Tuesday, March 28, 2017

सिद्धिपोखरी : सपन तिर्थ मेला

सत्य युगको कुरो हो, एक राजपरिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो ! एवम् ढंगले छोरीहरु हुर्कदै आए । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरुसँग विवाह गरी दिए ! एक जना कान्छी छोरी सत्यकेशरीलाई चाहिं गरीब असहाय अपाङ्ग कुष्टरोगीसँग विवाह गरी दिए ।

६ जनाको हकमा दाइजो पनि अनिगिन्ती दिए 
तर सत्य केशरीको हकमा चाहिं केही पनि दिएन  कान्छी छोरी दयामाया बाहेक सहयोग केही पनि नपाएका स्वच्छ हृदय र दृढ विश्वास अनि आमावुवा प्रति अपार निष्ठा भएको कारणले वुवाआमाको वचनलाई स्वीकारे  आफ्नो कर्यमा लेखि आए अनुुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे बाँच्नको लागि आफ्नो घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सँगै सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न गए ।

त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउँदै खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फाल्दै र एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृयाहरु चलिरहयो । कुष्ठरोगी पतिले निकै वेर त्यो दृश्य हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे ।

धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अनुनय विनय गरे ! तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन ! केही भयो भने के गर्ने ? हामीलाई दोष लाग्छ त्यस कारणले ति गोठालाहरुले मानेन ।

फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अचम्मित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा आई वस्त्र लगाइ त्यही पाटीमा वसे । त्यो दृष्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो ! सबै तिरवाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो ।

त्यसै समयमा माग्न गएका सत्यकेशरी पनि आइपुगे मान्छेको घुइचो वीचमा यताउता आफ्ना पतिलाई खोज्छन् भेटाउन सकेन ! त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे वसेका थिए । त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे म नै हु तिम्रै पति हु भनेर चिनाउन खोजे, तै पनि पत्याएन ! पत्याउनु पनि कसरी, राजकुमारीले मलाई छलछाम गर्न लागे, मेरो ईज्जत र अस्तित्व लुट्न लागे, मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ति सत्यकेशरीको पतिले आफुले भोगेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव–विस्तार सुनाए पछि वल्ल विश्वास गरे ।

सत्य केशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए र रमाए ! एक आपसमा भेलाभएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे
। 

श्रोत : न्युजअफटोखा.कम

Monday, March 27, 2017

पाटनको घोडाजात्रा : 'सिमसिमे राजा'को सम्झनामा


किंवदन्ती अनुसार सिमसिम राजाको एउटा घोडाको सुसारे पाटन ओल्खुटोलमा बस्ने ज्यापु थियो। एक दिन राजा सँधैजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापु थाकेर आराम गरिरहेको रहेछ। तर, राजाले त्यो सुतिरहेको ज्यापुसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देख्दा केही नभनी हिँडेरै राजदरबार फर्किए।

यता ज्यापु झसङ्ग भई निद्राबाट ब्युँझदा राजा आएर पनि फर्किसकेको थाहा पायो। डरले ज्यापु घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्न लाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवानको अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए ।

त्यसपछि राजाले उसलाई त्यही घोडा चढाई फूलमाला पहिर्‍याई नगर परिक्रमा गराए। यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औँसीको दिन यो जात्रा मनाउने चलन रहेको हो ।

श्रोत : पहिलोपोष्टबाट http://www.pahilopost.com/content/-30004.html

Sunday, March 26, 2017

पाहाँ चर्हे : बिशेष कथाहरु


नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ । यसदिनलाई "पिसाच चतुर्दशी" पनि भन्ने गरिन्छ । पाँहा अर्थात पाहुना र चर्हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीबेटीहरुलाई वर्षको एक दिन भएपनि अनिवार्य रुपमा  निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्हे मनाइने गरिन्छ ।


घोडाजात्राको सन्दर्भ :

