Wednesday, August 30, 2017

ब्रतबन्ध : एक दार्शनिक पक्ष

फोटो : Kayden Shrestha Gurung

एक ठाउँमा एउटा ब्रतबन्धको काममा जाँदा एक जनाले सोध्यो मलाई कि यो बटुकलाई भिक्षा किन दिलाउनु पर्ने 
हो ? उसलाई मागेर खान सिकाएको भएन र ? 

 मैले बताउन कोशिस गरे कि यो किन यस्तो हो भनेर । 

आदीकालमा ब्रतबन्धन कुनै एक दिनको कार्यक्रम नभै बर्षौ लाग्ने बिधी हो। बच्चाको उमेर जब सात देखी एघार बर्ष भित्रको हुन्छ, तब यो समयमा शिक्षा दिक्षा प्राप्तीको लागि गुरु कुल पठाइन्थ्यो । उसले २५ बर्षको उमेर भित्र शिक्षा प्राप्ती सकाउनु पर्दथ्यो । शिक्षा सकाउनु भन्दा अघीको समय सम्म उसले बिबिन्न ब्रत नियमको बन्धनमा बसेर गुरुबाट ज्ञान आर्जन गर्नु पर्दथ्यो, जस्तै गुरु आज्ञालाई कठोरता साथ पालना गर्नु, ब्रह्मचर्यमा बस्नु, गुरुको ज्ञानलाई कण्ठष्ठ पार्नु , शास्त्र अध्ययन गर्नु, गुरुलाई पिता सरह सेवा गर्नु, गुरुको आज्ञा अनुसार भिक्षा मागेर ल्याइ गुरुकुलको रासन वा भान्छा ब्यबस्था गर्नु इत्यादी । 

कोही ब्यक्ती अध्ययन गर्दैछ भने, त्यो समयमा उसलाई पाल्ने जिम्मेवारी समाजको हो । भोलिको दिनमा सो बालकबाट समाजले आफुलाई लगाएको गुण नबिर्सुन, समाजले अाफुलाई अन्न ख्वाएर बौद्धिक प्रतिभा बनाउदा गरेको लगानी नबिर्सुन , भोलीको दिनमा सो बालकले त्यही समाजको हितको लागि कार्य गरोस; भन्नाका खातिर उसलाई घर घरै भिक्षा माग्न पठाइन्थ्यो। हो, मागेर खाँदा लाज हुन्छ, त्यसमाथी पनि चिने जानेकाहरुको अगाडि झनै लाज हुने नै भयो । यसरी भिक्षा माग्न जाँदा आफ्नो पराइ भन्ने सोच नराख्नु , उनिहरु दाता हुन र तिमी भिक्षुक ब्रह्मचारी । त्यसै कारण आफ्नै घरकी आफ्नै आमा सँग पनि मागेर मात्रै निश्चित पारीमाणमा मात्रै भिक्षा ग्रहण गर्नु र ल्याएर गुरुलाई बुझाउनु भन्ने नियम हुन्थ्यो। भिक्षाको काम बाहेक गुरुकुलका बटुकहरुको काम शिक्षा आर्जन, शास्त्र अध्ययन र गुरु सेवा नै हुन्थ्यो। यो एउटा होस्टेलमा बसेर १५-१६ बर्ष सम्म अध्ययन गर्नु बराबरको काम हुन्थ्यो। 

हाल आएर १५-१६ बर्षको ब्रतबन्धनको काम एकै दिनमा सकाउने गरिन्छ, जसले गर्दा यसमा लुकेको दर्शन हराउने स्वभाबिक नै हो। गुरु कुल हरु स्कूल र युनिभर्सिटीमा परिनत भएर गए। तर बुझ्नु पर्ने कुरा के हो भने, सँस्कारको रूपमा अवशेष रहेको भिक्षा दिने लिने प्रकृया बाट हामीले बुझ्नु पर्ने कुरा भनेको यो हो कि, शिक्षा आर्जन गर्ने समयमा वा विद्यार्थी समयमा मागेरै खाँदा पनि लाज मान्नु पर्दैन । विद्यार्थी जीवनको प्रमुख काम भनेको ज्ञान आर्जन हो । आफ्नो प्राज्ञीक स्तर बढाउने कामलाई निरन्तरता दिदै गर्दा आफ्नो शरीरलाई पाल्नु पनि त पर्‍यो । त्यस अवस्थामा हात फैलाएर मागेरै खाने सम्मको काम गर्दा पनि कुनै आपत्ति छैन भनेर हाम्रो धर्म दर्शनले भन्दछ। आफ्नो विद्यार्थी जीवन सक्किए पश्चात पनि मागेर खानु लाजको बिषय हुन्छ । अध्ययनको समयावधी सक्केर दिक्षित भएपछिको अवस्थामा आफ्नो अधययन अनुसारको कर्म गरेर समाजलाई आफ्नो तर्फ बाट उनिहरुले लगाएको गुण तिर्नु नै मानव जाती को धर्म हो भन्ने कुरा हाम्रो धर्म शास्त्रले बताएको छ ।


