Showing posts with label अमर सिंह थापा. Show all posts
Showing posts with label अमर सिंह थापा. Show all posts

Thursday, March 28, 2019

पाल्पा अवस्थित अमरनारायण मन्दिर


 
पाल्पा अवस्थित #अमरनारायण मन्दिर ! ४ हजार रोपनी जग्गाको मालिक l कस्तो बिजोग...बिक्रम सम्बत २०५० सालदेखि चरम आर्थिक अभाव भएको कारण "सेल रोटी बाँधेर भण्डारा चलाउने प्रथा" बन्द !!

पाल्पा राज्यमा सेन बंशको पतन पछि पहिलो मुख्तियार काजी अमरसिंह थापा (प्र.म. भीमसेन थापाको बुबा) द्वारा बि. सं. १८६३ मा निर्माण गर्न लगाइएको यो मन्दिर सम्भवत काठमाडौं उपत्यका बाहिर निर्मित प्यागोडा शैलीको सुन्दरतम नमुना हो l आफु शाक्त सम्प्रदायका भएता पनि पाल्पा राज्य माथि विजय पश्चात भौगोलिक बिजय मात्रले नपुगेर संगै सांस्कृतिक बिजय पनि आवश्यक ठानेर स्थानीय बासिन्दाको मन जित्न उनले वैष्णव सम्प्रदायको भब्य नारायणको मन्दिर बनाउन लगाएको भनिन्छ l

सो स्थानमा सेन काल देखि नै एउटा बालगोपालको सानो मन्दिर रहेको बुढापाकाहरु बताउँछन् l यस मन्दिरको गर्भगृहमा भगवान नारायणको चतुर्भुज मुद्रामा कमलमाथि उभिएको धातुको मुर्ति लक्ष्मी सहित विराजमान छन् भने भुइमा बाहन गरुड आसनरत छन् l चार भुजामा शंख, चक्र, गदा र पद्म सुशोभित छन् l दायाँ बायाँ गणेश, बालगोपाल र हनुमानको मुर्तिहरु छन् भने अगाडी शालीग्रामको थुप्रो लगाईएको छ l तीन तल्ले यो मन्दिरको माथिल्लो छाना पित्तलको छ भने बाँकी अन्य छानाहरुमा झिंगती छाएको छ l तेलिया इँटामा बज्र सुर्कीको जोड़ाई र सालका काठको प्रयोग गरि बनाइएको यस मन्दिरको बिशेषता भनेको टुंडालहरुमा कुँदिएको उत्कृष्ट काष्ठकलाका आकृतिहरु र तिनमा ब्यक्त गरिएका कामकलाका बिभिन्न मुद्राहरु छन् l रतिक्रियारत आकृतिहरु भोगबाटै योगको पराकाष्ठा पहिचान हुन्छ भने हिन्दु तान्त्रिक मान्यताबाट प्रेरित देखिन्छन् l कृषि नै जिविकौपार्जनको एकमात्र श्रोत भएको अस्थिर र रताम्य मध्ययुगिन समाज र बौद्ध दर्शनबाट प्रेरित भै जीवनबाट बिरक्तिएको समाजमा असन्तुलन आएको कारणले मानिसहरुलाई ग्राहस्थ जीवनतिर आकर्षित गरेर सन्तान उत्पतिमा प्रेरणा दिनु पनि सार्वजनिक स्थलहरुमा कामोत्तेजक काष्ठकालाहरुको प्रदर्शन गरिनु एक प्रमुख कारण हुन् सक्दछ l

मन्दिर वरपर रहेका अन्य दर्शनीय स्थलहरु मध्ये फूलवारी वरिपरिको पाल्पाको ग्रेटवाल भनेर चिनिने पर्खाल, ऐतिहासिक पोखरीहरु, शिव र विष्णुका पादुका मन्दिर,रुखमा झुन्डिएका चमेरा तथा प्राचिन पाटीपौवा र सत्तलहरु हुन् l मन्दिर स्थापनाको करिब १५ बर्ष पछि बि. सं. १८७८मा मात्र मन्दिर संस्थापकका नाती कर्णेल उजिरसिंह थापाले अमरनारायणको रथ यात्रा सुरु गराएको मानिन्छ l प्रत्येक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट सुनौलो रथमा भगवानको मुर्ति प्रतिस्थापन गरि काँधमा बोकेर शहर भरि परिक्रमा गराईने यो जात्रा निकै आकर्षक हुन्छ l मन्दिरका संस्थापकले अनवरत रुपमा दैनिक पुजा तथा जात्रा पर्व संचालानार्थ ४ हजार रोपनी खेतको आयश्रोतको ब्यबस्था गरि दिएको भए पनि हाल ति सम्पतिहरुको आयश्रोत मन्दिरले भरपुर उपभोग गर्न पाएको छैन l बि.सं. २०५० सम्म बर्षको ४ पटक तीन फन्के सेल रोटी बाँधेर भण्डारा चलाउने प्रथा आर्थिक अभाव अन्य विभिन्न कारणले बन्द भएको छ l

श्रोत : मन्दिरको प्रांगणमा रहेको ताम्रपत्रमा आधारित

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...