पाहाँ चर्हेको भोलिपल्ट अश्वयात्रा गर्नाले भबिष्य ज्ञान प्राप्त गर्न सकिन्छ अर्थात् घोडा जति बेगले दौडन सक्छ त्यतिनै देशमा दुःख कष्ट हराउने र शत्रुहरु नाश हुन्छ भन्ने मान्यता अनुसार घोडे जात्रा मनाउने परम्परा रहिआएको छ । 

किम्वदन्ती अनुसार प्राचीन कालमा गुरुमापा नाम गरेको एक राक्षसले सहरका बालबालिकालाई खाने गरेको र
पछि पीडित सहरवासीहरुले विविध उपाए अपनाई त्यसलाई शहर बाहिर टुंडीखेलमा बस्न लगाई नियन्त्रण गरिएको कथा पाइन्छ । उक्त गुरुमापाले फेरी पनि बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसलाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको भनाई पाइन्छ

नेपालमा कहिलेदेखि घोडेजात्रा मनाउन थालिएको भन्ने तथ्यगत प्रमाण नभए पनि टुँडिखेलमा मनाइने घोडेजात्रा १५~१६औ शताव्दीदेखि मनाउन थालिएको हो भने पाटनको घोडेजात्रा १७ औं शताब्दिदेखि तत्कालिन राजा सिद्धिनरसिंह मल्लको पालादेखि मनाउन थालिएको हो । पाटन बालकुमारीमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको पाइन्छ


लुकु महाद्य: अर्थात लुकेको महादेवको सन्दर्भ :

लुकु महाद्य: अर्थात लुकेको महादेवलाई क्षेत्रपाल पनि भनिन्छ । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचर्‍हे मनाउने गर्दछन् ।यसदिन आ-आफ्नो घर अगाडि चोक, टोलहरूमा लुकेर बसेका महादेवलाई बाहिर निकाली सफा सुग्घर गरी साँझ विशेष पूजा गरी मनाइने चलन रहेको पाइन्छ ।

किम्वदन्ती अनुसार- सत्ययुगमा पार्वतीले महादेवलाई भन्नुहुन्छ : 

"हे इश्वर, तपाई देवको पनि देव महादेव, तपाइको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु । तर म अनेक रुप धारण गरि बेला बेलामा मध्यपान,माँस ग्रहण गर्ने गर्दछु तर तपाई भने यस्तो खानेकुरा कहिले पनि खानुहुन्न , त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ ।"|

त्यसपछि श्री महादेवले "त्यसो होइन" भनि आफै सुटुक्क कसैले नदेख्ने गरि लुकेर पिसाच रुपी महादेवले माँस,मदिरा,लावाजन्य खानेकुरा खाएर पार्वतीलाइ देखाउनु भयो ।

महाकाल तन्त्रे शिव बचन “शास्त्र अनुसार यस दिन महदेव (लुकु महाद्य:) लाई मासु, लाभा,रक्सी,थ्वं ,लुँबु , बह बुँ, आदि चढाई, बत्तिबाट बनाइएको गाजल लगाएर अष्टमात्रिका अजिमाहरुको दर्शन गर्नाले सर्ब सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । लुकुमहाद्य:लाई दिइएको बत्तिबाट गाजल थापी आँखामा लगाउने चलन रहेको छ । यसरी गाजल लगाउनाले आँखा तेजिलो हुने जनविश्वास रही आएको छ । नेपालभाषामा "धुँया मिखा काँ काँ छुँ या मिखा त्यला" भन्ने उखान चलनमा रहेको पाइन्छ ।


मल:जा खुवाउने सन्दर्भ :

पाहाँचर्हेको भोलिपल्ट काठमाडौँका विभिन्न टोलहरूमा सानासाना नानीहरूलाई मल:जा खुवाउने चलन रहेको छ काठमाडौँका विभिन्न टोलहरूमा सानासाना केटाकेटीहरूलाई लाईनमा राखी र परीमा भात, गेडागुडी, तरकारी, हरियो सागपात मिठाइ, फलफूल, दही मसला राखी भोज जस्तो गरी खुवाउने मल: जा खुवाउने गरिन्छ  मल: जा खुवाउने स्थानमा पान, मसला, चकलेट, पैसा, दुध आदि दिन थुप्रै मानिसहरू आउने गर्दछन् । मल: जा खुवाउनको लागि आ-आफ्नो टोलमा क्षेत्रमा गुठीहरू हुन्छन् र यिनै गुठीहरूले आ-आफ्नो टोलमा मल जा खुवाउने व्यवस्था गरेको हुन्छ ।

