यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Showing posts with label सिंहसार्थबाहु. Show all posts
Showing posts with label सिंहसार्थबाहु. Show all posts
Thursday, March 28, 2019
Tuesday, February 12, 2019
सिंहसार्थबाहु अर्थात चकंद्य: जात्रा
काठमाडौमा होलीको भोलिपल्ट मनाइने एक होली / सिन्दुरे जात्रा :
‘साथीहरूलाई राम्रोसँग
सम्झाउनु । यी सुन्दरीहरूले जति माया मोह देखाए पनि फर्केर नहेर्नु । जसले
फर्केर हेर्छ, त्यो बाँच्दैन, मारेर खानेछ । ती सुन्दरीहरू राक्षसनीहरू
हुन् । यिनीहरू तिम्रा साथीहरूलाई खानलाई मौका खोज्दैछन् । ती सुन्दरीहरू
राक्षसनी हो कि होइन परीक्षण गर्नलाई तिनीहरूको कुर्कुचा र खुट्टा हेर्नु,
कुर्कुच्चा अगाडि फर्केका हुन्छन् भने खुट्टा पछाडि फर्केका हुन्छन् ।’
उहिलेको कुरा हो, काठमाडौं र ललितपुरबासीहरू व्यापारको सिलसिलामा
ल्हासा आउने जाने गर्दथे । यसै क्रममा सिंहसार्थबाहु पनि व्यापार गर्ने भनी
आफ्ना केही सहयोगी साथीहरू लिएर दिनरात डाँडाकाँडाको कठिन यात्रा पार
गर्दै ल्हासा पुगे, व्यापार गरेर असंख्य धन सम्पत्ति पनि जम्मा पारे । पछि
सिंहसार्थबाहुले आफ्ना सहयोगीहरूलाई आफ्नो देश फर्कन आग्रह गरे तर सहयोगी
साथीहरू भने अप्सरा सुन्दरीहरूको मायाजालमा भुल्दै थिए, फर्कन मानेन ।
सिंहसार्थबाहुले अनेक पटक फर्कन अनुरोध गर्दा पनि आफ्ना सहयोगीहरूलाई
फर्काउन नसकेपछि अन्ततः दुःख, चिन्ता अनुभूति गर्दै एक रात बलिरहेको
बत्तिलाई हेर्दै ‘हे करुणामय ! मेरा सबै साथीहरूलाई फर्काउन मलाई शक्ति
दिनुहोस् !’ भनी प्रार्थना गरे । यत्तिकैमा पानसको बत्तिभित्रबाट श्री
करुणामय प्रकट भई दर्शन दिएर आज्ञा भयो ।
‘साथीहरूलाई राम्रोसँग
सम्झाउनु । यी सुन्दरीहरूले जति माया मोह देखाए पनि फर्केर नहेर्नु । जसले
फर्केर हेर्छ, त्यो बाँच्दैन, मारेर खानेछ । ती सुन्दरीहरू राक्षसनीहरू
हुन् । यिनीहरू तिम्रा साथीहरूलाई खानलाई मौका खोज्दैछन् । ती सुन्दरीहरू
राक्षसनी हो कि होइन परीक्षण गर्नलाई तिनीहरूको कुर्कुचा र खुट्टा हेर्नु,
कुर्कुच्चा अगाडि फर्केका हुन्छन् भने खुट्टा पछाडि फर्केका हुन्छन् ।’
यति भन्दै करुणामयले ती राक्षसहरूबाट मुक्ति दिलाउन सहयोग गर्ने बचन दिँदै
“ती सुन्दरीहरू आफूनजिक आउनु अघि नै भागेर गई नदीको किनारमा पुग्न आज्ञा
दिए । करुणामयको आज्ञाअनुसार नदीको किनारामा एक बायुपंखी घोडा आउनेछ,
तिमीहरू सबै बायुपंखी घोडामा चढ्नु र ती सुन्दरीहरू आउनु अघि नै बायुपंखी
घोडा चढेर नदी पार गर्नु” भन्ने आज्ञा दिए ।
सिंहसार्थबाहुले सम्झाई
बुझाई आफ्ना सहयोगीहरूलाई लिएर खोलाको किनारामा पुगे र बायुपंखी घोडामाथि
चढे । जब बायुपंखी घोडा उड्नै लागेको थियो, सुन्दरी राक्षसहरू फर्केर नजान
भावनात्मक आग्रह गर्दै, रोई कराई गर्दै पछि–पछि दगुर्दै आए । सुन्दरीहरूको
कारुणिक रोदन सुनेर केही साथीहरूले फर्केर हेरे, यिनीहरू सबै मारिए ।
अन्ततः सिंहसार्थबाहु केही सहयोगी साथीहरूलाई मात्र फर्काउन सफल भए ।
सिंहसार्थबाहु मात्र एक त्यस्ता व्यक्ति थिए, जसले यात्राको दौरान कहीँकतै
आफू बिचलित नभई मन र चित्तलाई नियन्त्रण गरे । सिंहसार्थकबाहु र सहयोगी
साथीहरूलाई बचाउन दया र करुणाका प्रतिक करुणामयले बायुपंखी घोडाको रूप धारण
गरेका थिए ।
यसरी राक्षसनीहरूको पञ्जाबाट बाँचेर घर पुगेका
उपलक्ष्यमा तिनका परिवार र देशबासीहरूले सिहंसार्थबाहु र उनका साथीहरूलाई
अबिर छरेर उत्सव गरी यात्रा गरेको दिन फागु पूर्णिमाको दिन थियो ।
काठमाडौंमा सिहंसार्थबाहुलाई चकंद्यःको रूपमा पुजिन्छ । काठमाडौंको थबहिल
(ठमेल) अवस्थित बिक्रमशीला महाविहार, भगवान बहालमा यिनको मूर्ति रहेको छ,
जुन मूर्तिलाई होली पूर्णिमाको भोलिपल्ट राति चकंद्यः जात्राको रूपमा खतलाई
काठमाडौंको भित्री शहरहरूमा एकअर्कालाई अबिर दलेर होली खेल्दै खत घुमाउँदै
जात्रा मनाउने चलन अहिले पनि रहेको छ ।
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...
