Tuesday, February 27, 2018

नैरात्म्य बुद्ध


नैरात्म्य बुद्ध । हेबज्र तन्त्र अन्तरगत महिला बुद्ध । नैरात्म्य अर्थात "Ego Less Woman".

कामारुकामाख्य: तान्त्रिक देवी चामुण्डा

तान्त्रिक देवी चामुण्डा ...गहिरो ध्यानमग्न अवस्थामा !! 

यो मुर्ति कामारुकामाख्य: मा भेटिन्छ, जहाँबाट करुणामय / मछिन्द्रनाथलाई काठमाडौं ल्याईएको थियो l

Monday, February 26, 2018

बुद्ध शिक्षा : राजा बिम्बिसार र भेंडा बलीको प्रसङ्ग


एक दिन सिद्धार्थ शहरमा डुल्दै थियो, आगो बल्दै थियो l राजा बिम्बिसार र पुजारीहरुको एक समूह मन्त्र उच्चारण गर्दै थिए l तिनीहरु सबै अग्नीलाई पुजा गर्दै थिए l तिनीहरु मध्ये एक नायकेले जब तरवार उठाएर भेंडालाई काट्ने लागेका थियो, सिद्धार्थले हत्तपत्त रोक्दै बिचरा ति अबोध भेडाहरुलाई पुजारीहरु मार्फत नमार्न र ज्यान नष्ट नगर्न राजा बिम्बिसार मार्फत अनुरोध गरे l सिद्धार्थले पुजारीहरू तर्फ फर्केर भने "जीवन अमुल्य छ l सबै प्राणी जगत मानिसहरु जस्तै बाँच्न चाहन्छ" l


One day, Siddhartha was walking around in the city. The fire was burning on the altar, and King Bimbisara and a group of priests were chanting hymns. They all were worshiping the fire. When the leader of the fire worshiper lifted his sword to kill the first sheep, Siddhartha quickly stopped him. He asked the king not to let the worshipers destroy the lives of the poor animals. Then Siddhartha turned to the worshipers and told them "Live is extremely precious. All living creatures want to live, just like people."

हनुमानढोका : हनुमानको मुर्ति

मल्ल राजाहरु हनुमानलाई संरक्षकको रुपमा मान्छन् l रामायणमा रामचन्द्रलाई हनुमानले संरक्षण एवं साथ दिएको पौराणिक कथा अनुसार मल्ल राजाहरु पनि हनुमानलाई उही संरक्षकको रुपमा मान्दथे र यसै कारण मल्ल राजाहरु दरवार, राज्य र जनताको सुरक्षा एवं युद्धमा जितोस भन्ने हेतुले दरवार अगाडी हनुमानको मुर्ति स्थापना गर्ने गर्दथे l यहाँ सम्मकी मल्ल राजाहरुको झन्डामा पनि हनुमानको चित्र हुने गर्दथे l मल्ल कालमा ठुला कार्यकारी पदहरुमा पनि हनुमान सब्द घुसेको हुन्थे l प्रताप मल्लले सन् १६७२ मा स्थापना गरेको यो हनुमानको मुर्ति बास्तवमा ढुगावाट बनेको थियो तर हरेक वर्ष मुर्तिलाई तोरीको तेल र Vermilion Powder वाट बनेको मिश्रणले पोत्ने गरिन्छ l हनुमानको मुर्तिलाई रातो कपडाले बेरेर टाउकोमा सुनौला छाताले ओढाएको देखिन्छ l

मल्ल राजाहरुको यहि हनुमान प्रतिको श्रद्धाको कारण दरवारको नाम पनि हनुमान ढोका रहन गएको हो l साथमा हनुमान दरवार भित्र नासल चोक र मोहन चोकबिचमा पंचमुखी हनुमानको मन्दिर पनि रहेको छ l

Thursday, February 1, 2018

रुद्राक्षको कथा

महादेवले पार्वतीलाई सुनाएको कथा अनुसार :

एकपल्ट (सतीदेवीको मृत्यु पश्चात) महादेवले १००० बर्षसम्म समाधिमा बसी दिए । समाधिबाट ब्युँझेपछि महादेवको मन बाह्य जगतमा त आए, तर उनले सारा जगतको कल्याण गर्ने आँखा बन्द गरे ।  त्यहि बेला महादेवको आँखाबाट आँसुको एक थोपा पृथ्वीमा झर्यो र त्यहाँ एक रुख पलाए ।  त्यहि रुखमा फलेको फल नै रुद्राक्ष रहन गए । कालान्तरमा त्यसैको बिउबाट नेपाल भरि...थुप्रै स्थानहरुमा रुद्राक्षको रुखहरु फैलिए ।

महादेवको त्यो आँसु नेपालमै झर्यो र फलत: नेपालमा पाइने रुद्राक्ष बिशेष गुणस्तरको मानिन्छ । सामान्यत: रुद्राक्ष १ देखि १४ मुखिसम्म पाइए पनि पछिल्लो अध्धयनले ३८ मुखी सम्म पनि भेटिएको खोजकर्ताहरु बताउँछन् ।

रुद्राक्षको स्पर्शले रक्तचाप, उत्तेजना तथा हृदय रोगहरुलाई नियन्त्रण गर्दछ भने आयुर्वेदिक उपचारमा पनि यसको प्रचुरमात्रामा प्रयोग गरिएका छन् ।

एक मुखे रुद्राक्षलाई शिवको प्रतिक मानिन्छ । यो दुर्लभ मानिन्छ ! यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ रे ।

Saturday, January 6, 2018

ठेचो अवस्थित ब्रम्हायणी

ललितपुरको ठेचो अवस्थित ब्रम्हायणी मन्दिरबाट आज मिति २०७४, पौष २२ गते तदनुसार जनवरी ६, २०१८ को राति ब्रम्हायणीको मुर्ति चोरी भो रे !!

कान्तिपुरी नगरी : काठमाडौं



काठमाडौंलाई उहिले कान्तिपुर पनि भन्ने गरिन्थ्यो ...अर्थात "उज्यालो दिपहरुको शहर", जसलाई राजा गुणकामदेवले स्थापना गरेको भनिन्छ ।

किम्वदन्ती अनुसार एकदिन राजा गुणकामदेव पुजामा तल्लिन थिए, बुद्धि, श्रीसम्पति र भाग्यकी देवी लक्ष्मी प्रकट भइन् र बागमति र विष्णुमतिको प्रांगणको पुण्य भुमिमा खड्ग आकारमा शहर बसाल्न आज्ञा गरिन् । राजा गुनाकामदेवले देवीको आज्ञा अनुसार शहर बसाले र पाटनबाट काठमाडौंमा आफ्नो दरवार सारे । आधुनिक नेपालको राजधानी काठमाडौंको स्वरूप यसैबेला देखि अस्तित्वमा रहेको पाइन्छ र हालसम्म पनि त्यति बेलाको साक्षात झझल्कोहरु काठमाडौं उपत्यकाको भित्री शहरहरुमा कुना कुनामा भेटिन्छ

वंशावली अनुसार यिनै राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा काठमाडौं निर्माण गर्दा देशको रक्षार्थ चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन् ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...