किम्वदन्ती अनुसार प्राचिन बैदिक कालमा असुरराज बली नाम गरेका एक राजाले
पृथ्वीमा शासन गर्दथे । उनी दानी भएकाले हरेक दिन केही न केही दान नगरी
खाँदैनथे । यस्तो पुण्यको प्रतापले स्वर्गका देवताहरूले भगवान् विष्णुको
प्रार्थना गरे ।
उनीहरूलाई विष्णुले बलीलाई दमन गरी पाताल पुर्याउने आश्वासन दिएबमोजिम विष्णु स्वयं वामन अवतार धारण गरी ब्राह्मणको रूपमा बलीसामु पुगे । बलीले दान माग भनेपछि उनले तीन पाउ जमिन मागेछन् ।
सानो ब्राह्मण भनेर दिन थालेका बलीले दिएको दानमा बामनको एउटा पाउले पृथ्वी ढाक्यो, अर्को पाउले आकाश ढाक्यो र तेस्रो पाउले बली पृथ्वीमुनि पातालमा भासिन पुगे । त्यसपछि बलीले वर्षमा एकपटक पृथ्वीमा आउन पाउने अनुमति मागे र विष्णुले पनि दिए ।

वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म
पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू
प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको छ । सोही सन्दर्भलाई देउसीभैलेले तिहारमा बली राजाले पठाकोजस्ता देउसीभैली भट्ट्याउने गर्छन् ।
“हामी त्यसै आएनौंँ बलिराजाले पठाए” !!
“हामी त्यसै आएनौंँ बलिराजाले पठाए” !!
No comments:
Post a Comment