धेरै पहिले काठमाण्डौं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले
ज्योतिषी हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको
छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति , तिथी अनुसार उसले ज्योतिषी
हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ ।
अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरुलाई
अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले
आफ्नो गाउँमा लगेर हुर्काउन्छ ।
राजज्योतिषको ज्योतिषी विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्षवितिसकेको हुन्छ ।
उता दाउरेले हुर्काएका बीसवर्षो जवान युवक
पनि आफ्नो पूर्खाको वंशाणुगतगुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि
ज्योतिषीमा रुचिराखी लागिपरेकाले गर्दा २० वर्षो उमेरसम्ममा ज्यातिषीको
हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाण्डौं उपत्यका
घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी
पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ ।
उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको
क्षेत्रभाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब
३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह
लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा
र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर
काठमाण्डौ उपत्यकाभरी हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो
दरवारमा पुग्छ । उक्त २० वर्षो जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी
गराइन्छ ।
राज ज्योतिष :- मैले अहिलेसम्म ज्योतिष हेरिसकेँ त्यो कहिल्यै मिथ्या भएको छैन ।
जवान युवक :- अब मिथ्या हुनेवाला छ ।
जवान युवक :- अब मिथ्या हुनेवाला छ ।
राज ज्योतिष :- यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ , के यो तिमी मञ्जूर गर्र्छौ ?
जवान युवक :- गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?
राजज्योतिषलाई आफ्नो ज्योतिषीमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले
दरवारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रकृया मिलाउन लगाउँछ ।
जवान युवक :- हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।
राजज्योतिष :- म अरु कुरा सुन्न चाहन्न , तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।
शनिवारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन
चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो
पोखरीमा खस्छ ।
राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई
राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान
राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरु अध्ययन गर्न थाल्छ र
उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषी हेर्दा
पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको
योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।
No comments:
Post a Comment