पाहाँचर्हे प्राय फागुन - चैत्रतिर पर्दछ । यो समय भनेको हिउँदे याम समाप्त भई गर्मी याम सुरू हुने भएकोले यस समयमा मानिसमा खास गरी सा-सानी केटा केटीहरूमा विभिन्न रोगहरू लाग्ने सम्भावना हुने भएकोले यस्ता रोगहरू नलागून् भनेर मल:जा खुवाउने चलन रहेको पाइन्छ । मल: जा खुवाउनाले सा-साना नानीहरूलाई झाडापखालाजस्ता विभिन्न खाले महामारी रोगहरू लाग्दैन भन्ने जनविश्वास रहेको छ ।




पाहाँ चर्हे जात्रा - असनमा द्य: ल्वाकेगु अर्थात रथ जुधाउने जात्राको सन्दर्भ :

काठमाडौमा विभिन्न जात्रा पर्वहरु हुने गर्दछ र यसै मध्ये एक महत्व बोकेको जात्रा हो , पाहाँचर्‍हे जात्रा , अर्थात खट जुधाउने जात्रा ! हरेक वर्ष काठमाडौको केन्द्र असनमा जात्रा गर्ने परम्परा रहि आएको छ । किम्वदन्ती अनुसार लिच्छवि राजाले काठमाडौ खड्ग आकारमा निर्माण गर्दा ७ जना देवी, अजिमाहरु स्थापित गरेका थिए र ती नै अजिमाहरुको सम्मान स्वरुप आजसम्म पनि जात्रा गर्ने परम्परा रहि आएको छ । पहिले पहिले असनमा ७ खट जात्रा गरि "द्य ल्वाकेगु" जात्रा हुन्थ्यो भनिन्छ तर हाल आएर २ देविको मात्र जात्रा हुने गरेको छ । खट ३ ओटा भएता पनि दुइटा खत भद्रकाली ( लुँमरी अजिमा) र एउटा खट कंकेश्वरी (चामुण्डा / कंग अजिमा) को हुन्छ । यद्यपि असनमा नभए पनि आ-आफ्नै किसिमले न्यत अजिमा ( स्वेतकाली ) , तकती अजिमा ( नीलबाराही ) आदिको जात्रा हुने गरेको छ भने म्हेपी अजिमा (ज्ञानेश्वरी)को जात्रा बैशाखमा अलग्ग हुने गरेको छ । 
असनमा खट जुधाउने भनेर खट नै जुधाइँदैन , तर देव खलकले बोकेर आएको ती:प्वा मत ( चिराग) साटासाट गरेर सम्मान गर्ने प्रचलन छ । यसलाइ अजिमाहरु भेट्घाट गरेको भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सवै अजिमाहरुलाइ दिदी "बछला माजु (भुवनेश्वरी)" ले भोजको निम्तो दिन्छिन तर लुँती अजिमा (इन्द्रायणी )लाई झुक्याएर एकदिन पछि आउन निम्तो दिन्छिन । सबै जना निम्तोको दिन भोजमा पुग्छन र रमाइलो गर्छन, तर त्यस दिन लुँती अजिमा आउँदिनन किनकी उस्लाइ त झुक्याएर एकदिन पछिको निम्तो दिएको थियो । 
भोलि पल्ट इन्द्रायणी आफ्ना लालाबालाका साथ भोज जाँदा त्यहाँ त उस्कि दिदी बछला माजु मात्र हुन्छिन । बछला माजुले आउ आउ भनेर भित्र लान्छिन र सुकेको रोटी खानलाइ दिन्छिन । टोक्नलाइ पनि साह्रो भएको र डढेको रोटी दिएको देखेर लुँती अजिमालाइ आफू गरिब भएको कारण हेपिएको महसुस हुन्छ र त्यो रोटी आफ्नो लुगामा पोको पारेर हिँड्छिन । बाटोमा बच्चाहरु रोएर दु:ख दिए पछि जहाँ, जहाँ दु:ख दियो इन्द्रायणीले त्यतै छोडेर हिँडिन । त्यसैले आज पनि उनका सन्तान मानिएका स्वाँछपु गणेश, भुँडि गणेश, ज्वालामाइ, शोभा भगवती , आदि छरिएर रहेका छन । उनलाई हेपिएको सहन नसकेर इन्द्रायणी रुँदै हिँडिन र एउटा खेतमा गएर किसान सँग एउटा फर्सी मागेर ल्याइन । राती पकाउँछु भनेर फर्सी काटेर हेर्दा त्यहाँ सुनै सुन र रत्नहरु भेट्टिए र उनी त्यसबाट धनी भए । आफ्ना गरिब बहिनी धनी भएको देखेर अर्को पल्ट भोज बोलाउन आउँदा सगुन लिएर आएछन । तर इन्द्रायणीलाई आफू हेपिएको कुराले चित्त दुखेको थियो त्यसैले इन्द्रायणीले -" यो सगुन मलाइ हैन मेरो धनको लागि हो , आइन्दा मलाइ बोलाउन नआउनु , म तिमिहरुको मुख पनि हेर्दिन , तिमिहरु मेरो घरको बाटो भएर नआउनु" भनेर फर्काइदिए र त्यही इख लिएर सुटुक्क आफ्ना सन्तान मात्र बोलाइ भोज गरे । त्यसैले लुँती अजिमाको जात्रा अलग्ग बालाचर्‍हे बेला हुने गर्दछ भने अरु अजिमाको जात्रा पहाँचर्‍हे बेला हुने गर्दछ ।

