Showing posts with label भैरब. Show all posts
Showing posts with label भैरब. Show all posts

Monday, August 19, 2019

पेटमा भैरबको आकृति भएको बिष्णुको विश्वरुप मुर्ति



इन्द्रजात्राको समयमा तामाबाट बनाइएको यस बिष्णुको शानदार विश्वरुप मुर्तिलाई सर्वसाधारणको लागि प्रदर्शनीमा राख्ने गरिन्थ्यो l  प्रताप मल्ल र उनका परिवारले इन्द्रजात्रा कार्यक्रमको लागि उपहार स्वरूप प्रदान गरिएको यो पेटमा भैरब भएको मुर्ति अहिले कहाँ के अवस्थामा छ, अनभिज्ञ l सामाजिक संजाल फेसबुकमा बहसमा आएको कमेन्ट अनुसार यो चलन अहिले पलायन भै सकेको छ रे l 
 
फोटो : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकबाट साभार l

Wednesday, September 19, 2018

किलाग: दि प्याखं / देवी नाच



संस्कृतविद सत्यमोहन जोशीको कथन अनुसार परापुर्वकालमा एक दानवराजले महादेवको भयङ्कर तपस्या गरेको रहेछ l  उसको तपस्याबाट खुसि भएर महादेवले उक्त दानवराजलाई बरदान दिन पार्वतीलाई पठाएको रहेछ l पार्वतीले दानवराजलाई महादेवको आज्ञा अनुसार बरदान माग्न भनेछ l दानवराजले आफुले यति ठुलो तपस्या गर्दा पनि महादेव स्वयं नआई पार्वती मार्फत बरदान माग्न भन्दा दानवराजले आफुले एक स्त्रीसंग बरदान माग्न असमर्थ रहेको भन्दै पार्वतीको उपेक्षा गरेको रहेछ l

पार्वतीले आफुलाई ठुलो अपमान भएको अनुभव भएछ l यसर्थ अर्को जन्ममा आफुले भैरव र चण्डीको छोरी भएर जन्म लिई यस अहंकारी दानवराजको बध गर्ने अठोट लिएछ l यसै घटनाको प्रतिक स्वरूप इन्द्रजात्राको अवसरमा कुमारीको रथलाई एक छिन रोकेर यस कथाको नाच देखाउने गरि आएको पाइन्छ l

यस नाचमा मुलत: ७ जना पात्र क्रमस: भैरव, चण्डी (भैरवको श्रीमती), कुमारी (भैरव र चण्डीको छोरी), दैत्य, बेता: (भैरबको बाहन), कवंचा (कुमारीको बाहन) र ख्या:क (चण्डीको बाहन) रहेको पाइन्छ l नाचमा बेता:, कवंचा र ख्या:कले हाँस्यरस थपेर रमाइलो र रोमान्चकारी दिने गर्दछ l

श्रोत : झिगु.कम (रेखा शाक्यज्युको लेखबाट सानो अंश साभार गरिएको)

