गाईजात्राको भोलिपल्ट मध्यरातदेखि
नचाइने बोडेको निलबाराही नाच ४ दिनसम्म सञ्चालन हुने गर्दछ । सो नाच बोडेको
नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान,
भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा समापन गरिने
परम्परा रहेको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा
बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने गरिन्छ ।
दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बाँधिएर बोडेमा मनाइने यस जात्रामा देवगणमा
भैरव १, बाराही ४, कुमारी ४, सिहं ४ द्वारपाल २ र गणेश ४ गरी १९ जना
देवगणको समूह रहेको गर्दछ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका
सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा १०० जनाभन्दा बढी व्यक्ति नाचमा
क्रियाशील रहने गर्दछन् ।
किम्वदन्ती अनुसार नीलबाराही देवीले एकदिन मानिसका रूपमा बोडे सहर आएर
स्थानिय धोँ जातका एक मानिसलाई नीलबाराही जङ्गलमा लगेर चार दिनसम्म कसैले
नदेख्ने गरि राखेर नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाए पछि यो नाच सुरु
भएको जनविश्वास रहदै आएको छ ।
नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम छ । देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेस लगाएर बस्नु पर्छ ।
नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउँछ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुँदैन ।
श्रोत : किरज गैंजु

No comments:
Post a Comment