यद्यपि अहिले पनि पाहाँचर्‍हेको ८ दिन अगाडि "दु दु च्याँ च्याँ जात्रा" भनेर पशुपती क्षेत्रमा रहेको " बछला माजु" को जात्रा हुने गर्दछ भने त्यस खट जात्रा पशुपती देखि त्यसबेलाको कान्तिपुर ( किनकी त्यस बेला पशुपती क्षेत्र अलग्ग देश थियो) नगर भित्र्याइ विभिन्न स्थानमा घुमाइन्छ। त्यसलाइ बछला माजुले निम्तो दिन आएको भनिन्छ । त्यसको ८ दिन पछि पहाँचर्‍हे जात्रा हुने गर्दछ ।


Thursday, March 23, 2017

टुडालमा यौन वास्तुकला : बौद्धमार्गी जीवनशैली (कथा ४)


प्राचिन समयमा बौद्धमार्गीहरुको संख्या बढी थियो । धर्मकै कारण अधिकांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बिताउन थाले । यस्तो क्रम बढेपछी त्यतिखेरका हिन्दु राजाहरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउनको लागि बिभिन्न उपायहरु रच्न थाले । धर्म त्यागेर बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछि जनशंख्या घट्न थालेपछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाका मुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनको लागि मन्दिरहरुमा अश्लिल मुर्ति बनाउन थालियो

टुडालमा यौन वास्तुकला : राजाविहीन राज्यको कथा (कथा ३)


तेर्हौं सताब्दीपछि तिरको कुरो हो, एकजना मल्लकालिन राजा एकाएक दरबारबाट गायव भए । उनको खोजीमा राज्यभर हाहाकार मच्चियो । तर, राजा भेष बदलेर भ्रमणमा निस्केका रहेछन् । राजा लामो समयसम्म नफर्किंदा दरबारभित्र अनेकौ प्रकारका विकृतिहरु बढ्न थालेछन् । राज्यका भारदार देखि तल्लो तहका मानिसहरुमा पनि यौनक्रिडाको क्रम चल्न शुरु भएछ । दरबारभित्र दिनप्रतिदिन यौन वातावरण भयाबह बन्दै गएपछी रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच पनि यौनजन्य क्रियाकालाप बढ्न थालेछ ।

