गुरुमापालाई टुंडीखेलमा टन्न मासु भात खुवाउँदै !!
बहिनीको यो ब्यबहारले चित्त दुखेर भुइको खाना सबै रुमालमा पोको पार्दै काठमाडौ शहर बाट टाढा हिडे ! भोकाएका केशचन्द्र खाना खानको लागि रुमालको पोको फुकाले, सबै खाना बासी भएर बिग्री सकेको थियो !
भोकाएका केशचन्द्र खानालाई फिजाएर घाममा सुकाउन थाले र आफु एकछिन आराम
गर्न थाले ! जब बिउझियो, घाममा सुकाएका सबै खानाहरु परेवाले खाँदै थिए !
भोकाएका केशचन्द्र सारै दु:खि र उदास भए र आँशु झार्न थाले ! उसको दु:ख
देखेर परेवाहरुले खाएका खानेहरु ओकल्न थाले जुन भकाभक सुनमा परिवर्तन भए !
यति धेरै सुन थुप्रिए कि उसले उचाल्न पनि सकेन ! सुनको थुप्रोलाई के गर्ने
कसो गर्ने सोचि रहेको बेला एक्कासि जंगलमा बस्ने मान्छे खाने गुरुमापा गन्ध
सुघ्दै आफुतिर आइरहेको देखे !
केशचन्द्रले मायायापुर्वक गुरुमापालाई मामा सम्बोधन गर्दै बोलाए र थुप्रेको सुन घरसम्म बोकेर पुरयाई दिन अनुरोध गरे ! बदलामा घर पुगेपछि टन्न भोजन गराउने र शहरका बाबुआमाले आफ्ना छोरा छोरीहरुलाई गाली गर्दै बोलाए ति बच्चाहरुलाई गुरुमापाले लैजान सक्ने अधिकार दिने बचन दिए !
यसरी केशचन्द्रले गुरुमापालाई आफ्नो घर इतुंबहालमा लगे र आफ्नो काम सिद्ध गरे ! टन्न सुन पाएका केश चन्द्रले गुरुमापालाई मायापुर्वक आफैसंग राखे ! अन्तत: जब जब बाबुआमाले आफ्ना छोरा छोरीहरुलाई ..गुरुमापा आउँछ, तिमीलाई लगेर खान्छ भनेर तर्साउन थाले, शहरबाट बच्चाहरु हराउन थाले !
पछि स्थानीय बासीहरुले यो कुरो थाहा पाए ! गुरुमापालाई आफ्नो टोलमा यसरी राख्न नहुने निर्णय गरे ! बार्षिक रुपमा मासु भात खुवाउने प्रतिबद्धता सहित टुँडिखेलमा बस्न बाध्य गराए र गुरुमापालाई शहरबाट निकाले !
फोटो : राजु महर्जन

No comments:
Post a Comment