काठमाडौं, वडा नम्वर २५
अवस्थित भेडासिं टोलमा रहेको "भ्यां:चा द्य: l नेपालभाषामा भ्याःचाको अर्थ
हुन्छ, भेँडा र ‘द्यः’ को अर्थ देवता ।
कथाअनुसार, कुनै एक
तान्त्रिकलाई मृत भेँडाको शरीरमा प्रवेश गराई राजाले उक्त भेँडाको शिर छेदन
गर्न लगाए । कत्तिले उक्त तान्त्रिकलाई त्यसरी भेँडामा परिणत गर्ने काम
जामनः गुभाजुले गरेको मान्छन् । उक्त छुट्याइएको शिरभाग सहरभरि घुम्यो,
सहरवासी त्रसित भए ।
तर पछि अर्का
तान्त्रिकले उक्त शिरलाई लखेटी हालको भेडासिं टोलमा पुग्दा अक्षताले हानी
जमिनमुनि स्थिर गराए । त्यसयता भ्याःचा द्यःलाई पूजा गर्न थालिएको मानिन्छ ।
भ्याःचा द्यःबाटै उक्त टोलको नामै भेडासिं रहन गएको हो । उक्त भेँडाको दुईवटै सिङ अगाडि र पछाडि दुबैतर्फ घुमेको छ ।
मेलम्ची आयोजनाले हटाएको उक्त भ्याःचा द्यःलाई स्थानीयहरुले पुन: स्थापना गरिएको छ, भेडासिं टोलको चौबाटोको पुरानै खाल्डोमा ।
श्रोत : आभास धरानन्द राजोपाध्याय, नेपालन्यूज.कमबाट साभार l
No comments:
Post a Comment