Tuesday, August 20, 2019

फुल्चोकी माइसँग जब पानी मागियो, तब पानी पर्न थाल्यो

 
२०७६ को असार १५ गते राष्टिय रोपाइ दिवस सहित धान दिवस पनि मनाइयो । तर असारमा झमझम पर्नु पर्ने पानी भने त्यस दिन परेन उल्टो टन्टलापुर घाम लाग्यो । १६ गते पनि पानी परेन, १७ मा पनि पानी परेन ,  धान रोप्नको लागि राखिएका बेर्ना पनि सुक्न थाले । तर धान रोप्नको लागि चाहिने जति पानी भने पर्दै परेन ।

यसरी असार १५ गते सम्म पनि पानी नपरेका कारण धान रोप्न नपाएको खण्डमा ललितपुरको हरिसिद्धिमा पानी माग्नका लागि विशेष पुजा गर्ने परम्परा छ । त्यसैले उनीहरु पानी माग्नको लागि फुलचोकी माइ कहाँ जाने निधो गरे । माइ कहाँ पानी माग्न जानको लागि तःचपा संरक्षण समितिले हरिसिद्धिका बासिन्दालाई सहभागी हुनको लागि आव्हान गर्यो ।

ज्याेतिषले पनि असार २१ गतेको साइत निकाल्यो । यसरी पुजा गर्नको लागि विहान ६ बज्नु अघि नै पुजा गर्न पनें भएकाले उक्त समयमा हरिसिद्वि भवानीको पुजा गरियो।

यसपछि उनीहरु हुल बाँघेर  फुलचोकी माइ कहाँ गएर विशेष पुजा गर्नको लागि निस्किए ।

   

हरिसिद्वि भवानीको पुजा गर्दा खेरी नाग साधना गरिएका साना साना माटाका कलशलाइ बाटोमा पर्ने इनार, कुवा लगायतका  पानीका श्रोतमा चढाउनु पर्ने परम्परा अनुसार  ठाँउ ठाँउमा चढाउनको लागि यसरी झुण्ड्याएर लगिएको थियो।

बाजागाजा सहित उनीहरू पानी माग्नको लागि निस्किए। पानी माग्नको लागि २७००  मीटरको उचाँइमा पुगे ।
र,पानी माग्दै फुलचोकी माइको विशेष पुजा गर्न थाले । पुजा पछि उनीहरू पुन बाजा बजाएर फुल्चोकीबाट ओर्लिए । फुल्चोकी पछि उनीहरूको यात्रा गोदावरीमा रहेको नाै धारातिर तेर्सियो ।
त्यहाँ पुजा गरेपछि बाजा बजाएर उनीहरू पानी माग्दै नाच्न थाले ।
यसरी पानी माग्दा माग्दै पानी पर्न थाल्यो । यस्तै गरि २०६६ सालमा पनि फुल्चोकी माइसमक्ष हरिसिद्विका बासिन्दाले पानी मागेका थिए। त्यसबेला पनि यसरी नै उनीहरूको माग पुरा भएको थियो ।




श्रोत : मनिगाल.कम
फोटो : बि.के. जल्मी


ललितपुर - भुखाय् द्य:

ललितपुर अवस्थित भुखाय् द्य: अर्थात God of Earthquake ...






























पाटन दरवारको सुन्दरी चोक अवस्थित टुसाहिटी


यसलाई कहिले कसले बनाएको भन्ने बारे बिबाद नै छन् l राजा सिद्धिनरसिंह मल्ल वा श्रीनिवास मल्ल ? ने.स. ७४७ मा हो कि ७६७ मा बनाएको हो, अलग अलग तथ्य भेटिएका छन् l

यस हिटीको नामाकरण बारे पनि अनुसन्धानकर्ताहरुको आ-आफनै भनाई छ, जुन एक अर्को संग फरक मत राख्दछ l

१. स्व. अनुसन्धानकर्ता धनबज्र बज्राचार्यको अनुसार यस हिटीको पानी उखुको जुस जस्तै गुलियो रहेको छ l नेवारीमा उखुलाई "टु" भनिन्छ, "सा" भन्नाले स्वादलाई जनाउँछ l उखुको जुस जस्तै मिठो स्वाद भएकोले यस हिटीको नाम टुसाहिटी नाम रहन गएको हो भन्ने तर्क राख्नु हुन्छ l

२. अर्का अनुसन्धानकर्ता तीर्थलाल नघभनीको तर्क अनुसार यस हिटीको पानीको श्रोत "टुं " अर्थात इनार हो l इनार दरवारकै परिसर भित्र छोपेर राखेको हुन् सक्छ l टुंबाट "साला:" अर्थात तानेर ल्याएको हिटी भएकोले यसलाई टुसाहिटी भनिएको हो भन्ने तर्क राख्नु हुन्छ l

३. हरिराम जोशीको कथन अनुसार यस हिटीको मुखाकृति गोरुको जस्तो देखिएको छ l गोरुलाई नेवारीमा थुंसा भनिन्छ l यहि थुंसाहिटी नै अपभ्रंस भएर टुसाहिटी नाम रहन गएको हो भन्ने तर्क राख्नु हुन्छ l

