एक समय यस्तो थियो, जुन बेला महिला हैन, पुरुषलाई रजस्वला हुने गर्दथ्यो र पुरुषले नै सन्तान जन्माउने गर्दथ्यो । पत्यार लागेन है ?
पुराणमा वर्णित कथा अनुसार सृष्टिको आरम्भमा सबै भन्दा पहिले त्रिदेव
प्रकट भए - ब्रम्हा, बिष्णु र महेश्वर । भगवान बिष्णुले आफ्नो नाभी /
नाइटोबाट ब्रम्हाजीलाई जन्माए, आफ्नो बुढी औंलाबाट देवी गङ्गाजीलाई उत्पति
गराए । भगवान विष्णुले ब्रम्हाजीलाई सृष्टिको बिकासको काम सुम्पे र सोहि अनुरुप ब्रम्हाजीले आफ्नो योगबलद्वारा ७ ऋषिहरु (सप्तऋषि) र आठौ सन्तानको रुपमा नारदलाई जन्माए ।
ब्रम्हाजीले जुन हिसाबले सन्तान उत्पन्न गर्दै थियो, धेरै समय लागि रहेको
थियो ! यसै सन्दर्भमा ब्रम्हाजीले भगवान बिष्णु र शिवजीलाई अरु कुनै बिधि
अपनाउन सुझाउँदै थियो ताकी धेरै सन्तानहरु जन्माउन सकियोस । ब्रम्हाजीको यो
चिन्ता देखेर भगवान शिब अर्धनारिश्वरको रुपमा प्रकट भए र संसारमा नारी
स्वरूपको आगमन भए । भगवान शिवले ब्रम्हाजीलाई अब देखि स्त्री पुरुषको
समागमनबाट सन्तानहरु थप हुँदै शृष्टिको बिकास हुने बताए । तर यसको लागि
स्त्री रजस्वलाको आवश्यक भयो जबकी त्यतिबेलासम्म भगवान आफैलाई मात्र
रजस्वला हुने गर्दथ्यो ।
एक दिन पार्वतीले भगवान शिवलाई पुरुषको
कपडामा रातो रातो दागहरु सार्है मन परेको बताएछ र आफुलाई पनि त्यस्तै
वस्त्र ल्याई दिन जिद्दी गर्न थालेछ । भगवान शिवले पार्वतीलाई सम्झाउनु
सम्झाए तर पार्वती मान्दै मानेन । पार्वतीको जिद्दीले दिक्क भएका भगवान
शिवले पार्वतीलाई अब देखि पुरुष हैन, महिलालाई रजस्वला हुनेछ भनेर बरदान
दिएछ र आजसम्म पनि सन्तान र सृष्टि निरन्तरताको अहम जिम्मेवारी महिलालाई
मात्र प्राप्त भएका छन् ।
No comments:
Post a Comment