Showing posts with label टोखा. Show all posts
Showing posts with label टोखा. Show all posts

Monday, September 4, 2017

टोखा : बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने एक जात्रा



एकदिन महादेव र पार्वतीसँगै बसेको बेला पार्वतीले महादेवको अपमान गरेको अड्कल गरिछन् । उक्त अपमानबाट मुक्ति पाउन पार्वती पृथ्वीको भ्रमणमा निस्केछन् । टोखाका गाउँलेहरूले पार्वतीलाई देखेर ललाई फकाई गर्दै गल्ली, कुना र अँध्यारो ठाउँतिर घुमाएछन् । बिहान हुँदा गाउँलेहरूले पार्वतीको वास्तविक रूप थाहा पाएछन् र पार्वतीको शरणमा गएछन् ।

यसै बेलादेखि टोखामा भाद्र कृष्ण एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मनाइने इन्द्रजात्राको पाँचौं दिन पूर्णिमाको दिन (येँयाः पुन्हि) मान्छेहरू गीत गाउँदै समूह समूह बनाएर गाउँ घुम्ने चलन रहँदै आएको जनविश्वास रहेको छ । लोककथामा आधारित यस जात्रामा घुमाईसँग इच्छा पूर्तिको सम्बन्ध पनि गाँसिएको बताइन्छ । त्यसो हुनाले टोखाबासीहरू सके ३–४ पटक नसके एक पटक मात्रै भए पनि सिँगै गाउँको परिक्रमा गर्ने गरिन्छ । यस जात्राको रमाईलो पक्ष के छ भने सकेसम्म बढी फोहर, काँडा आदि भएको ठाउँबाट जुत्ता चप्पल नलगाई हिँड्ने गरिन्छ, कथंनकदाचित सिसा, काँडा आदिले बिझे पनि ऐय्या भन्नु हुँदैन भन्ने जनविश्वास रहेको छ । घुम्ने क्रममा मध्यरातको १२ बजे देखि १ बजेसम्मको समयलाई टोखाबासीहरू ‘वाल्ख म्हुलेगु’ भन्ने गरिन्छ । यो पर्वमा यसरी नाङ्गो खुट्टाले अँध्यारो ठाउँमा फोहरहरू कुल्चिदै घुमेपछि मृत्युपछि यमराजले काँडा, सिसा आदिमा टेक्न लगाउँदैन भन्ने जनविश्वास रही आएको छ ।

साथै, सामान्यतया नेवार समाजमा छोरी मान्छेहरूलाई राति–राति हिँड्डुल गरेको मन पराउँदैन । तर यस सामाजिक पर्वका पाँच दिन घरबाट राति बाहिर निस्कन बन्देज नहुने हुँदा युगल जोडीलाई प्रेम प्रस्ताव तथा प्रेम साटासाट गर्ने अवसर मिल्दछ । मान्छेहरूको समूह–समूहमा बाजा बजाउँदै बत्ती दिँदै परम्परागत नेवारी पोशाकमा सजिएर लस्करमा हिँडेका युवतीमध्ये आफूलाई मनपर्ने युवतीलाई बकाइनोको गेँडाले हिर्काई प्रेमको प्रस्ताव राख्ने चलन अझै रहेको छ । यसरी राखिएको प्रस्तावमा युवतीको पक्षबाट सकारात्मक जवाफ छ भने सो युवती मुस्कुराउने चलन पनि रही आएको छ । यस जात्रामा केटीको भेषमा आएका केटाहरू पनि सामेल हुने गर्दछ ।

Tuesday, August 29, 2017

टोखा : एक प्राचिन शहर !!


टोखा - परापुर्वकालमा यो ऐतिहासिक नगरको नाम जयपुर थियो  । पछि एउटा जोगीले तन्न भिक्षा पाएको सन्दर्भ जोडेर लक्ष्मीपुर नामांकरण पनि गरियो  । बुढानिलकण्ठ गाबिससंग जोडेर स्वस्थानी बास पनि भनिन्छ । 

पछिल्लो पल्ट यो नगर चाकुको नाम बाट प्रसिद्ध भयो 
। चाकु उत्पादन गर्न प्रसस्त उखुवारीको आवश्यकता भए र उखुवारीको नेवारी सब्द तु:ख्य नामले प्रचलनमा आए  । कालान्तरमा यहि तु:ख्य सब्द अपभ्रंस हुँदै टोखा रहन गएको हो भन्ने किम्वदंती पाइन्छ ।

Wednesday, April 12, 2017

टोखा : आफ्नै कथा आफ्नै ब्यथा !!



टोखा - परापुर्वकालमा यो ऐतिहासिक नगरको नाम जयपुर थियो । पछि एउटा जोगीले तन्न भिक्षा पाएको सन्दर्भ जोडेर लक्ष्मीपुर नामांकरण पनि गरियो । बुढानिलकण्ठ गाबिससंग जोडेर स्वस्थानी बास पनि भनिन्छ ।

पछिल्लो पल्ट यो नगर चाकुको नाम बाट प्रसिद्ध भयो । चाकु उत्पादन गर्न प्रसस्त उखुवारीको आवश्यकता भए र उखुवारीको नेवारी सब्द तु:ख्य नामले प्रचलनमा आए । कालान्तरमा यहि तु:ख्य सब्द अपभ्रंस हुँदै टोखा रहन गएको हो भन्ने किम्वदंती पाइन्छ ।

Tuesday, March 28, 2017

सिद्धिपोखरी : सपन तिर्थ मेला

सत्य युगको कुरो हो, एक राजपरिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो ! एवम् ढंगले छोरीहरु हुर्कदै आए । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरुसँग विवाह गरी दिए ! एक जना कान्छी छोरी सत्यकेशरीलाई चाहिं गरीब असहाय अपाङ्ग कुष्टरोगीसँग विवाह गरी दिए ।

६ जनाको हकमा दाइजो पनि अनिगिन्ती दिए 
। तर सत्य केशरीको हकमा चाहिं केही पनि दिएन  । कान्छी छोरी दयामाया बाहेक सहयोग केही पनि नपाएका स्वच्छ हृदय र दृढ विश्वास अनि आमावुवा प्रति अपार निष्ठा भएको कारणले वुवाआमाको वचनलाई स्वीकारे  । आफ्नो कर्यमा लेखि आए अनुुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे । बाँच्नको लागि आफ्नो घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सँगै सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न गए ।

त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउँदै खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फाल्दै र एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृयाहरु चलिरहयो । कुष्ठरोगी पतिले निकै वेर त्यो दृश्य हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे ।

धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अनुनय विनय गरे ! तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन ! केही भयो भने के गर्ने ? हामीलाई दोष लाग्छ त्यस कारणले ति गोठालाहरुले मानेन ।

फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अचम्मित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा आई वस्त्र लगाइ त्यही पाटीमा वसे । त्यो दृष्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो ! सबै तिरवाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो ।

त्यसै समयमा माग्न गएका सत्यकेशरी पनि आइपुगे मान्छेको घुइचो वीचमा यताउता आफ्ना पतिलाई खोज्छन् भेटाउन सकेन ! त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे वसेका थिए । त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे म नै हु तिम्रै पति हु भनेर चिनाउन खोजे, तै पनि पत्याएन ! पत्याउनु पनि कसरी, राजकुमारीले मलाई छलछाम गर्न लागे, मेरो ईज्जत र अस्तित्व लुट्न लागे, मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ति सत्यकेशरीको पतिले आफुले भोगेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे ।

सत्य केशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए र रमाए ! एक आपसमा भेलाभएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे
। 

श्रोत : न्युजअफटोखा.कम

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...