मल्ल
राजाहरु हनुमानलाई संरक्षकको रुपमा मान्छन् l रामायणमा रामचन्द्रलाई
हनुमानले संरक्षण एवं साथ दिएको पौराणिक कथा अनुसार मल्ल राजाहरु पनि
हनुमानलाई उही संरक्षकको रुपमा मान्दथे र यसै कारण मल्ल राजाहरु दरवार,
राज्य र जनताको सुरक्षा एवं युद्धमा जितोस भन्ने हेतुले दरवार अगाडी
हनुमानको मुर्ति स्थापना गर्ने गर्दथे l यहाँ सम्मकी मल्ल राजाहरुको
झन्डामा पनि हनुमानको चित्र हुने गर्दथे l मल्ल कालमा ठुला कार्यकारी
पदहरुमा पनि हनुमान सब्द घुसेको हुन्थे l प्रताप मल्लले सन् १६७२ मा
स्थापना गरेको यो हनुमानको मुर्ति बास्तवमा ढुगावाट बनेको थियो तर हरेक
वर्ष मुर्तिलाई तोरीको तेल र Vermilion Powder वाट बनेको मिश्रणले पोत्ने
गरिन्छ l हनुमानको मुर्तिलाई रातो कपडाले बेरेर टाउकोमा सुनौला छाताले
ओढाएको देखिन्छ l
मल्ल राजाहरुको यहि हनुमान प्रतिको श्रद्धाको कारण दरवारको नाम पनि हनुमान ढोका रहन गएको हो l साथमा हनुमान दरवार भित्र नासल चोक र मोहन चोकबिचमा पंचमुखी हनुमानको मन्दिर पनि रहेको छ l
मल्ल राजाहरुको यहि हनुमान प्रतिको श्रद्धाको कारण दरवारको नाम पनि हनुमान ढोका रहन गएको हो l साथमा हनुमान दरवार भित्र नासल चोक र मोहन चोकबिचमा पंचमुखी हनुमानको मन्दिर पनि रहेको छ l
No comments:
Post a Comment