Monday, December 4, 2017

दोलखा : भैरब र कुमारी (बालकुमारी) जात्रा

दोलखा शहरको पुरानो बस्ती दुंगल हालको भीनपा–४ दुंगलको नामले प्रख्यात छ । जुन ठाउंमा त्यसताका २ जना सिन्धु र बिन्दु आचार्य नाम गरेका २ जना तान्त्रिक दाजुभाइ थिए । ती दुई दाजुभाइ दिनदिनै तामकोशीको किनारमा गएर नुहाउने अनि चोखो पानी ल्याई नित्य पूजा गर्दा रहेछन् । यसरी तामकोशीमा जादा एकदिन अति राम्री ३ वटी कन्या देखेछन् यसरी देखेपछि तान्त्रिक शक्तिले ध्यान गरी हेर्दा देवीहरु भनी थाहा पाएपछि तान्त्रिक शक्तिबाटै ती तिनवटी कन्यालाई समाती दोलखा ल्याएछन् । साक्षात देवीका तीन दिदीबहिनीहरु त्रिपुरा सुन्दरी, बालकुमारी र कालिञ्चोक माई श्री भीमेश्वर मन्दिरको पछाडिपट्टि रानीवनसंगैको ओढारमा वासस्थान गरेका थिए । पछि त्यसको वरिपरि जनावर पशुपंछी मानिसहरु दिन–प्रतिदिन मर्दै गएकाले स्थानीय वासिन्दाहरु होहल्ला र आतंकित हुंदै गयो । यसरी दिन दिनै यही क्रम जारी रहेपछि तान्त्रिक विद्यामा निपूण गुरुको आत्मिक दृष्टिकोणबाट हेर्दा देवी माताहरु खुल्ला ओढारमा बस्नु परेकोले यस्तो दैवीप्रकोप हुन आएको होे भनी पत्ता लगाएपछि यी तीनै दिदीबहिनीहरुलाई एउटै ठाउंमा राख्न नहुने विचार माताहरुसित प्रकट गर्दा देवी माताहरु सहमतीको विन्दुमा पुगेकाले आचार्यले आ–आफ्नो वस्ने ठाउंको वारेमा विन्ती प्रकट गर्दा जेठी दिदी त्रिपुरा सुन्दरी खोला देख्ने ठाउं र जंगलको छेउमा वस्ने निधो भए वमोजिम हालसम्म त्यही रानीवनको नजिक अर्थात ओढार संगै अवस्थित छ (हाल जुन ठाउं भीनपा–४, दुंगलमा पर्दछ) । माहिली बहिनी बालकुमारी दिदीसंगै आसपासमा वस्ने सहमती कायम गरिन भने कान्छी वहिनीले हिमालको मधुर मुस्कान देख्ने र आफू बसेको ठाउंबाट दिदीको दैनिक दर्शन गर्न पाउने ठाउंमा विराजमान हुने सहमतीले हाल दोलखा देखि करीव ३ कोष टाढा उच्च पहाडमा सुमद्र सतहदेखि १३,६०२ फिटको उच्चाईमा अवस्थित छ । यसरी देवी माताहरुलाई आ–आफ्नो इच्छा अनुसार बसाईयो । यसरी बसाई सकेपछि देवी माताहरु मध्ये बालकुमारी अति चञ्चल स्वभावकी थिईन । जुन सुकै बेला रातो पहिरनमा शहर बजार घुमी रहने, यसरी सधै रातो पहिरनमा घुमी रहने भएकोले बालकुमारी देवी मातालाई रातो (हेगउ) कुमारी पनि भन्दछन् । यसरी आफुलाई मन लागेको बेला निस्कने हिडडुल गर्ने भएपछि केटाकेटी, ठुलो मानिस दिनदिनै मर्न थाले यसरी दिन प्रतिदिन मर्न थालेपछि दोलखा शहरमा हाहाकार मच्चियो । यो समस्या समाधानका लागि स्थानीय बासिन्दाहरु बीच छलफल एवं सल्लाह भयो र सबैको सल्लाह र सहमतीमा त्यसताका तान्त्रिक बिद्यामा निपुण दोलखावासी बिद्यानन्दले अन्तदृष्ट्रिबाट पत्ता लगाउंदा बालकुमारी देवी माताबाट यस्तो गराएको भन्ने थाहा पाएपछि क्षमा पूजा गरी देवी मातालाई जगाई नरसंहार भएको बेलिबिस्तार गर्दा माताबाट आज्ञा भएनुसार आफुलाई कसैले हेरबिचार नगरेकोले गर्दा यस्तो बिपत्ति हुन गएको भनी जवाफ पाएपछि तान्त्रिकको आफ्नो चलाखिपनबाट अवदेखि मानव जातिलाई दुःख नदिएमा सम्पूर्ण ब्यवस्था हुनेछ भनी तान्त्रिक र देवी माता बीच बाचा बन्धन भयो ।  यसपछि तान्त्रिकले आफ्नो तान्त्रिक शक्तिबाट मातालाई खाडलमा पुर्ने योजना बनाए त्यसपछि दीक्षितहरुलाई पूजाको सामानहरु तयार पार्न लगाई ७–८ फिटको खाडल (हालको मन्दिर अगाडि) खन्न लगाई नित्यकर्म अनुसार पूजाआजा गरी त्यस खाल्डोलाई छोप्ने ढुंगाको ढकनी बनाई राखि दुवैलाई सिक्रीले बाध्ने र जो अगाडि सिक्री चुडालेर बाहिर निस्कन सक्दैन त्यसलाई सदाको लागि पुर्ने शर्तमा बाचा भए । यसपछि देवी मातालाई फलामको साङ्लाले ढुंगामा अंकुसे लगाई बाँधे र आफुलाई चामलको पिठोको साङ्ला बनाई बाँधे । देवी माता फलामे साङ्लाको जालमा फसिन भने तान्त्रिक आफु पिठोको साङ्लाले बा“धेको कारणले सजिलै साङ्ला चुडालेर बाहिर निस्किए । देवी मातालाई यो कष्ट भएको असह्य भएर केही अनर्थ गरी हाल्ने हो कि भनी तान्त्रिकले जुन दिन तामाकोशीको ढुंगा आ“प हुन्छ, भंगेराले पाईला चाल्छ र भुटेको भटमास उम्रेला त्यस बेलामा मात्र बाहिर निस्कन पाउने बाचा गराई सदाको लागि ढकनी बन्द गरी दियो । यसै बेलादेखि दिक्षाकर्म, मन्त्रतन्त्र प्राप्त गरेका ब्यक्तिहरु बाहेक अन्य ब्यक्तिहरु जान नहुने भयो । जुन मान्यता हालसम्म पनि रहिरहेको छ । तर शिवभक्ति (घर्ती) परिवारका सदस्यहरु भने आफ्नो कुल देवता मानी जाने गर्दछन् ।


