Showing posts with label रणबहादुर साह. Show all posts
Showing posts with label रणबहादुर साह. Show all posts

Tuesday, February 27, 2018

बसन्तपुर : महादेव पार्वती जोडी


किम्वदन्ती अनुसार, हिमालय पर्वतमा ध्यानमा बस्दा बस्दा थाकेका महादेव काठमाडौं उपत्यकामा नचाइने विभिन्न दैत्य नाचहरु हेर्न काठमाडौं उपत्यका झरेछ l बसन्तपुर दरवार प्रांगणमा नचाइने नाचहरु देखेर सारै रमाएछ र उनि आफै पनि नाच्न गर्दथे रे l पछि महादेव आफु मात्र हैन, पार्वती सहित धेरै चोटी बसन्तपुरतिर आई नाचहरु हेर्न बस्दथे रे l 

यिनै किंवदन्तीलाई आधार मानेर माजु देवलको बाँया तर्फ राजा रणबहादुर साहले कलात्मक झ्यालमा अडेस लिएर बसेको महादेव - पार्वतीको यो वास्तुकलामा आधारित युगल मुर्ति / मन्दिर बनाउन लगाएका थिए l


श्रोत : हनुमान ढोका दरवार स्क्वायर (Culture Portrait Handbook) पुस्तकबाट साभार

Tuesday, September 5, 2017

तामाकोशी नदी


थुप्रै हिमनदी र हिमशिखरहरू पग्लेर तिब्बतबाट बग्न सुरु हुने तामाकोशी नदि दोलखा, रामेछाप र सिन्धुली हुँदै बग्दछ । धेरै नै उच्च बहाब भएको यो नदि ७५ किमी लामो छ ।

तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ। यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ ।  राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरुको कठिन यात्रा र दुःख वर्णन गर्दछ । 

गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ । यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ । तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...