भैरबलाई
तत्कालिन उपत्यकाभित्रको राज्यको संरक्षकको रुपमा लिइन्छ ! हल्चोक स्थित
सव भक्कु (हल्चोक - आकास भैरब) लाई पश्चिम दिशाबाट धेरै नै बिघ्नहरु तथा
राक्षसहरुले दुख दिन थाले पछि बिघ्नहरुबाट संरक्षण गर्न स्थापना गरिएको
थियो ।
निलो अनुहार / मास्क लगाएको भैरब र सुन्तला - रातो रंगको
अनुहार भएका २ सहयोगीहरुमा बाघको अनुहार भएकालाई सिम्बा द्य: र सिहंको
अनुहार भएकालाई धुम्बा द्य: भनिन्छ । इन्द्रजात्राको
बेला हल्चोक भैरब र अन्य २ सहयोगीहरु सिम्बा द्य: र धुम्बा द्य: नाच्दै
निस्कने गर्दछ । सिम्बा द्य: र धुम्बा द्य:लाई चण्डी र कुमार पनि भनिन्छ ।
पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका हमला गर्दा उनि एकचोटी बेहोस भएका
थिए । त्यतिबेला यिनै हल्चोक आकास भैरबले सहयोग गरेर गोर्खा सम्म फर्काएका
थिए l यसैको सम्झनामा नेवार मध्यकै एक जाति पुटुवारहरु आकाश भैरब, सिम्बा
द्य: र धुम्बा द्य:को रुपमा सजिएर नाच देखाउने गरिन्छ । शहरका बिभिन्न
समुदायहरुले आमन्त्रण गर्छन र पुजा गर्ने गर्दछ । आकाश भैरब, सिम्बा द्य: र
धुम्बा द्य:नाच्दा रोगब्याधी र नकारात्मक शक्तिहरु निर्मुल हुने
जनविश्वास रही आएको छ । कसैले पनि आकाश भैरब, सिम्बा द्य: र धुम्बा
द्य:बाटो काट्दा नराम्रो हुने विश्वास रही आएको छ l इन्द्रजात्रा
समन्वयकर्ता सुरेन्द्र श्रेष्ठका अनुसार आकाश भैरब, सिम्बा द्य: र धुम्बा
द्य: भएर नाच देखाउन अबिबाहित हुनु पर्ने र सुद्ध हुनु पर्ने भनाई रहेको छ ।
No comments:
Post a Comment