पाल्पा जिल्ला, रामपुर नगरपालिका ६ अवस्थित तालपोखरा ।
काठमाडौमा चाहिँ एक हुल भुमाफियाहरु भएका ताल, पोखरी जस्ता ईतिहास बोकेका
सम्पदाहरु सरकारी मिलोमतोमै मास्दै ब्यापारिक भवन बन्दै छन् ।
यता चाहिँ हाम्रा त्रिचन्द्र कलेजका साथी देवराज देवकोटाको अध्यक्षतामा ६५ रोपनीमा फैलिएको खुल्ला चौरलाई स्थानिय सहभागीतामा खनेर
ताल बनाई ताल बाराही मन्दिर स्थापना गरिएको छ । राफ्टिङ संघको पहलमा डुङ्गा
चलाइएको छ । ब्यबस्थित पार्क र पिकनिक स्पट बनाइएको छ । आवश्यक परे खेतिको
लागि तालकै पानी प्रयोग गर्न सकिने ब्यबस्था मिलाइएको छ । भिजित नेपाल
बर्ष २०२० को १०० गन्तब्यहरु मध्य १ गन्तव्यमा पर्न सफल भै नेपाल सरकारबाट
रु. ५० लाख बजेट बिनियोजनमा परेको छ ।
No comments:
Post a Comment