मकवानपुरगढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुरगढी नेपालका लागि सधै रणनितीक महत्वको स्थान हो । मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ , कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनाएको थियो । केही समयपछि पुरानो गोरख गुल्म
समेत स्थापना गर्न सफल भएको थियो नेपाली सेनामा ब्यबस्थित सेना यो नै पहिलो
थियो । नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै संगठन
रहेको पाइन्छ । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पहिलो
अवसर पनि यहि थियो ।
यस युद्ध मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाह थिए । उनीसँग ४०० जति सेना, थोरै बन्दुक र अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो थिए । त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए । जसले शत्रुलाई अचम्मित पारी रहेको थियो । नेपाली सेनाले राति आक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो ।
मिर कासिमका सेनाका सेनानायक गुरगिन खाँ थिए । उनीहरुसँग २५०० सेना र तोपहरू, बन्दुक, राम्रो रणनीतिक सहायता तथा ब्याकअप फोर्स थियो । उनिहरूको आक्रमण
बेस मकवानपुर फेदीमा थियो । तिनीहरू रात्री आक्रमण गर्ने योजनामा थिए । जब
शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घरहरू पहिले नै खाली भै सकेका थियो । उनीहरूलाई खानाको अभाव हुन थाल्यो ।
मकवानपुरगढी त्यहाँबाट ९ किमी माथि पहाडको टुप्पामा रहेको अवस्थित थियो । नेपाली सेनाले सबै बाटाहरू थुनेका थिए । तैपनि शत्रु उनीहरूलाई मकवानपुरगढी धकेल्न सफल भइरहेको थियो । झन्डै ३०० शत्रुले नेपाली सेनाहरुअझ रक्षात्मक बनाउदै २० जनवरी १७६३ मा आक्रमण शुरू गरे ।
मकवानपुरगढी त्यहाँबाट ९ किमी माथि पहाडको टुप्पामा रहेको अवस्थित थियो । नेपाली सेनाले सबै बाटाहरू थुनेका थिए । तैपनि शत्रु उनीहरूलाई मकवानपुरगढी धकेल्न सफल भइरहेको थियो । झन्डै ३०० शत्रुले नेपाली सेनाहरुअझ रक्षात्मक बनाउदै २० जनवरी १७६३ मा आक्रमण शुरू गरे ।
तर तिनीहरू त्यतिखेर
दंग परे जती खेर नेपाली सेनाहरु ताप्लाखारमा बिसाइ मारी रहेका थिए ।
काजी बंशराज
पांडे तलबाट उनीहरू माथि जाइ लागे ।
काजी नरसिंह बस्नेतले माथिबाट गुरगिन
खाँका सेनालाई हाने ।
नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडीबाट हाने ।
तीन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेना बहादुरी पूर्वक लडेर शत्रुहरुलाई नास गर्न सफल रह्यो । मिर कासीमका १७०० सेना मारिए । ३० नेपाली सेनाका जवानहरुले शाहदत प्राप्त गरे । नेपाली सेनाले शत्रुका ५०० राइफल, दुई तोप अन्य सैन्य सामाग्री प्राप्त गर्यो । यसै लडाईंबाट प्राप्त श्रोत साधनपछि नेपाली सेनालाई संगठानिक संरचनामा ढाल्ने काम शुरू भयो ।
No comments:
Post a Comment