-  बिजय शर्मा राजोपाध्याय

Tuesday, August 29, 2017

देउसी गीतमा सुनिने बलि राजाको कुरो

किम्वदन्ती अनुसार प्राचिन बैदिक कालमा असुरराज बली नाम गरेका एक राजाले पृथ्वीमा शासन गर्दथे । उनी दानी भएकाले हरेक दिन केही न केही दान नगरी खाँदैनथे । यस्तो पुण्यको प्रतापले स्वर्गका देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे ।

उनीहरूलाई विष्णुले बलीलाई दमन गरी पाताल पुर्‍याउने आश्वासन दिएबमोजिम विष्णु स्वयं वामन अवतार धारण गरी ब्राह्मणको रूपमा बलीसामु पुगे । बलीले दान माग भनेपछि उनले तीन पाउ जमिन मागेछन् ।

सानो ब्राह्मण भनेर दिन थालेका बलीले दिएको दानमा बामनको एउटा पाउले पृथ्वी ढाक्यो, अर्को पाउले आकाश ढाक्यो र तेस्रो पाउले बली पृथ्वीमुनि पातालमा भासिन पुगे । त्यसपछि बलीले वर्षमा एकपटक पृथ्वीमा आउन पाउने अनुमति मागे र विष्णुले पनि दिए ।
 
 वर्षमा पाँच दिन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिई यस समयमा बलि राजाको पूजा गरेमा आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पनि पूजा गर्ने गरिएको छ सोही सन्दर्भलाई देउसीभैलेले तिहारमा बली राजाले पठाकोजस्ता देउसीभैली भट्ट्याउने गर्छन् ।

“हामी त्यसै आएनौंँ बलिराजाले पठाए” !!

पसल पसलमा भीमसेन पुजाको तात्पर्य

महाभारत युद्ध पश्चात भारत बर्ष कंगाल झैँ भएछ । सबै कुरा युद्धमै सकिएछ । धन सम्पति केहि रहेन । भीमसेनका सबै जनताहरु आर्थिक रुपमा बिपन्न भए र पुरै बंशज गरिबीको चपेटामा परे । भीमसेनले कुबेर संग धन मागी ल्याई आफ्नो जनतालाई ब्यापार गरि धन कमाउनु र त्यसबाट भएको आम्दानीबाट आफ्नो रक्षा गर्नु भन्ने आदेश बमोजिम उनका बंशजहरु व्यापार तिर लागे ।

गरिबीको समयमा भीमसेनले त्यसरी लगाएको गुण नेवार समाजले अहिले पनि बिर्सेको छैन र ब्यापारका पथ प्रदर्शक भीमसेनलाई आफ्नो पसल, ब्यबसायमा उनको शक्ति र सामर्थको प्रतिक तस्वीर राखेर उनको कृपा सधै पाई रहुँ भन्दै अहिले पनि पुजा गरेको देख्न पाइन्छ । नेवारहरु भीमसेनलाई भिन्द्य: वा भिन्द्य: आजुको रुपमा पुर्खा देवता मान्दछन् ।

अर्को किम्वदन्ती अनुसार एकपटक शनिश्चरको दृष्टिले आफ्नो भक्तजनहरुलाई खराब होला भनि भीमसेनले उनलाई पछाडीबाट गर्दन समातेर "म तँलाई छोड्दिन, यो स्थानमा कहिले न आउनु" भन्दा शनिश्चरले "म आउनु र मेरो दृष्टि पार्नु मेरो धर्म हो, मलाई छोडी देउ, बरु जो व्यक्तिले तिम्रो आराधना गर्छ, म उनलाई रक्षा गर्नेछु" भनि बचन दिएकोले पनि भीमसेन मान्नु पर्ने मान्यता यस नेपालमण्डलमा रही आएको जनविश्वास रहेको छ ।

श्रोत : बिजय शर्मा राजोपाध्याय
.

