Showing posts with label विष्णुदेवी. Show all posts
Showing posts with label विष्णुदेवी. Show all posts

Monday, May 28, 2018

किर्तिपुर : पाँगा


किर्तिपुरको ७ गाउँ मध्ये एक पाँगा हो । पाँगाको बस्ती बिकास कसरी भयो भनेर स्पष्ट छैन । कीर्तिपुरको दक्षिण भेगतिर अरुहरुले लुटपाट गर्न गरेकोले रत्न मल्लले सुरक्षा दिन पालो राख्नको लागि ने.सं. ६२१ मा बस्ती व्यवस्थित गरेको र त्यसको संरक्षणको लागि भाजँगालमा विष्णुदेवी मन्दिरको स्थापना गरेको भन्ने पाइन्छ । नेवारीमा पालो बस्नेलाई ‘पा च्वनी गु’ भनिन्छ भने गाउँलाई गां भनिन्छ । पालो बस्ने गाउँ भएको हुँदा ‘पाँगा’ रहन गएको भन्ने भनाइ छ ।

Thursday, November 30, 2017

सत्यपुर अर्थात सतुंगलको पंखा जात्रा


सात गाउँ जात्रा अनुसार माता विष्णुदेवीका ४ सन्तानहरु छन् । मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँको जेठो छोरो भैरबनाथ, ल्होखाको माइलो छोरा भैरबनाथ र सतुंगलकी कान्छी छोरीलाई नवमीको रात बाजागाजा सहित भक्तजनहरुको लावालस्कर सहित दिपावली गर्दै चिरागका साथ माता विष्णुदेवीको चरणमा ल्याउने गर्दछन । 

जेठी दिदी भएकीले भाइहरु र बहिनीलाई बोलाई आमाको दर्शन गर्न जाने सल्लाह गरी विस्तारै माताको चरणमा आउँदा सतुंगलकी कान्छी बहिनी पहिले नै आई चलाखीपुर्वक काखमा बसेको देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बस्छिन् । अपरान्हतिर सिन्दुर जात्रा गरी चोखो कपडा बिछ्याई गाउँ भित्राई धुमधामका साथ बलि दिएर जात्रा सम्पन्न गरिन्छ ।

सात गाउँ जात्रामा आधारित यो जात्रामा कान्छी छोरी धेरै नखरा पार्ने भएर पो हो कि, सत्यपुरको पंखा जात्रामा  (कान्छी छोरी) पनि पिठ्यु फर्काइ फर्काई जात्रा गर्ने गरिन्छ !!

भिडियो  श्रोत : फेसबुक सतुंगल.सत्यपुर

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...