Showing posts with label अप्सरा. Show all posts
Showing posts with label अप्सरा. Show all posts

Tuesday, February 27, 2018

अप्सरा तिलोत्तमा र महादेवको ३ मुखहरु




"तिलोत्तमा" उर्फ एक सार्है राम्री अप्सरा । यिनको सुन्दरताले महादेवकै ध्यान भङ्ग भए र तिलोत्तमा जता जता गए हेरि रहनको लागि ३ मुहारहरु रचना गरे । यता देवराज इन्द्र त यति मोहित भए, हजार आँखाहरु रचना गरे ।
हिरण्यकश्यपुका छोराहरु सुन्द र उपसुन्द अति मिलनसार, एक अर्काले सार्है माया गर्ने र एकै खाले दिमाग भएका दाजुभाई थिए । यिनिहरुको पराक्रमीले तिनै लोक जितेका थिए । ब्रम्हाजीबाट कसैले मार्न नसक्ने तर दाजुभाई आफै एक अर्कालाई मात्र मार्न सक्ने बरदान पाएपछि त झन देवी देवताहरु भागाभाग भएका थिए । ब्रम्हाजीले यिनै मिलनसार एवं पराक्रमी दाजुभाइहरु बिच फाटो ल्याउन बिश्वकर्मालाई विशेष आग्रह गरि तिलोत्तमा अप्सराको शृजना गरेका थिए । 

जब तिलोत्तमा सुन्द उपसुन्दको सामु पुगे, यिनको मोहनीले दुई दाजुभाईहरुले तिलोत्तमालाई आफ्नो बनाउन अन्तत: युद्ध नै गर्नु परे र सकिए । 

तिलोत्तमा अप्सराको कथाको सारबाट के शिक्षा पाउनु भो हँ ?

अप्सरा मेनका

प्राचीन भारतमा ऋषि विश्वामित्रलाई अत्यन्त आदरणीय ऋषिको रुपमा मानिन्छ । यिनले एकचोटी अर्को स्वर्ग रचना गर्ने भनेर घनघोर तपस्या गरे । यिनको तपस्याले स्वर्गका राजा इन्द्रदेवको निन्द्राहराम हुन पुगे । अत्यन्त डराएका देवराज इन्द्रले असुर र देवताको संयोजनबाट एक असाध्यै सुन्दरी, पारिवारिक मोह, बुद्धी र विशेष प्रतिभा भएकी आकासिय अप्सरा मेनकाको रचना गरे र ऋषि विश्वामित्रको ध्यान भंग गर्न पठाए ।

मेनकाले आफ्नो रुप सुन्दरताले ऋषिको कामबासना र आवेगलाई उत्तेजित बनाउन सफल भइन् । ऋषि विश्वामित्रको ध्यान भंग भए । अप्सरा मेनकाले पनि साँचो माया दिन थालिन् र आश्रममै एक बालिकाको जन्म दिइन् र तिनी शकुन्तलाको नामले प्रख्यात भइन् । पछि शकुन्तलाले राजा दुश्यन्तसंग बिहे गरिन् र भरत नामक बालकको जन्म दिइन् । यिनै बालकको नामबाट हालको भारत नाम रहन गएको भनिन्छ ।

धेरै समयपछि ऋषि विश्वामित्रले आफू इन्द्रद्वारा छलकपटमा पारिएको अनुभूति गरे र असन्तुष्टि जाहेर गरे । ऋषि विश्वामित्रले अप्सरा मेनकालाई केवल श्राप मात्र दिए सधैको लागि छुट्टीए ।

Wednesday, September 20, 2017

गणेश र अप्सरा अर्थात दुबो घाँसको कथा

एक कथा अनुसार, एक अत्ति सुन्दरी अप्सरा गणेशजीको प्रेममा परिन् गणेशजीलाई पनि अप्सरा सार्है मन परेछ र दुवै एक अर्का संग बिहे गर्न चाहन्थे । 

तर माता पार्वतीलाई यो कुरा पटक्कै मन परेनछ र अप्सरालाई एक साधारण दुबो घाँस (DURVA) मा परिणत हुन सराप दिइन्
यसर्थ गणेशजी र अप्सराको बिहे हुन त पाएनन् तर अप्सरालाई गणेशजी बाट अलग राख्न पनि सकेनन् गणेशजी जता गए पनि दुबो घाँस भने जताततै गणेशजी कै वरिपरि रहन थाले गणेशजीको पुजामा दुबो घाँसको बेग्लै महत्व रहन गए

