किम्वदन्ती अनुसार, हिमालय पर्वतमा ध्यानमा बस्दा बस्दा थाकेका महादेव
काठमाडौं उपत्यकामा नचाइने विभिन्न दैत्य नाचहरु हेर्न काठमाडौं उपत्यका
झरेछ l बसन्तपुर दरवार प्रांगणमा नचाइने नाचहरु देखेर सारै रमाएछ र उनि आफै
पनि नाच्न गर्दथे रे l पछि महादेव आफु मात्र हैन, पार्वती सहित धेरै चोटी
बसन्तपुरतिर आई नाचहरु हेर्न बस्दथे रे l
यिनै किंवदन्तीलाई आधार
मानेर माजु देवलको बाँया तर्फ राजा रणबहादुर साहले कलात्मक झ्यालमा अडेस
लिएर बसेको महादेव - पार्वतीको यो वास्तुकलामा आधारित युगल मुर्ति / मन्दिर
बनाउन लगाएका थिए l
श्रोत : हनुमान ढोका दरवार स्क्वायर (Culture Portrait Handbook) पुस्तकबाट साभार
No comments:
Post a Comment