Thursday, August 31, 2017

व्यापारिक केन्द्र असन : असंभुलु अजिमा अर्थात अन्नपूर्ण देवी


उहिले उहिले कान्तिपुर पुरै जंगल भएको बेला असन पनि जंगल नै थियो त्यसबेला एक घाँसीनी नागार्जुन जंगल तलतिर घाँस काट्दै थिए असंभुलु अजिमा नागको रुप लिएर त्यहि घाँसीनीको डोकोमा बसेछ घाँसीनी घाँसको डोको बोक्दै जाँदा जाँदा थाकेर असनमा रहेको ठुलो अशोकको रुख मुनि डोको बिसाएर आराम गरेछ आराम गरि सकेपछि हिड्न खोज्दा घाँसीनीले डोको उचाल्न सकेनछ अचम्म लागेर के भाको हो बुझ्न तान्त्रिक बोलाएर देखाउँदा डोको भित्र त कलस सिद्ध भएको नागरूपी अन्नपुर्ण देवी भएको थाहा पाए यसैले असंभुलु अजिमा नागको रुप लिएर आएको हुनाले यस असंभुलु अजिमा मन्दिरमा नागको कलस अहिले पनि रहेको छ यस कलस भित्र चामल, समयबजी, हाँसको अन्डा, रक्सी, दुध चढाउने गरिन्छ ! कलसमा यसरी अन्न चढाउँनाले कहिले अन्नको दु:ख हुँदैन, मनोकामना पुरा हुन्छ भन्ने परम्परागत विश्वास रहेको छ
 
असन नाम रहन गएको सन्दर्भमा,
उहिले उहिले एक जना थिमीका चामल / चिउराका ब्यापारी अन्नको भारी बोक्दै ब्यापारको सिलसिलामा असन हुँदै जाँदैथ्यो ! थाकेर भारी यसै असनमा बिसाएछ र आराम गरेछ ! आराम गरि सकेपछि भारी उठाउन खोज्दा उचाल्नै सकेनछ र ब्यापारी त्यतिकै फर्केछ ! घर परिवारले के भो, कसो भो, भारी खोइ भनेर सोध्दा बोल्नै सकेन र नेवारीमा "अनसं अनसं" मात्र बोल्न सके
पछि घर परिवारले तान्त्रिकलाई देखाउँदा त्यो भारी बिसाएको ठाउँमा असंभुलु अजिमा रहेको पता लागेछ त्यो ठाउँलाई ब्यापारीले अनसं अनसं भनेकोले पछि त्यहि सब्द अपभ्रंस भै असन हुन गहेको हो भन्ने भनाइ पनि रहेको छ ! चामलको भारी बिसाएकोले यस अजिमाको कलसमा चामल भरेर दिने चलन अहिले पनि रहेको छ भन्ने परम्परागत भनाइ रहेकको छ
 
आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध असंभुलु अजिमा / अन्नपूर्ण देवीको जात्रा गरिन्छ । ने.सं. ६९६ को गीतिपुस्तिका र विभिन्न ऐतिहासिक अभिलेखमा आसा मण्डप भनेर लेखिराखेकाले त्यसैको अप्रभंश भएर यो स्थानको नाम असन हुन गएको हो भन्ने भ
नाइ पाइन्छ । चाँदीको कलशलाई अन्नपूर्ण देवीको मूर्तिका रूपमा मान्दै आएको छ । प्यागोडा आकारको तीन तल्ले पित्तलको कलात्मक मन्दिरभित्र विराजमान भइरहेकी यी देवीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा लिइएको छ । हिन्दूहरूले अन्नपूर्ण देवी र बौद्धहरूले वसुन्धरा देवीका रूपमा पुज्दै आएका छन् । अष्टमातृकामध्ये एक देवीका रूपमा मान्दै आएको यी अन्नपूर्ण देवीको आठ हात छन् । दाहिने चार हातमा खड्ग, बज्र, वरद मुद्रा, कचौरा छन् भने देब्रे हातमा विन्दु मुद्रा, जयमाला, घन्टा र कलश समाती कमलको फुलको आसनमा बसिरहेकी र मान्छेको टाउकाको माला पहिरिएको देखाइएको छ । यस्तो चित्र मन्दिरको टुँडालमा कुँदिएको देखिन्छ ।

नवमीदेखि द्वादशीसम्म जात्रा चलाउने सन्दर्भमा भोटाहिटीमैं भएको देवघरबाट ज्यापू गुथियारहरूले अष्टमीका दिन अन्नपूर्ण देवीलाई राँगो बली दिन्छ । देवीलाई भोग दिएको हेर्न हुँदैन भनेर देवीको मन्दिर जाने सबै बाटो बन्द गरिएको हुन्छ । अन्नपूर्ण देवीलाई दशमीका दिन खटमा राखेर बाजा बजाई जात्रा गरेर घरैपिच्छे पूजा गराउन लागिन्छ । त्यस्तै द्वादशीका दिन कुमारी रथ तान्ने बाटोमा गुथियारका छोरी चेलीका घर घरमा लगेर पूजा गराइन्छ र नगर परिक्रमा गराएर साँझ देवघरमै भिœयाइन्छ । अन्नपूर्ण देवीको यो जात्रा किरातकालदेखि चल्दै आएको हो भन्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...