"तिलोत्तमा" उर्फ एक सार्है राम्री अप्सरा । यिनको सुन्दरताले महादेवकै
ध्यान भङ्ग भए र तिलोत्तमा जता जता गए हेरि रहनको लागि ३ मुहारहरु रचना गरे
। यता देवराज इन्द्र त यति मोहित भए, हजार आँखाहरु रचना गरे ।
हिरण्यकश्यपुका छोराहरु सुन्द र उपसुन्द अति मिलनसार, एक अर्काले सार्है
माया गर्ने र एकै खाले दिमाग भएका दाजुभाई थिए । यिनिहरुको पराक्रमीले तिनै
लोक जितेका थिए । ब्रम्हाजीबाट कसैले मार्न नसक्ने तर दाजुभाई आफै एक
अर्कालाई मात्र मार्न सक्ने बरदान पाएपछि त झन
देवी देवताहरु भागाभाग भएका थिए । ब्रम्हाजीले यिनै मिलनसार एवं पराक्रमी
दाजुभाइहरु बिच फाटो ल्याउन बिश्वकर्मालाई विशेष आग्रह गरि तिलोत्तमा
अप्सराको शृजना गरेका थिए ।
जब तिलोत्तमा सुन्द उपसुन्दको सामु पुगे, यिनको मोहनीले दुई दाजुभाईहरुले
तिलोत्तमालाई आफ्नो बनाउन अन्तत: युद्ध नै गर्नु परे र सकिए ।
तिलोत्तमा अप्सराको कथाको सारबाट के शिक्षा पाउनु भो हँ ?
No comments:
Post a Comment