Showing posts with label अंशुवर्मा. Show all posts
Showing posts with label अंशुवर्मा. Show all posts

Friday, March 13, 2020

राजराजेश्वरी देवपाटन


कुनै बेला यस ठाउँमा पुर्वजन्मको ऐना हेर्ने इनार थियो । राजा शंकरदेवले पछिका राजाहरुले आफ्नो छाँया बढिया नदेखेर मनमा कष्ट होला भनी उक्त इनार छोपी माथि बिराटेश्वर शिवलिंग स्थापना गरि घाट समेत निर्माण गरि दिएका थिए ।

त्यसपछि राजा अंशुवर्माले श्री श्री जय बागिश्वरीको रहस्यमय मुर्ति स्थापना गरि सकेपछि ताहा बलिदान गर्न नहुने भन्दै जय बागिश्वरीको सट्टा बलिदान गर्न रहस्यमयी नवदुर्गाको मुर्ति स्थापना गरि यस ठाउँको नाम राजराजेश्वरी भनी नामांकरण गरि यसैको नामबाट घाट बनाएका थिए ।

फोटो : जयबागिश्वरी

Tuesday, December 18, 2018

चित्लाङ्ग : चारुमतिले बनाएको एक चैत्य




२३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा सम्राट अशोक पुत्री चारुमतीले चित्लाङ्गमा स्थापना गरेको एक चैत्य l बि.सं. २०१० पुर्व मोटरबाटो बन्नु अघि चित्लाङ काठमाडौ उपत्यका छिर्ने प्रमुख नाका थियो । काठमाडौ आवतजावत गर्न चिसापानी गढीमा राहदानी देखाउनु पर्दथ्यो रे ! त्यसैले चित्लाङ ऐतिहासिक रुपमा महत्वपुर्ण मानिन्छ । चित्लाङलाई तत्कालिन लिच्छवि राजा अंशुवर्माले गोठालाहरुलाई उपहार दिएको भनिन्छ । त्यसैले चित्लाङ बाख्रापालनको लागि प्रसिद्ध मानिन्छ । बि.सं. २०६१ सालमा यहाँ बाख्राको चिज उत्पादन गर्ने कारखाना खोलेपछि बाख्रापालन अझै उत्साहित भएको देखिन्छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...