शिवभक्ति परिवारको कुलदेवता कसरी भयो र बालकुमारी देवी माताको जात्रा कसरी शुरुवात भयो भन्ने सम्बन्धमा छुट्टै किम्बदन्ति रहेको पाईन्छ । शिवभक्ति परिवारको पुर्खोली बजै (ब्वातिन) शिवलक्ष्मी दिनहु जसो देवी चढी काम्ने गर्दी रहिछिन् । दोलखा शहरमा कुनै न कुनै रोगको निहुले केटाकेटी, ठुलो मानिसहरु मर्न थाले । यसरी केटाकेटी, ठुलो मानिसहरु मर्न थालेपछि दिनदिनै देवी चढ्ने ब्वातिन शिवलक्ष्मीलाई गोरेबाबुका पुर्खाले चुल्ठो समाती दिसामा दाहिने खुट्टाले टेक्दै बुढीको मुखमा हान्न थाले । बालबच्चा, ठुलो मानिसलाई दुःख दिने तँ बोक्सी बुढीलाई भनी लात्तले हान्दै गरेको बेलामा देवी चढी बक्न थालेको ब्वातिनले म बोक्सी होईन र मैले कसैको बालबच्चा पनि मारेको होइन म निर्दोष छु म बालकुमारी देवी हुँ मलाई तान्त्रिकले छलले बाचा गराई म माथि विश्वासघात गरी फलामे साङ्लाले बादी जमिनमुनी खाल्डोमा पुरी ढुंगोले छोपी आफु भागे । यसरी म अपमानित भएको छु । तान्त्रिकले मेरो लागि केही गरेन यस माथि फोहर दिशा मेरो मुखमा कोची अर्को अपमान तिमीहरुले ग¥यौ । त्यसले गर्दा म तिमीहरुलाई सराप दिन्छु भन्दै तिमीहरुको सन्तान दरसन्तानको कुर्कुचा फुटेर जाओस् भनेर सराप दिए । यसपछि तान्त्रिकले अन्तदृष्ट्रिबाट हेर्दा बालकुमारी देवी माता रहिछिन् भनी थाहा पाई क्षमा मागे । यसपछि यदि मानव जातिलाई नोक्सान नगर्ने हो भने बर्षमा १ पटक ३ दिन गाईजात्राको भोलिपल्ट द्वितिया, तृतीया र चौथीसम्म जात्राका रुपमा शहर परिक्रमा गर्न पाउने र जात्रा मनाउने बाचा गरे । यसरी बर्षमा १ पटक ३ दिन जात्रा निकाल्ने चलन रही आएकोमा पछि पञ्चमी, षष्ठी २ दिन थप गरी ५ दिन जात्रा मनाउने चलन चलिआएको छ । जुन हालसम्म पनि यथावत भएको छ ।


