#न्हस्कापुर / ओलाछी त्वा: / प्यँगःथाँ / बांगेमुढाको पुरानो नाम !
ओलाछी त्वा: / प्यंग:थांको ऐतिहासिक, पुरातात्विक र पबित्र धार्मिक सम्बन्ध रहेको पाइएको छ l
नरसिंह आजुले सबैको कल्याण गरुन !
श्रोत : अग्रज / काका अष्टलाल महर्जन
मन्जुश्रीले उपत्यकाको पानी बाहिर निकालेर बस्ती बसाउने क्रममा कागती
गाउँबाट एक समुह (ज्यापु र फुबरे) यहाँ आई बसेको र घर बनाउन जग खन्ने
क्रममा नरसिंह आजुको मुर्ति फेला परेको ठाउँ l यसै कारणले गर्दा यस टोलका
नेवार समुदायहरु नरसिंह आजुलाई मुख्य देवताको रुपमा पुज्दै हरेक बर्ष पाहाँ
चर्हेको दिन जात्रा पर्व मनाउंदै आएका छन् l त्यतीबेला ठाउँ ठाँउमा पानी
जमेका पोखरी नै पोखरी भएकोले हाँस पालेर जिविका चलाउन थाले । त्यसैले ठाउँका बासिन्दाहरुलाई हेंपू पनि भनिन्छ । पछि बिस्तारै अन्यत्रतिर खेतिपाती गर्दै जिविका चलाउन थाले ।
ओलाछि प्यँगःथाँका ज्यापुहरूको हाँस पाल्ने पेशामा थिए, ती हाँसहरू चराउन गल्कोपाखा ओरालो पछिको जमीन (जहाँ पहिले पानीको मात्रा धेरै हुने खासै बाली लगाउन मिल्ने थिएन ।) मा जान्थे । बाटो त्यहीँ थँबही (ठमेल) भएर आऊजाऊ हुन्थ्यो । त्यही उहाँहरूको साथी सिंहसार्थबाहु भए । सिंह सार्थबाहु पढे लेखेका अनि ब्यापारी थिए । एक समय, त्यसै हाँस चराइ रहेको ठाउँमा ती मेरा बाजेहरूले दुइटा सन्दुक भेटेछन् । जुन सुन चाँदीले लेखिएको प्रज्ञापारमिताको किताब थियो । हाम्राबाजेहरू अक्षर नचिनेका भएकोले त्यही सन्दुक र प्रज्ञापारमिताको पुस्तक साथी सिंहसार्थबाहुलाई पढ्न दिए । त्यही किताब पढेर बिद्वान र पारंगत भए सिद्धी पाए । त्यो तिमिहरूको पुस्तक संरक्षित नै छ है भनेर वर्षको एकचोटी होलिपुर्णिमाको भोलि हामीलाई भोज खुवाएर साँझ उक्त पुस्तक सहितको सन्दुक बोकाएर नगर परिक्रमा गरि जात्रा चलाइन्छ । उक्त शुद्ध भात(भोज)को लागि तीन पल्ट बोलाहट आउने चलन थियो र त्यसपछि खान गइन्थ्यो । हाल आएर झण्डै २५–३० वर्ष देखि हामी ओलाछि बासीहरूलाई बोलाउन पनि छोड्यो र हाल उक्त सन्दुक र किताब कस्तो अवस्थामा छ थाहा पनि छैन ।
ओलाछि प्यँगःथाँका ज्यापुहरूको हाँस पाल्ने पेशामा थिए, ती हाँसहरू चराउन गल्कोपाखा ओरालो पछिको जमीन (जहाँ पहिले पानीको मात्रा धेरै हुने खासै बाली लगाउन मिल्ने थिएन ।) मा जान्थे । बाटो त्यहीँ थँबही (ठमेल) भएर आऊजाऊ हुन्थ्यो । त्यही उहाँहरूको साथी सिंहसार्थबाहु भए । सिंह सार्थबाहु पढे लेखेका अनि ब्यापारी थिए । एक समय, त्यसै हाँस चराइ रहेको ठाउँमा ती मेरा बाजेहरूले दुइटा सन्दुक भेटेछन् । जुन सुन चाँदीले लेखिएको प्रज्ञापारमिताको किताब थियो । हाम्राबाजेहरू अक्षर नचिनेका भएकोले त्यही सन्दुक र प्रज्ञापारमिताको पुस्तक साथी सिंहसार्थबाहुलाई पढ्न दिए । त्यही किताब पढेर बिद्वान र पारंगत भए सिद्धी पाए । त्यो तिमिहरूको पुस्तक संरक्षित नै छ है भनेर वर्षको एकचोटी होलिपुर्णिमाको भोलि हामीलाई भोज खुवाएर साँझ उक्त पुस्तक सहितको सन्दुक बोकाएर नगर परिक्रमा गरि जात्रा चलाइन्छ । उक्त शुद्ध भात(भोज)को लागि तीन पल्ट बोलाहट आउने चलन थियो र त्यसपछि खान गइन्थ्यो । हाल आएर झण्डै २५–३० वर्ष देखि हामी ओलाछि बासीहरूलाई बोलाउन पनि छोड्यो र हाल उक्त सन्दुक र किताब कस्तो अवस्थामा छ थाहा पनि छैन ।
ओलाछी त्वा: / प्यंग:थांको ऐतिहासिक, पुरातात्विक र पबित्र धार्मिक सम्बन्ध रहेको पाइएको छ l
नरसिंह आजुले सबैको कल्याण गरुन !
श्रोत : अग्रज / काका अष्टलाल महर्जन
No comments:
Post a Comment