स्वयम्भु पुराणमा वर्णित अनुसार उहिले मान्छेको आयु ४०००० बर्ष भएकोबेला
क्रकुछन्द बुद्ध जन्मेका थिए । लामो आयु भएका क्रकुछन्द बुद्ध संसार उद्दार
गर्ने भन्दै संसार घुम्ने क्रममा नेपालमण्डल पनि आइ पुगे । नेपालमण्डलमा
दिब्य उपदेश दिंदै घुम्दै गर्दा संसारबाट मुक्त भएर निर्वाण लाभ गर्ने
इच्छाले गुणध्वज नामक ब्राम्हण सहित ४०० ब्राम्हणहरु, ३०० क्षेत्रीयहरु,
थुप्रै वैश्य तथा शुद्रहरु पनि प्रवज्या ब्रत धारण गरि भिक्षु हुने इच्छा प्रकट गरे ।
यसपछि क्रकुछन्द बुद्धले सकलजनलाई शंखोदक पर्वतमा लगेर दारीजुँगा खौरन लगाई चुडाकर्म गराए । यसरि भिक्षु भएकाहरुलाई स्नान गराउन त्यहाँ कतै पनि पानी चाहिं भेटिएन ! खोज्न जाँदा पनि कतै पानी भेटिएन । यसपछि बज्र सत्वको निर्माणकाय शक्ति भएका क्रकुछन्द बुद्धले एक वाक्य उच्चारण गरे र पर्वतबाट पानी बग्न थाल्यो । वाक्यबाट पानी उत्पति भएकोले यसको नाम बाक्यमति भनि प्रख्यात भए र अनन्तकालमा अपभ्रंश भै बागमती भन्न थालिएको हो ।

हालको शिवपुरी पर्वतलाई क्रकुछन्द बुद्ध पर्वत पनि भनिन्छ । बाक्यबाट उत्पति भएको पानीको मुहानमा बाघको मुख जोडेर बागद्वार नामाकरण किन र कसरी गरिए ...कसैलाई किम्वदन्ती थाहा छ भने पोष्ट गरि दिनु होला ।
No comments:
Post a Comment