जात्रा कसरी कहा“बाट संचालन गर्ने भन्ने सम्बन्धमा कुमारी देवीमाताबाट आज्ञा भए अनुसार माथिल्लो टोलको थात बिहार्छें जाने मुखको घरमा एक ब्वातिन (घर्तिनी परिवारको सदस्य) छ जुन ब्वातिनले बताए अनुसार १ जना कुमारी, १ जना कालो बर्ण, लुगा पहिरन भएको भैरब,  १ जना सेतो जामा लवेदा शुरुवाल लगाएको हातमा तरवार र ढाल लिएका राजा इन्द्र, १ जना घोडाचढी (सर गौ), १ जना नायिका (नकिन), १ जना नाक काट्ने (नास डेङुगु), १ जना जाल फाल्ने (जाल ङकु ) १ धागो मिलाउने (थाजि यङ्गु), २ जना कालो भैरबको साहन बाहन, २ जना रातो कुमारीको साहन बाहन २ जना ध्वजा पतका बोक्न १ जना भूत प्रेत पन्साई बाटो खुल्ला गराउने समेत गरी जम्मा १५ जनाको गण हुनु पर्ने जस्मा १४ जना शिवभक्ति परिवारको र १ जना बज्रचार्य गुभाजु परिवारको पुरुष सदस्य हुनु पर्ने, रातो कुमारी एवं उनको साहन बाहनहरुलाई रातो पहिरनको र कालो भैरब एवं उनको साहन बाहनलाई कालो पहिरनको लुगा हुनु पर्ने तथा मुकुन्डो, घर गहना हुनु पर्ने बताए । यसको साथै भैरब र कुमारीबाट पूजा लिदा जुन घरबाट पुजाआजा हुन्छ त्यस घरबाट जान आउने बाटोमा ४ वटा सिडि हुनु पर्ने र पहिलो सिडीमाथि बाया“ खुट्टा भैरब र कुमारीले राखेर पुजा लिने भनी बताए । अहिले पनि कुमारी जात्रा नाच्दै जादा भीमसेन डब्बली उत्तर तर्फ समाजसेवी स्वर्गिय खड्ग बहादुर श्रेष्ठको घरबाट यो पूजा थाप्ने चलन रहेको छ । तर अन्य घरबाट यस्तो पूजा थाप्ने चलन छैन ।


बालकुमारीको जात्रा त निकाल्ने तर कसरी कहिले निकाल्ने भन्ने बिषयमा स्थानिय बासिन्दाहरु बीच छलफल र सर–सल्लाह भयो । छलफल र सहमती अनुसार श्रावण सङ्क्रान्तीदेखि दक्षिणायन लाग्ने र यस महिनादउखि देवगण तल पर्ने र भूतप्रेत दानवगण माथि पर्ने भई दावगणले देवगण मानवहरुलाई खुःख दिने भएकोले दावगण भूतपे्रतलाई हटाउन भाद्र कृष्ण पक्ष द्धितियाको रात अर्थात रक्षाबन्धन पुर्णीमाको भोली पल्ट देखि भैरब कुमारीलाई निकाली जात्रा संचालन गर्ने सहमती भयो । यसको साथै जात्रा निकाल्ने घरहरु २ ठाउंमात्र भेटिन्छ । एक पिंगलटोल हाल (दोलखा बजार भीनपा–४) र टसिचाटोल (दोलखा बजार, भीनपा–२) बाट ३÷ ३ वर्षको आलो पालो गरी निकाल्ने चलन छ । यो हालसम्म पनि रहि रहेको छ ।  तर हाल आएर भीनपा–४ स्थित पिंगलटोलको भैरव कुमारी निकाल्ने घर जिर्णोवस्थाको स्थितीमा पुगेकोले भीनपा–२, टसिचाटोलबाटमात्र बर्षेनी भैरब कुमारी जात्रा निकाल्दै आएको छ । यस जात्रामा कसाई बाजा अर्थात कसाईबाट बजाईन बाजा, १२ जना कुसुलेले सहनाई फुक्ने प्रचलन रहेको छ ।


