घ्य:
चाकु संल्हु / माघे संक्रान्तीको हार्दिक सुभकामना !! सबै भन्दा जाडो हुने
समयमा शरिरलाई तातो दिने वातावरण अनुकुल मनाइने यो पर्वमा घ्यु चाकु तरुल
खाएर जाडो भगाउनु होला । आजैको दिनदेखि दिन लामो हुँदै जाने र रात छोटो
हुँदै जाने गरिन्छ ।
माघे संक्रान्ति र माधव नारायणको सन्दर्भमा एक पौराणिक कथा पाइन्छ । पौराणिक कथाअनुसार कुनै समय भादगाउँका एक महाजनको बुढेशकालमा पनि तिलको व्यापारमा कुनै कमी देखिएन । आफ्नो व्यावसाय झन् झन् राम्रो हुँदै जानुमा महाजन आफैँ अचम्म पर्दै थिए । आफ्नो सफल व्यावसायको कारण खोतल्ने क्रममा महाजनले तिलको बिउमा भगवान बिष्णुको आकृति भेट्टाए । त्यो दिन माघको संक्रान्तिको दिन थियो । त्यो बेलादेखि भादगाउँका बासिन्दाहरू भगवान बिष्णुको कृपाले अन्न र श्रीसम्पत्तिको निरन्तर वृद्धि हुन्छ भन्ने जनविश्वासका साथ माघे संक्रान्तिको दिन तिल माधवको मूर्ति बनाई पूजा गर्न थाले ।
यस दिन तिल दान गर्ने चलन पनि रहेको पाइन्छ । तिल माधव नारायणमा मेला लाग्ने सन्दर्भमा यस दिनलाई ‘हामो सँल्हु’ भनेर नामाकरण गरिएको छ, जुन आफैँमा महत्वपूर्ण छ । तिललाई नेपालभाषामा “हामो” (हाम्वः) भनिन्छ । तिलको सम्बन्धमा एउटा महत्वपूर्ण भनाई “जो व्यक्तिले यस दिन तिलको प्रयोग गर्छ, त्यो कहिल्यै डुब्दैन अर्थात यस दिन तिल प्रयोग गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन” भन्ने अर्थ लाग्छ । त्यसैले यस दिन तिल प्रयोग गर्दै तिलले स्नान गर्ने, तिलको तेलले मालिस गर्ने, तिल दान दिने, तिल हवन गर्ने, तिल खाने र पितृलाई तिलयुक्त जल अर्पण गर्ने संस्कार रहेको पाइन्छ ।
विवाहित महिलाहरूले माघे संक्रान्तिको दिनमा आफ्नो लोग्नेको कमाई खान नहुने र माईतमा गएर खानु पर्ने भन्ने मान्यता रहेको छ । यस दिन घरका मुलीले सुख-शान्ति, सम्वृद्धि र निरोगिताको कामना गर्दै सबैको टाउकोमा तोरिको तेल हाली दिने परम्परा रहेको छ । सबै जस्तो चाडपर्वहरूमा ज्वाँईहरूलाई बोलाएर खुवाउने चलन रहे पनि यस दिन भने ज्वाँईहरूलाई बोलाउने गरिँदैन ।
फोटो : भक्तपुर अवस्थित माधव नारायण मन्दिर ।

No comments:
Post a Comment