यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Monday, August 19, 2019
पेटमा भैरबको आकृति भएको बिष्णुको विश्वरुप मुर्ति
इन्द्रजात्राको समयमा तामाबाट बनाइएको यस बिष्णुको शानदार विश्वरुप मुर्तिलाई सर्वसाधारणको लागि प्रदर्शनीमा राख्ने गरिन्थ्यो l प्रताप मल्ल र उनका परिवारले इन्द्रजात्रा कार्यक्रमको लागि उपहार स्वरूप प्रदान गरिएको यो पेटमा भैरब भएको मुर्ति अहिले कहाँ के अवस्थामा छ, अनभिज्ञ l सामाजिक संजाल फेसबुकमा बहसमा आएको कमेन्ट अनुसार यो चलन अहिले पलायन भै सकेको छ रे l
फोटो : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकबाट साभार l
चेतिय चैत्य
- भिक्षु सुदर्शन
छानिएर
राखिएका पवित्र अस्तिधातु राखेर माटो तथा ढुंगाबाट बनाइउका पुज्य स्मारक
नै चेतिय हुन् । किन भने चेतिय भनेको “चि” धातुबाट बनेको शब्द हो । नराम्रो
बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर पूज ागर्ने
स्मारक भएकोले पनि यसलाई चेतिय भनिएको हो ।
भगवान बुद्धको समयमा पनि केही आशा वा संकल्प गर्ने चेतिय स्थानहरु थिए । “वन चेतिय” र “रुक्ख चेतिय” त्यस्ता स्थानहरु हुन् । तर भगवान बुद्धले त्यसरी वन र रुक्ख (रुख) को शरण जानुलाई उत्तम शरण र साँच्चैको शरण भन्नु भएन । यस्तो रुख, वन, पर्वत हादिको शरण गएर कुनै प्रकारको दुखबाट पनि मानिसहरु मुक्त हुन सक्दैन भनेर भभवान बुद्धले आज्ञा गर्नुभएको छ ।
यस्तो चेतियको स्थानमा भगवान बुद्धले परिनिर्वाण पछि बुद्धको गुणस्मरण गराउने चेतिय बन्न गयो । तेतिय शब्दलाई बौद्धहरुले ग्रहण गरेर लिए । अनि त्यसलाई बौद्ध गुण र शैलीबाट विकार पनि गरे । निधिकण्ड सुत्र, खुठ्ठक पाठकाु अर्थकथामा तीन प्रंकारका चेतिय हुने वर्णन गरिएको छ (चेतियं तिविधं होति परिभोग चेतियं, उद्दिस्सक चेतियं, धातुक चेतियं) । बोधिवृक्ष रुखलाई परिभोग चैत (बोधिरुक्खो परिभोग चेतियं) भनिन्छ । बुद्ध प्रतिमालाई उद्देश्य चैत्य (बुद्ध पतिमा उहिस्सक चेतियं) भनिन्छ । धातु निधान गरेर राखेको चैत्यलाई सधातुक चैत्य (धातु गब्भथूपा सधातुका धातुक चेतिय) भनिन्छ । चैत्यलाई अर्को किसिमबाट विभाजन गर्दा चैत चार प्रकारको हुन्छ । एउटा वृद्धि भउको चैत्य धर्म चैत्य हो ।
चैत्यका आकार प्रकार:
बुद्धको समयमा भएको धार्मिक स्मारक “चेतिय”को आकार प्रकार यस्तो थियो भनेर थाहा पाइँदैन । चैत्यको आकार प्रकारको् बारे पुरानो विवरण पनि स्पष्ट छैन । तैपनि अमरावती स्तूपलाई “महाचैत्य” भनी सम्बोधन गरेकोले केही कुरा स्पष्ट भएको छ । “थुबे” जस्तै अथवा “थूप” “थूर” जस्तै भूमि नै गोलो बनाएर माथि आदरको रुपमा छत्र वा छाता एउटा राख्ने भन्दा फरक किसिमको स्तूपलाई चैत्य भन्ने गर्यो होला । चैत्यमा तह (फः) हुन्छ । अनि फेरि महायानको विकास हुनथालेदेखि गोलाकारको माथि पनि अनेक कलात्मक शैलीका र भाव अभिव्यञ्जनाको विकास भयो । तह भएर पनि त्रयोदश भूवनको विकास भइनसकेको प्राचीन प्रकारको चैत्य यसको प्रमाण हो । यस्तो चैत्य अजन्ता गुफामा छ ।
चैत्यमा विशेषतः महाचैत्यमा तहहरु दुई, तीन वा चार तह हुने गर्दछ । अनि त्यस महाचैत्यको तहमा बुद्ध–जीवनी वा जातक घटनाका अनेक चित्रहरु ढुंगामा कुँदेको हुन्छ । यसको सुन्दर नमूता इण्डोनेशियाको बोरोबुदूर महाचैत्य र कम्बोडियाको अंकोरबार हुन् । हाम्रो नेपालमा पनि “किन्नरी जातक” कुँदिएको चैत्यको वर्णन चाबहिलको लिच्छवी कालको अभिलेखबाट थाहा हुन्छ । तर दुःखको कुरा, यस किन्नरी जातकको शिलाचित्र अझै फेला परेको छैन ।
यस प्रकार बुद्धको समयमा मानिसहरुलाई टेवा दिने चेतिय बुद्धको महापरिनिर्वाणभन्दा पछि बुद्धको गुण स्मरण गराउने, बुद्धको अवशेष पूजा गर्ने, बुद्धको धर्म सम्झने बौद्ध चेतिय भए । अब आज व्यवहारिक रुपमा चैत्य चेतिय भन्नु नै बौद्ध स्मारक बनिसकेको छ ।
लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।
श्रोत : बोधी टिभी
थप: Mary Shepherd Slusser द्वारा लिखित Nepal Mandala : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकमा ध्वाखा: बहाल अवस्थित ७औ सताब्दीमा बनेको चेतीय चैत्यमा उभिएका प्रस्तर मुर्तिहरु क्रमश: शाक्यमुणी बुद्ध, बज्रपाणी, अवलोकितेश्वर र मैत्रय बुद्ध भनेर उल्लेख गरिएको छ l यस प्रकारको चैत्यलाई सर्बतोभद्र प्रकारको चैत्य भनेर उल्लेख गरिएको छ l

सुडाल जात्रा
आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर
भएको स्थानमा सारेपछि विक्रम संवत ९३० देखि रोकिएको र लोप भैसकेको सुडाल
जात्रा / गाईजात्रा २०५९ साल देखि पुन: संचालनमा आइरहेको छ ।नवदुर्गाको मुकुटका लागि पनि सो स्थानको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट गाईजात्राको महत्व सुडालमा धेरै रहेको छ ।
सायता जात्राका
रुपमा मनाईने गरेको गाई जात्रा नगर स्थानान्तरण सँगै हालको भक्तपुर नगरमा
मनाउन थालिएको इतिहासमा उल्लेख भएको सँस्कृती विज्ञहरु वताउँछन् । संस्कृती
विद् ओम द्यौभडेलका अनुसार सुडालमा हाल पनि अस्ट मात्रिका सहित
ब्रम्हायणीको मन्दिर रही रहनुले पनि भक्तपुर नगरमा कुनै पनि धार्मिक काम
गर्नु परेमा उक्त स्थानमा गएर पूजाआजा गर्नुपर्ने प्रचलन रहेको छ ।
साविक सुडाल गाविस अर्थात हालको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको नगरलाई तात्कालिक विभिन्न समस्याका कारण हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।
साविक सुडाल गाविस अर्थात हालको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको नगरलाई तात्कालिक विभिन्न समस्याका कारण हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।
Wednesday, July 31, 2019
पैसा : समस्या र समाधान
एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे ।
पर्यटकले १००० रुपैयाँ होटलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।
पैसा पाउना साथ होटल मालिक दौडेर ध्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर ध्यूको हिसाव चुक्ता गरिदियो ।
ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।
दुधवाला दौडेर गाईवाला कहाँ पुग्यो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।
गाईवाला दौडेर दानावाला कहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा १००० रुपैयाँ घटाएर आयो ।
अन्त्यमा, दानाबाला सोही होटलमा पुग्यो, जहाँ उसले कहिले काँही उधारोमा
खाना खाने गर्दथ्यो। उसले हजार रुपैयाँ दिएर होटलको हिसाव चुक्ता गरि दियो ।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति
भनेर उसले पहिले जम्मा गरेको हजार रुपैयाँ फिर्ता लगेर गयो ।
यत्रो
दौड धुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता
भयो । यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ मेरो हो । हामी सबै खाली हात आएका हौं
र खाली हात नै जानु छ तर मेरो मेरोमा अल्झिएका छौं !
Sunday, July 28, 2019
संसारकै सबैभन्दा अग्लो उचाईमा रहेको काजिन सारा ताल

मनाङ जिल्ला, लमजुङ हिमालको बेसक्याम्प नजिकै रहेको #५००२ मिटर उचाईमा अवस्थित #काजिन सारा ताल संसारकै सबैभन्दा अग्लो उचाईमा रहेको ताल हो । १.५ किमी लम्बाई र ६०० मिटर चौडाई रहेको यस तालको स्थानिय नाम सिंगार रहेको छ । स्थानिय भाषामा #सिंगार भन्नाले "याक र भेडाहरु चर्ने घाँसको मैदान" अर्थ लाग्छ । ४ दशक अघि जापानीज पर्वतारोहण टोलीले लमजुङ हिमाल आरोहण गरेका थिए । यिनै जापानीजहरुले काजिन सारा नामांकरण गरेको अनुमान छ ।
मनाङमै रहेको #तिलिचो ताल ४९१९ मिटर उचाईमा छ । तिलिचोको क्षेत्रफल चाहिं ४.८ बर्ग
किमी छ ।
Sunday, July 14, 2019
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...