राजा प्रताप मल्लको पाला (सन् १६४१ - ७४) मा बनेको यो मन्दिरलाई
रहस्यमय मन्दिरको रुपमा लिइन्छ l नाम इन्द्रपुर मन्दिर भित्र चाहिं शिवलिंग
भेटिन्छ l मन्दिरको ढोकामा कुनै तोरण राखिएको छैन, जसले गर्दा कुन चाहिं
देवता भनेर छुट्याउन सकिंदैन l मन्दिरको भुइँतल्लाको दक्षिणतर्फ गरुड
राखिएको छ, जसले बिष्णु पो हो कि भनेर अलमलाउँछ l
जानकारको भनाई अनुसार उहिले इन्द्रजात्राको बेलामा यो मन्दिरको माथिल्लो तल्लामा इन्द्रको मुर्ति सजाउने गरिन्थ्यो रे !
मन्दिरको निर्माण गर्दा यसको सक्कल नक्सा डिजाइन अनुसार गरिएको छैन l
सामान्य छानाको बनावट रहेको यस मन्दिरको भुइँ र पर्खाल खम्बाहरु एक आपसमा
नमिल्ने गरि बनाइएको छ रे !!
No comments:
Post a Comment