बटुक भैरवलाई मीननाथका कुलदेवता मानिन्छ ।
लिच्छवि राजा अंशुवर्माले प्रयाग भ्रमणबाट फर्केपछि यसको स्थापना गराएका
थिए रे । वि.सं. १९९१ सालमा जुद्धशमशेरले यस मन्दिरलाई जीर्णोद्धार गराएका
थिए । महादेवको उग्र रुप मानिने वटुक भैरब काठमाडौ उपत्यकामा पुजिने अष्ट
भैरबहरु मध्य एक हुन् ।
कथा अनुसार एक पटक ब्रह्मा, विष्णु र
महेश्वरबीच को ठूलो भन्ने विवाद हुँदा सबैले आ-आफ्नो महानता दर्शाएकाले
शिवजीले पनि आफुलाई ठूलो देखाउन भैरवको रूप लिएको मानिन्छ । ब्रह्माले आफु
सृष्टिकर्ता भएको भन्दै आफू नै ठूलो हुने दावा गर्दा महादेवले ब्रह्माका
पाँच वटा टाउकामध्येको एउटा टाउको काटिदिएको धार्मिक कथन रहेको छ । भैरवहरू
तान्त्रिक देवता मानिन्छन् । उनीहरू भैरवीसँगै पुजिने हुनाले
शक्तिपीठहरूमा भैरवको पनि स्थापना गरिएको हुन्छ । लगनखेलको बटुक भैरवको
स्थापना पनि तान्त्रिक विधिबाटै गरिएको मानिन्छ । यिनको पूजा भैरवीसाथ हुने
गरेको छ ।
श्रोत : राजुनेपाल.कम
No comments:
Post a Comment