Thursday, August 31, 2017

नेपालमण्डल : नास: द्य:

 नास: द्य: सन्दर्भ:

लोककथा अनुसार एक पटक महादेव पार्वतीसंग वसिरहंदा अति खुसी भई पार्वतीलाई ब्रम्हाण्डकै सबै भन्दा सुन्दरी भनेर प्रसंसा दिन दिन भ्याएछ । महादेवको यस्तो कुरा सुनेर पार्वतीले नेपाल मन्डलमा आफु भन्दा पनि राम्री केटी देखेकॊ कुरा सुनाएछ । नारी र धन भनेपछि आफ्नॊ तेस्रॊ आँखा पनि खॊल्ने महादेवले पार्वती भन्दा पनि राम्री केटी नेपालमण्डलमा भएकॊ सुनेपछि चित्त आकुल ब्याकुल गर्दै सॊ केटीलाई खोज्न नेपालमन्डल झरेछ । खोज्दै हिड्दा एउटी नेवार केटी खेतमा काम गरीरहेकॊ देखेछ । पार्वतीले भनेझैं उनी अती राम्री थिईन । महादेवले आफ्नो मन थाम्न नसकी आफ्नॊ मायाजालले छॊपी उक्त केटीसंगै लसपस गरी त्यतै बस्न थालेछ । दिन बित्दै जाँदा सॊ केटी गर्भवती भईन । त्यॊ कुरा थाहा पाई महादेवलाई आपद पर्न थाल्यॊ । अब दुनियाले मेरॊ बारेमा थाहा पाउने भो भन्दै महादेव त्यहाँबाट सुटुक्क भागेछ । आफु गर्भवती भएकॊ र आफ्नॊ केटाले पनि छाडेर गएपछि गर्भवती केटी कसैले नदेख्ने ठाऊमा बस्दै रहँदै गर्दा एउटा छॊरालाई जन्म दिईन ।

छोरो त जन्मियो, जीउदाल हेर्दा अति खाईलाग्दॊ थियो तर उनकॊ अनुहार चाहिं थिएन । अर्थात अनुहार बिनाको छोरो जन्म भएछ । बच्चा जन्मिँदा बच्चामा आफ्नॊ अनुहार आउला र पछि आफ्नॊ बदनाम हॊला भन्ने डरले त्यस बालकलाई महादेवले बिना अनुहार जन्मन लगाएका थिए । पछि कालान्तरमा बच्चा ठुलॊ हुंदै आयॊ । उ सानैबेला देखी विभिन्न वस्तुहरु जम्मा गरी वाजा वनाई बजाउने, गाउने र नाच्ने गर्दथ्यो । उसकॊ यस्तॊ अदभुद खुबी देखेर स्वर्गका इन्द्रदेवले आफ्ना गन्दर्भ र अप्सराहरुलाई गीत, संगीत र नृत्य सिक्नलाई नेपालमण्डल पठाए र स्वर्गलोकमा गीत, संगीत र नृत्यकॊ शुरुवाट हुन थाले । पछि उनले नेपालमण्डलका नेवार समुदायहरुलाई पनि गीत, संगीत सिकाएर संगीतको शुरुवाट गरे भन्ने भनाइ रहेको छ । यसरी महादेवको अंशलाई बिस्तारै गीत संगीत र नृत्यका गुरु नट्रराज नाट्यश्वर आदि नामले चिनिन र पुज्न थाले ।

यसैले काठमाडौ उपत्यकामा टोल टोलमा बाजा बजाउने कला सिके पछि कप्लास / कवीलास अवस्थित नास:द्य:को मा पुजा जानु पर्ने प्रचलन अहिले पनि यथावत रही आएको छ ! त्यसै गरि काठमाडौ उपत्यका भित्र रहेका बिभिन्न नासल चोकहरुमा अवस्थित नास:द्य: हरुको मन्दिरमा कुनै पनि मुर्ति राखिंदैन

नाट्यश्वरलाई नृत्य देवताको रुपमा प्रस्तुत गरिएको छ ! नेवारहरुले मान्ने नास: द्य: बाजा बजाउने, गाउने कलासंग सम्बन्धित छ
त्यसैले नाट्यश्वर र नास:द्य: मा मेल खाँदैन

श्रोत : @SIRSUREN, संजिव महर्जन

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...