ललितपुर अवस्थित छिन्नमस्ता देवी अर्थात म्वमदु द्यः



ललितपुरको मंगलबजार अवस्थित छिन्नमस्ता देवी (म्वमदु द्यः) को मन्दिरमा राखिएको एक चित्र : बोक्सी बिद्या सिक्नको लागि एक महिलाले आफ्नो श्रीमानलाई बोका बनाएर बली चढाउन लग्दै

गठेमंगलको दिन भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या अर्थात बोक्सी बिद्या सिक्न चाहनेहरु / तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथसाथै आफ्नो तन्त्र शक्तिलाई अझै शशक्त पार्ने गर्दथे । भनिन्छ बोक्सी विद्या तबमात्र पूर्ण पारङ्गत भएको मानिन्छ रे जब कोहि बोक्सी सानो भई करुवाको माथीको मुखवाट छिरेर टुटीवाट सकुशल वाहिर आउन सक्दछ त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखि उल्ट्याउन सक्दछ ।

यस्तो अलौकिक क्षमता हाँसिल गर्न तान्त्रिक तथा बोक्सीहरु यसदिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न मशानमा रहेको शक्तिपीठहरुमा पुग्ने गर्दछन्। त्यसैले गथांमुगः चह्रेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बर्ढाई अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्ने गर्दथ्यो । उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस-आत्मा) तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै लघारी दोरीले बाँधेर मशानको शक्तिपिठमा घिच्याउँदै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाई बली दिंदा रहेछ । भनिन्छ कि यस्तो बलि आफ्नै लोग्नेको दिन सके देखि त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन रे ।

यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जीउँदो रहन पनि सकिंदैन भन्ने समाजमा बिश्वास रहि आएको छ । यस् प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको म्वमदु द्यः (छिन्नमस्ता)को भित्तामा देख्न सकिन्छ । यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली वाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केही माथि हावामा टेकी आउने गर्दछन् र जसले जति वटा औंला बालेर आउँदछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि यसबाट जान्न सकिन्छ ।

कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक् गर्नु पर्दछ भन्दै मशान जाने बाटोमा ढुकेर बसि यस्ता आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन् । यसरी ढुकेर बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन् जस्ले यस्ताहरुलाई तारण राखि सास्ती गर्दछन् तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएमा उल्टो उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्‍याई दिन्छन् जस्ले गर्दा ति व्यक्ति रात रात भर घर र्फकने बाटो खोज्दै ठिक्क हुन्छन् रे । यसरी अल्मलिने अनुभव पाएका बुढापाकाहरु आज पनि भेट्न सकिन्छ ।

सार श्रोत : न्युज अफ टोखा (newsoftokha.com)

पंचमुखी महादेव



पचली भैरवको पूरा नाम पञ्चली भैरव हो यसलाई स्वच्छन्द भैरब पनि भनिन्छ   विष्णुमती, बागमती र भद्रमती नदिको संगम स्थलमा महानागको स्थान रहेको पाइन्छ यस दोभानमा पन्चलिंगको मुर्ति पाइन्छ, त्यसैले यो दोभानलाई पंचलिंग तिर्थ पनि भनिन्छ
 
राजतिर्थको किनारमा अवस्थित पञ्चली भैरवको कथा बेग्लै छ नेवारहरुले पञ्चमुखी महादेवलाइ रुद्रको रुपमा लिने गरेको पाइन्छ बौद्धमार्गीले स्वच्छन्द भैरव भनेर मानेता पनि हिन्दु धर्ममा र बौद्ध धर्ममा देव अलग अलग रुपले व्याख्या गरेको पाइन्छ । यसै महादेवलाइ रुद्र भनिएता पनि भारतको रुद्रसँग रुप र कथाहरु मेल खाँदैन यस महादेवलाई नेवारहरुले प्रयोग गर्ने गुप्त तन्त्र वा गुप्त विद्यामा शिर्ष देवको रुपमा पनि मानिन्छ

- भाई सन्दिप महर्जनसंग अन्तरक्रियामा आधारित

बखुँमलः अर्थात किर्तिपुरको सात गाउँ जात्रा


किम्वदन्ती अनुसार काठमाडौंको विष्णुमति खोलाको किनारमा अवस्थित अष्टमात्रिका मध्ये एक तान्त्रिक देवी लुतीअजिमा (इन्द्रायणी) शक्ति पीठमा बाला चतुर्दशीको दिन हवन गर्दा होममा चढाएका पंचबली (परेवा, भंगेरा, सर्प, माछा, फट्यांग्रा) मध्ये परेवा चाँही उडेर गए र त्यो परेवा बसेको ठाउँलाई बखु भनिए । परेवा खोज्दै जाँदा भेटाउन सकेन र नेवारीमा “बखु मदु” अर्थात “परेवा छैन / भेटिएन” भन्ने सब्द अपभ्रंस हुँदै बखुमद: र बल्खु हुन गएको जनविश्वास रही आएको छ ।