जात्रा निकाल्नु भन्दा पहिले जात्रामा भाग लिने भैरब, कुमारी र अन्य गण एवं साहन बाहनहरुलाई देवतादेवी अनुसार लुगा लगाउन लगाई पगडी बा“धी सगुन दिएर मात्र बाहिर निकाल्ने चलन रहेको छ । सगुन लिने बेलामा सगुन बाजा बजाईन्छ । यसपछि पूजाआजोको बिधि सिद्धिएपछि सबभन्दा पहिले राजा इन्द्र र नकिन हुने निस्कन्छ, त्यसपछि अन्तिममा भैरब कुमारी निस्कन्छ । यसपछि जाल फाल्नेले जाल फालेको अभिनय गर्ने, घोडा चढ्ने राजाको पछिपछि लाग्ने, नाक (नास) काट्नेले बुच्चे खुकरी र रगत थाप्ने ढुंग्रो लिनेले खुकुरी नचाउंदै नाच्ने गर्दछ । त्यसपछि भैरब बाजाको तालमा नाच्छ भने कुमारी भैरबको पछाडी पछाडी बसि नाच्छ । कुमारी जात्रामा भैरब कसरी भन्ने खुलदुली हुन सक्छ यस सन्दर्भमा बालकुमारी अति चञ्चल भएकोले कुनै बिध्वंश कार्य गर्न सक्छ भनी नियन्त्रणका लागि पतिका रुपमा भैरबलाई समावेश गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । त्यसैले भैरबले जहिले पनि बाल कुमारीलाई जहिले पनि आफ्नो पछाडी पछाडी मात्र राखेको हुन्छ कहिबाट अगाडि बढ्न लागे अगाडि बढ्न दिदैन आफ्नो पछाडी पछाडी मात्र लाने गर्दछ ।


जात्रा शुरु भएको पहिलो दिन भूत प्रेतहरुले जात्रा हेर्छ र मानव जातिले हेर्नु हुंदैन भन्ने मान्यता रहेको छ । जात्रा शुरु भई केही पर पुगेपछि भूत प्रेत, दानव राक्षसहरु आई भैरब कुमारीको बाटो छेक्ने, जात्राको नक्कल गर्ने र बाधा पार्ने गरी खिसी गरेकोले भैरब र कुमारीले जोगिन देउ हालको दोलखा बसपार्कसम्म भुत प्रेत, दानवराक्षसलाई लखेटरे लगेको थियो भन्ने मान्यता रहेको छ भने दोश्रो देखि पहिलो दिनको जात्रामा भुत प्रेत, दानव राक्षसले अवरोध गरेको कारण दोश्रो दिन गुभाजुले एउटा मानिसलार्य बारन अर्थात पुजा एवं खाद्य सामान बोक्ने खर्पन जस्तो बोकाइृ सबभन्दा अगाडि बसी बज्र लिई घण्टी बजाउंदै भुत प्रेत, दावन राक्षसहरुलाई पन्साउदै र जस्ले जे माग्छ त्यही वारनबाट चित्त बुझाउदै बाटो दाया“ बाया“ पन्छाउदै जान्छ भन्ने स्थानिय बुढापाकाहरुको भनाई रहेको पाउंछौं । यसरी भुत प्रेत, दानव राक्षसले दुःख दिन्छ भनी भैरबले नक्छें टोलको बुद्धस्तुपको छेउबाट र माथिल्लो टोलको सरचुका भन्ने ठाउंबाट सिठि फुकि सहरपा डांडा तिर हेरी बोलाई सर्तकता गराउंछ भन्ने भनाई रहेको छ जुन हालसम्म पनि प्रचलनमा रहेको छ । दोश्रो दिन देखि भैरबको जिउमा करिव डेढ मिटर लामो तामाको पाताको लिङ्ग बा“धिएको हुन्छ र एक जनाले समातेको हुन्छ । यसरी दोश्रो दिन देखि लिङ्ग भैरबले राख्नुमा पनि किम्बदन्ती रहेको पाउंछों । पहिलो दिन भैरब कुमारी जात्रामा कुमारीलाई मात्र पूजाआजा गर्ने र भैरबलाई वास्ता नगरेकोले भैरब रिसाई दोश्रो दिन देखि यहि लिङ्गमा पूजाआजा गर्नु भनी लिङ्ग फैलाई दिएको मानिन्छ ।


