नगरेको भए पनि १२ बर्ष मुनिका बच्चाहरु प्राणी हिँसा गर्न नजानेको, चोरी गर्न नजान्ने, झुठो बोल्न नजान्ने, व्यभिचार नजान्ने, मद्यपान गर्न नजानेको हुँदा पंचशील नबिग्रेको बच्चालाई पुजा गर्न लगाउनु पर्छ भन्ने मान्यता रही आएको छ । एक महिनासम्म एक बरिष्ठ सहयोगीसाथ राखी नित्य पुजा गर्न सिकाउने गरिन्छ । यस हिरण्य बर्ण महाविहार ललितपुर भरि सबै जसो बिहारहरुलाई नेतृत्व दिंदै संचालन गरि रहेको बिहारको रुपमा प्रख्यात छ ।
श्रोत : BODHITV, NEPAL

Tuesday, September 5, 2017

स्वयम्भुका अनेक रुपरंगहरु

Swoyambhu from Basantapur Durbar Square at 1978, Photo by : Ed Van Der Kooy
TripAdvisor.com : Swoyambhu Stupa & Gauri Shankar Himal

 
Source : Suzax's Photography

Source : Suzax's Photography
Source : Blazing Splendor, 1960
Source : Brian Cooke 1965-66 / Nepal Photo Project provided by Doug Hall
Source : KTM Photography

Ancient Swayambhu Stupa

Saturday, April 8, 2017

बालाजु मेला : तामांगहरुको तेमाल जात्रा


हरेक बर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तिमालजात्रा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो ।  तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन् ।

जनश्रुति अनुसार काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला बन्धुमती नगरबाट आएका विपश्वी बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ ।पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ । यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ । 

तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ, दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ । यसरी बत्ती बाल्न आउने तामाङहरू टाढाटाढाबाट आउँदा सामूहिक रूपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन् भने नजीकबाट आउनेहरूचाहिँ परिवारसँग आउने गर्छन् । जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाउँछन् । यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक -स्वर्ग) मा पुग्छ भन्ने विश्वास तामाङहरू गर्छन् ।

तिमालजात्रामा सहभागीहरू आउँदा पहिले पहिले तिमालका तामाङहरू वर्षभरि कमाएको धन खर्च गर्थे, तामाङनीहरू बाटाघाटामा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउने जाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नुअगाडि यो जात्रा भर्न तामाङहरू सल्लाको खोटो -म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ । मकवानपुर राज्यको अधीनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला -विसं १८१९) सम्म यो जात्रामा राजा स्वयं सहभागी भएको पाइन्छ । पितृ उद्धारको केन्द्रीय सेरोफेरोमा रहेको यो दुईदिने जात्राले तामाङ संस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ ।

Source : http://www.tamangonline.com

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...