फोटो : Kayden Shrestha Gurung |
एक ठाउँमा एउटा ब्रतबन्धको काममा जाँदा एक जनाले सोध्यो मलाई कि यो बटुकलाई भिक्षा किन दिलाउनु पर्ने
हो ? उसलाई मागेर खान सिकाएको भएन र ?
मैले बताउन कोशिस गरे कि यो किन यस्तो हो भनेर ।
आदीकालमा ब्रतबन्धन कुनै एक दिनको कार्यक्रम नभै बर्षौ लाग्ने बिधी हो। बच्चाको उमेर जब सात देखी एघार बर्ष भित्रको हुन्छ, तब यो समयमा शिक्षा दिक्षा प्राप्तीको लागि गुरु कुल पठाइन्थ्यो । उसले २५ बर्षको उमेर भित्र शिक्षा प्राप्ती सकाउनु पर्दथ्यो । शिक्षा सकाउनु भन्दा अघीको समय सम्म उसले बिबिन्न ब्रत नियमको बन्धनमा बसेर गुरुबाट ज्ञान आर्जन गर्नु पर्दथ्यो, जस्तै गुरु आज्ञालाई कठोरता साथ पालना गर्नु, ब्रह्मचर्यमा बस्नु, गुरुको ज्ञानलाई कण्ठष्ठ पार्नु , शास्त्र अध्ययन गर्नु, गुरुलाई पिता सरह सेवा गर्नु, गुरुको आज्ञा अनुसार भिक्षा मागेर ल्याइ गुरुकुलको रासन वा भान्छा ब्यबस्था गर्नु इत्यादी ।
कोही ब्यक्ती अध्ययन गर्दैछ भने, त्यो समयमा उसलाई पाल्ने जिम्मेवारी समाजको हो । भोलिको दिनमा सो बालकबाट समाजले आफुलाई लगाएको गुण नबिर्सुन, समाजले अाफुलाई अन्न ख्वाएर बौद्धिक प्रतिभा बनाउदा गरेको लगानी नबिर्सुन , भोलीको दिनमा सो बालकले त्यही समाजको हितको लागि कार्य गरोस; भन्नाका खातिर उसलाई घर घरै भिक्षा माग्न पठाइन्थ्यो। हो, मागेर खाँदा लाज हुन्छ, त्यसमाथी पनि चिने जानेकाहरुको अगाडि झनै लाज हुने नै भयो । यसरी भिक्षा माग्न जाँदा आफ्नो पराइ भन्ने सोच नराख्नु , उनिहरु दाता हुन र तिमी भिक्षुक ब्रह्मचारी । त्यसै कारण आफ्नै घरकी आफ्नै आमा सँग पनि मागेर मात्रै निश्चित पारीमाणमा मात्रै भिक्षा ग्रहण गर्नु र ल्याएर गुरुलाई बुझाउनु भन्ने नियम हुन्थ्यो। भिक्षाको काम बाहेक गुरुकुलका बटुकहरुको काम शिक्षा आर्जन, शास्त्र अध्ययन र गुरु सेवा नै हुन्थ्यो। यो एउटा होस्टेलमा बसेर १५-१६ बर्ष सम्म अध्ययन गर्नु बराबरको काम हुन्थ्यो।
हाल आएर १५-१६ बर्षको ब्रतबन्धनको काम एकै दिनमा सकाउने गरिन्छ, जसले गर्दा यसमा लुकेको दर्शन हराउने स्वभाबिक नै हो। गुरु कुल हरु स्कूल र युनिभर्सिटीमा परिनत भएर गए। तर बुझ्नु पर्ने कुरा के हो भने, सँस्कारको रूपमा अवशेष रहेको भिक्षा दिने लिने प्रकृया बाट हामीले बुझ्नु पर्ने कुरा भनेको यो हो कि, शिक्षा आर्जन गर्ने समयमा वा विद्यार्थी समयमा मागेरै खाँदा पनि लाज मान्नु पर्दैन । विद्यार्थी जीवनको प्रमुख काम भनेको ज्ञान आर्जन हो । आफ्नो प्राज्ञीक स्तर बढाउने कामलाई निरन्तरता दिदै गर्दा आफ्नो शरीरलाई पाल्नु पनि त पर्यो । त्यस अवस्थामा हात फैलाएर मागेरै खाने सम्मको काम गर्दा पनि कुनै आपत्ति छैन भनेर हाम्रो धर्म दर्शनले भन्दछ। आफ्नो विद्यार्थी जीवन सक्किए पश्चात पनि मागेर खानु लाजको बिषय हुन्छ । अध्ययनको समयावधी सक्केर दिक्षित भएपछिको अवस्थामा आफ्नो अधययन अनुसारको कर्म गरेर समाजलाई आफ्नो तर्फ बाट उनिहरुले लगाएको गुण तिर्नु नै मानव जाती को धर्म हो भन्ने कुरा हाम्रो धर्म शास्त्रले बताएको छ ।
- बिजय शर्मा राजोपाध्याय
No comments:
Post a Comment