सामान्य यौन आसनले नपुगेर अनेकौं आसनहरुमा यौन सम्बन्ध हुन थालेछ । यसरी राजदरवारमा सिकेका कुराहरु त्यहाभित्रका भारदार, सिपाहीहरुले बाहिर समेत सिकाउन थालेछन् । यौनका अनेक नयाँ–नयाँ आसनहरुमा यौनक्रिडा बढ्न थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । यो क्रममा रानीको ओछ्यानमा समेत जनताको प्रवेश हुन थालेछ । यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ ।

छलफलपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन, यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बितृष्णा उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निकालिएछ । त्यसै अनुरुप काठ, माटो, धातु जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले मानिसहरुको बढी उपस्थिति हुने स्थानहरुमा समेत यसरी कला कुद्न सुरु गरेछन् ।

त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति धेरै हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास रहेको पाइन्छ ।

- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।

टुडालमा यौन वास्तुकला : नरबली प्रथा (कथा २)



धेरै वर्ष अघि राजा शिवदेवले नरबलि दिने चलन चलाएछन् । प्रत्येक वर्ष चैत्र १२ गतेका दिन वत्सलादेवीलाई 
मानिस को बलि चढाउन थाले । यो मानवबलीको परम्पराले समाजमा ठुलै हाहाकार भएछ ।

हरेक वर्ष चैत्र १२ गते एउटा मान्छे काटिने कुरा निश्चित थियो । अब अर्को वर्ष को काटिने होला भनेर मानिसहरु थरथर हुन थाले । शरीरमा कुनै खोट नभएको, चोट नभएको, हट्टाकट्टा युवकलाई ल्याएर बलि दिने गरिएछ ।
बलि आतङकका कारण शरीरमा चोट पार्नका लागि जानीजानी एक टोल र अर्को टोल बिच ढुङगा हानाहान गर्ने र एक अर्काका टाउको फुटाउने गर्न थालेछन् । पछि बलि दिनकालागि देशैभरि चोट नलागेको, खत नभएको एउटैपनि युवक नभेटिएपछि राजाले ‘खते’ बलिको प्रारम्भ गरेछन । जसको शरीरमा धेरै खत छ त्यसैलाई बली दिने परम्परा थालिएपछि ढुङगा हान्ने परम्परा बन्द भएछन ।

तर चैत लाग्दैदेखि राज्यमा पुरुषहरु घट्न थाले । नरबलीको डरले पुरुषहरु भाग्न थालेपछि राजाका सेनाहरुले बलि खोज्ने क्रममाः घरघरमा जाने र महिलाहरुलाई हातपात गर्न थालेछन । बलीमा परिने डरले घर छोडेर हिडेका कैयौं पुरुषहरु नफर्केपछि राज्यमा महिलाहरुको संख्या बढ्न थालेछ भने पुरुष झन् झन् घट्न थालेछ ।
पुरुषको कमीलाई पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्परा जस्तै रुप लिन थालेपछि त्यहि संभोगशैली बिस्तारै टुडालहरुमा देखिन थालेको भनिन्छ ।

- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।

टुंडालमा यौन वास्तुकला : बाल बिबाह प्रथा (कथा १)


राजा गुणकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरुले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन । एक कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाई जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलियो ।

कुमारी रहनु अत्योनी हुनु भनेको ज्यान जानु सरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरि दिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा
संलग्न गराउन थालिएछ ।

अभिभावकहरुले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण बनाइदिन थालेपछि औपचारिक रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्व च्युत गराउन छुट गरिएको यौनप्रथा बाक्लिएर गएछ । कुमारीत्व च्युत गराउन छुट गरिएको यौनप्रथा बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरु समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन ।

समाजमा फैलिएको त्यो नाङगोपनलाई कलाकारहरुले चित्र र मूर्तीहरुमा कप्न थालेछन र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुडालहरुमा सजाउन थाले ।

- कृष्ण धारावासीले लेखेको टुडाल पुस्तकबाट ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...