महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग
युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई
हेटौंडा भएको हो । हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ ।
हेटौंडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी,
पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोक्षेक्व
मन्दिर,कुसमान्ड् सरोभर्, गुम्बा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क
विशेषताका रूपमा छन् ।
No comments:
Post a Comment