स्वस्थानी कथा अनुसार गुहेश्वरीमा
सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह रहेको छ । पशुपति
क्षेत्रस्थित श्लेष्मान्तक वनमा भगवती गुहृयश्वरी उत्पत्ति भएको किम्वदन्ती
पाइन्छ । गुहेश्वरीमा एउटा सानो दुलो मात्र छ जहाँ चाँदीको कलशले ढाकिएको
मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा गर्ने
गर्दछन् । गुहृयेश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्रीस्वस्थानी
व्रतकथामा पाइन्छ ।
#पुरानो #गुहेश्वरी :
स्वयम्भू पुराण
अनुसार बालाजु अवस्थित पुरानो गुहृयश्वरीलाई प्राचीनतम् मानेर स्वयम्भू
उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको मान्दछ ।
नागार्जुनको पर्वत फेदीमा अवस्थित यस कुण्डको महिमा पीठका रूपमा कालान्तरमा
महायान बज्रयानी - कर्मकाण्डले महिमा बढाए पनि वास्तविक मूलस्वरूप
भू-गर्भमुनिको पानी वा सृष्टिदेखिको पानी आद्यजलको तर्पण नै विशेष देखिन्छ ।
वर्तमानमा यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशर माथि कलश आकार
स्वरूपले छोपिएको कुण्डलाई नै गुहृयश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ ।
No comments:
Post a Comment