भैरब कुमारी जात्रा दोलखा शहर पिंगल टोलको घरबाट निकाल्दा पिंगल, राजकुलेश्वर, बहिर, श्यामसुन्दर, डोकलुङा, टसिचा, कोर्छे, गणेश टोल, पालचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल हुंदै पिंगल घरमा प्रवेश गर्छ भने टसिचाबाट निकाल्दा कोर्छे, गणेश टोल, पलाचुटी, माथिल्लो टोल, भीमसेन डब्बली, भीमसेन थान, कालिमन्दिर, त्रिपुरासुन्दरी, र दुंगल, पिंगल, बहिर, श्यामसुन्दर, डोकलुंगा हुंदै टसिचामा प्रवेश गर्दछ । यो जात्रा रातीको समयमा हुने हुंदा स्थानिय एवं बाह्य भक्तजनहरुबाट ब्रत लिने, मईनटोल बाल्ने, गोकुल धुप, सिन्के धुप बाल्ने गर्दछन् । यस जात्रामा दिवङ्गत पितृहरुको आन्म शान्तीको लागि तथा आफन्तहरुको सुख शान्ति एवं दिर्घायूको कामना, नौ ग्रह शान्तीको कामनाका साथ महिलाहरु ब्रत बस्ने गर्दछन् । भैरब कुमारी मांसाहारी देवता देवी भएकोले चिउरा मासु लगायत सबै किसिमका तरकारीहरु समावेश गरिन्छ । यो जात्रा रातभरी नाच्ने जात्रा भएकोले जति जति पछि पछि दिन हुन्छ त्यति त्यति उज्यालो भएपछि मात्र भित्र जाने गरिन्छ ।


भैरब कुमारी जात्रा कहिले देखि शुरु भयो भन्ने प्रमाण त भेट्टिएको त छैन तरपनि स्थानिय बयोबृद्धहरुको भनाई अनुसार बि.सं. १७८२–८३ देखि शुरुवात भएको मानिन्छ । भैरब र कुमारी लगायत अन्य साहन बाहनहरुले लगाईने मुकुन्डो सुनको बनाउन लगाई जात्रा निकाल्न खोजे तर धातुबाट बनेको मुकुन्डो लगाई जात्रा निकाल्ने बेलासम्म पनि भैरब कुमारीलाई कम्पन छुट्ने अर्थात शरिरमा देवता पस्ने भएन त्यसपछि धातुको मुकुन्डो हटाई साविककैको मुकुण्डो प्रयोग गरेपछि जात्रा शुरु भयो । साविकको लाहाबाट निर्मित मुकुन्डोलाई ब्यक्तिगत तथा संघ–संस्थाहरुबाट बर्षेनी मर्मत सुधार भई आएको छ ।

श्रोत : http://awajonline.com

 

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...