अर्को किम्वदन्ती अनुसार परापुर्व कालमा यस बखुमद पिठमा तपस्वीहरू आइ पुजाआज्ञा गरि हवन गर्न लागि रहेको अवस्थामा सोहि इन्द्रायणीबाट उड्दै आएको अलौकिक परेवा बखुमल: अवस्थित माता बिष्णुदेवीको हवनकुन्दमा बस्ने बित्तिकै दिप प्रज्वलित भएर र परेवा अलप भएको कथा पाइन्छ । यस प्रकार बखुँमलः अर्थात परेवाको ज्वालाले हवन सिद्धि भएको घटना सात गाउँभरि फैलिए र शक्तिपीठको रुपमा सात गाउँका बासिन्दाहरुले बखुँमलः जात्रा अर्थात सात गाउँ जात्रा चलाएको जनश्रुति पाइन्छा । यस जात्रामा आ-आफ्नो गाउँ ठाउँ अनुसार विष्णुदेवी, इन्द्रायणी, ब्रम्हायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघिनी, गणेश, भैरब गरि नौ रथहरुको जात्रा गर्ने गरिन्छ ।

पहिले पहिले किर्तिपुर क्षेत्र ललितपुर इलाका क्षेत्र भित्र पर्दथ्यो । तत्कालिन राजा रत्न मल्लले ललितपुरको राज्य चलाई रहेको बेला दक्षिण घेगमा अरुले लुटपाट गरेर दु:ख दिने गरेकोले सुरक्षा दिन पालो राख्नको लागि नेपाल सम्बत ६२१ मा बस्ती ब्यबस्थित गर्दै त्यसैको सुरक्षार्थ भाजंगालमा विष्णुदेवीको स्थापना गरेको भनाइ रहेको छ ! पालो बस्ने गाउँ भएको हुनाले अपभ्रंस हुँदै “पाँगा” रहन गएको पाइन्छ ! यो जात्रामा अझै पनि ललितपुरको कर्माचार्यहरुद्वारा हवन पुजा गरिन्छ ।

माता विष्णुदेवीका ४ सन्तानहरु छन् । मच्छेगाउँकी ठुली छोरी, बोसीगाउँको जेठो छोरो भैरबनाथ, ल्होखाको माइलो छोरा भैरबनाथ र सतुंगलकी कान्छी छोरीलाई नवमीको रात बाजागाजा सहित भक्तजनहरुको लावालस्कर सहित दिपावली गर्दै चिरागका साथ माता विष्णुदेवीको चरणमा ल्याउने गर्दछन । जेठी दिदी भएकीले भाइहरु र बहिनीलाई बोलाई आमाको दर्शन गर्न जाने सल्लाह गरी विस्तारै माताको चरणमा आउँदा सतुंगलकी कान्छी बहिनी पहिले नै आई काखमा बसेको देखेर रिसाई पिठ्यूँ फर्काएर पश्चिमतिर फर्की बस्छिन् । अपरान्हतिर सिन्दुर जात्रा गरी चोखो कपडा बिछ्याई गाउँ भित्राई धुमधामका साथ बलि दिएर जात्रा सम्पन्न गरिन्छ ।

अर्को कथा अनुसार मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरी राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ । मङ्सिर शुक्ल चतुर्थीका दिन देखि लाग्ने यो जात्रा कीर्तिपुर लगायत पाँगा, न गाउँ, ल्होखा (ल्ह्व:कोट), बोसी गाउँ, सतुंगल र मच्छेगाउँ गरी सात गाउँमा सात दिनसम्म “लाखेपा” जात्रा मनाइन्छ ।

टोखा : एक प्राचिन शहर !!


टोखा - परापुर्वकालमा यो ऐतिहासिक नगरको नाम जयपुर थियो  । पछि एउटा जोगीले तन्न भिक्षा पाएको सन्दर्भ जोडेर लक्ष्मीपुर नामांकरण पनि गरियो  । बुढानिलकण्ठ गाबिससंग जोडेर स्वस्थानी बास पनि भनिन्छ । 

पछिल्लो पल्ट यो नगर चाकुको नाम बाट प्रसिद्ध भयो 
। चाकु उत्पादन गर्न प्रसस्त उखुवारीको आवश्यकता भए र उखुवारीको नेवारी सब्द तु:ख्य नामले प्रचलनमा आए  । कालान्तरमा यहि तु:ख्य सब्द अपभ्रंस हुँदै टोखा रहन गएको हो भन्ने किम्वदंती पाइन्छ

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...