Sunday, June 16, 2019

केतु




केतु अर्थात एक खगोलिय पिण्ड नभै छाँया ग्रह । स्वरभानु नामक एक असुर । समुन्द्र मन्थनको बेला मोहिनी रुपी बिष्णुले यिनको पनि शिर काटी दिएका थिए । खगोल शाश्त्र अनुसार मानव जीवनमा यसको पुरै प्रभाव रहन्छ । यसको आध्यात्मिक एवं प्राकृतिक प्रभाव असल र खराब प्रभाव दुबै रहन्छ । केही मानिसहरुको लागि ख्याति प्राप्त गर्न यसले ठुलै भुमिका खेल्दछ । केतुको शिरमा प्राय रत्न या ताराले सुसज्जित रहेको हुन्छ जसबाट एक रहस्यमय प्रकाश निस्कने गर्दछ ।
केतुको स्थान प्राय सुर्य र चन्द्रको पथमा एक आपसमा काटिने गरि उल्टो दिशामा १८० डिग्रीमा रहेको हुन्छ । ब्रह्माण्डमा सुर्य र चन्द्रको पथ चलायमान संगै यसको पथ पनि बदलीरहन्छ । पुर्णिमाको दिन सुर्य र चन्द्र एक आपसमा उल्टो दिशामा रहन्छ र केतु वा राहुको पथमा पृथ्वी पर्नाले पृथ्वीको छायाँ चन्द्रमामा परि चन्द्र ग्रहण लाग्ने गर्दछ ।

भुपतिन्द्र मल्लको जुँगा



गुणस्तर भनेको राजा भुपतिन्द्र मल्लको जुँगा हो । ३ सताब्दी पार हुँदा पनि जुंगाको रंग न खुइलेको छ, न उडेको छ ।

Thursday, March 28, 2019

काठमाडौमा वरपर हिउँ : फोटो संकलन







चाबहिलको सेतो स्याल नुहाउने "जम्बुकुण्ड"

६ दशक अघि देखि मासिसकेको चाबहिल अवस्थित सेतो स्याल नुहाउने #जम्बुकुण्ड पुनर्जीवित हुने तरखरमा । 

पौराणिक कालमा चाबहिल, असन, इन्द्रचोक, कालिमाटीका नेवार समुदायका मानन्धरहरु साँखुको बज्रयोगिनी मन्दिरमा दर्शन गर्न जाने गर्दथे । एक पटक दर्शन गरेर फर्कने क्रममा राति भएछ । उक्त बेलामा ती दर्शनार्थीहरुलाई एउटा स्यालले चाबहिलको कुटुबहालसम्म सुरक्षा दिएर पुर्याएको र त्यसैबेला देखि नै उक्त स्यालको मूर्तिलाई स्याल राजा अर्थात जम्बूक राजाको रुपमा पूजिने गरेको किम्बदन्ती रहेको छ । ७७ वर्षीय स्थानीय न्हूछेरत्न शाक्यको भनाई अनुसार अहिले पनि साँखु बज्रयोगिनीको पूजा गरेपछि फर्कदा कालिमाटी लगायतका मानन्धर समुदायहरुले प्रसादको एक भाग कुटुबहालस्थित स्यालको प्रस्तर मूर्तिमा चढाउने प्रचलन रहँदै आएको छ ।

यस जम्बूकुण्डमा नुहाई भिजेकै लुगासहित अञ्जुलीमा पानी ल्याएर नजिकैको जम्बूक राजा (स्याल) लाई नुहाई दिने तथा पानी चढाउने प्रचलन पछि सम्म थियो । तर अहिले पानी नभएपछि पूजा मात्र गर्ने चलन छ – शाक्य बताउँछन् । कुण्डको पानी सुकेपछि यो परम्परा नै लोप हुँदै गएको छ ।





श्रोत : https://bit.ly/2Nv8FZI

लोग्ने मान्छेहरुको तिर्थयात्रा !

एकपल्ट, एक बथान लोग्नेमान्छेहरु तिर्थ यात्रा जाँदै थिए । बाटोमा गाइडले राम्रा राम्रा युवतीहरु भेट्न सक्छ, मन नबहकाउँदै अगाडी बढ्न सम्झाए (#भुत, #लसिं, #किचकन्या पनि हुन सक्छ) । नभन्दै बाटोमा असाध्यै राम्री युवती देखा परे । लोग्ने मान्छेहरु "हरि ॐ" जप्दै अगाडि बढे ।

भोलिपल्ट नि यात्रा अघि बढे । एक लोग्नेमान्छेले "हरि ॐ" उच्चारण गरे । बाँकी सबै लोग्नेमान्छेहरु एक्कासी उत्सुकताका साथ कराए ...."खै खै कहाँ छ ?"

मन नबहकाउने तरिका हो ? लोल !

रामपुरको तालपोखरा र तालबाराही मन्दिर !


पाल्पा जिल्ला, रामपुर नगरपालिका ६ अवस्थित तालपोखरा ।

काठमाडौमा चाहिँ एक हुल भुमाफियाहरु भएका ताल, पोखरी जस्ता ईतिहास बोकेका सम्पदाहरु सरकारी मिलोमतोमै मास्दै ब्यापारिक भवन बन्दै छन् । 

यता चाहिँ हाम्रा त्रिचन्द्र कलेजका साथी देवराज देवकोटाको अध्यक्षतामा ६५ रोपनीमा फैलिएको खुल्ला चौरलाई स्थानिय सहभागीतामा खनेर ताल बनाई ताल बाराही मन्दिर स्थापना गरिएको छ । राफ्टिङ संघको पहलमा डुङ्गा चलाइएको छ । ब्यबस्थित पार्क र पिकनिक स्पट बनाइएको छ । आवश्यक परे खेतिको लागि तालकै पानी प्रयोग गर्न सकिने ब्यबस्था मिलाइएको छ । भिजित नेपाल बर्ष २०२० को १०० गन्तब्यहरु मध्य १ गन्तव्यमा पर्न सफल भै नेपाल सरकारबाट रु. ५० लाख बजेट बिनियोजनमा परेको छ ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...