४. स्व. मंगलानन्द राजोपाध्यायको अनुसार प्राय गा: हितीहरुको निर्माण गर्दा जमिन मुनिको गहिराइको पानीको श्रोत प्रयोग गरिएको हुन्छ l जब गहिराइमा पानीको श्रोत भेटिन्छ, पानीको फोहोरा निस्कने गरि हिटीको संरचना निर्माण गरिएको हुन्छ l टुसाहिटीको सन्दर्भमा संरचना यस्तो प्रकृतिको छैन l यसैले नेवारीमा "तुसालेगु" अर्थात टुंको पानी तान्ने प्रविधिबाट पानी निकालिएको हुनाले टुसाहिटी नाम रहन गएको भन्ने फरक तर्क राख्नु हुन्छ l

जमिन मुनिको पानीको श्रोत एवं प्रवाहलाई Re-canalization गर्ने क्रममा Urban Development through Local Effort (UDLF) ले गरेको एक अनुसन्धान अनुसार यस तुसाहिटीको पानीको श्रोत नारिचा भन्ने तथ्य फेला परेको थियो l नारिचा भन्नाले पानीको श्रोत पूर्ति गर्ने परम्पागत तरिका भन्ने बुझ्नु पर्दछ l

राजदरवारका शाही सदस्यहरुलाई नुहाउनको लागि भनिएता पनि यस तुसाहिटीमा ७८ देव देवताहरुको मुर्ति स्थापना गरिएको अनुसार यो नुहाउनको लागि भन्दा नि देव देवताहरुलाई पानी चढाउने उद्देश्यले बनाईएको भन्ने तार्किक देखिएको छ l

किम्वदंती अनुसार, धार्मिक स्वभावका राजा सिद्धिनरसिह मल्ल दिनहुँ बिहान सवेरै उठेर यस थारामा नुहाउने गर्दथे l नुहाई आफुलाई पवित्र बनाई सकेपछि एक ढुंगामाथि बसेर घन्टौसम्म ध्यानमा मग्न हुने गर्दथे रे ! यसैले यसलाई "Royal Bath" भन्ने गरिएको थियो रे !

अर्को एक रमाइलो कथा अनुसार, एक रात राजा सिद्धिनरसिंह मल्ललाई निन्द्रा लागेनछ l अनेक प्रयास गर्दा पनि निन्द्राले छोपेनछ l अन्तत: आफुलाई किन यस्तो बेचैनी भनेर पत्ता लगाउन खोज्दा आफु सुत्ने ओछ्यानमा आफ्नो टाउकोको कपालमा एक सानो पराल भेटाएछ, जसले गर्दा आफुलाई सुत्नलाई गाह्रो भैरहेको थियो l सुखसयलले भरिपूर्ण राजदरवारको त्यस्तो ओछ्यानमा पनि सुत्न सक्दिन भने मेरा ती जनताहरु जोसंग गतिला ओछ्यान पनि छैन, तिनीहरु झन् के सुत्न सक्ला भन्ने मनमा लिएर त्यस दिनदेखि आफु नि त्यस ओछ्यानमा कहिले नसुत्ने र ढुंगामा नै सुत्ने निर्णयमा पुगेछन l त्यसपछिका दिनमा जाडोको थुरथुर काप्ने रातहरुमा पनि राजाले चिसो ढुंगाको सिलेतोमा नै सुत्ने अनेक अभ्यास गर्न थालेछन् रे ! भनिन्छ, राजा सुत्ने गरेको ढुंगा तुसाहिटीको त्यहि ढुंगा थियो जहाँ घन्टौसम्म ध्यानमा बस्ने गर्दथे !

तुसाहिटीमा निर्माण गरिएका ७८ देव देवताहरु निम्नानुसारको छन् :

१. बंगलामुखी
२. कल्की
३. पहिचान नभएको
४. अनन्त नाग
५. बासुकी नाग
६. तक्षक नाग
७. चन्द्र
८. कर्कोटक नाग
९. उमा महेश्वभरा
१०. कृष्ण हरी
११. अग्नी
१२. पहिचान नभएको
१३. पहिचान नभएको
१४. लक्ष्मी नरसिंह
१५. उन्मत्त भैरव
१६. पहिचान नभएको
१७. पद्मनाग
१८. सुर्य
१९. महापद्म नाग
२०. संखपाल नाग
२१. कुलिका नाग
२२. रत्न पन्च कुमारी
२३. चन्द्र भैरव
२४. भीमसेन
२५. द्वार देव
२६. त्रिजता नाग
२७. लक्ष्मी नारायण
२८. उमा महेश्वर
२९. पहिचान नभएको
३०. पवन देव
३१. यक्ष भैरव र कुमारी
३२. चन्द्र
३३. दुर्गागणपरिभेषिता चण्डी
३४.उन्मत्त भैरव र शक्ती बाराही
३५. काल भैरव र शक्ती इन्द्रायणी
३६. भिसाना भैरव र शक्ती चामुण्डा
३७. सम्हारा भैरव र शक्ती महालक्ष्मी
३८. पंचभक्ती रामपति
३९. पंचमुखा ह्याग्रिवभतारा
४०. युगमर्देश्वरा शशक्ति गन्धरा हरी
४१. वैष्णवी देवी
४२ .शिव
४३. सर्वमंगलादेवी
४४. अर्ध नारिश्वरा अष्टमुर्ति शिव
४५. भैरवोर्ध्रभक्त सप्तास्वभरा ऋद्धिविनायक
४६. अशितंगा भैरव र शक्ती ब्रम्हायनी
४७. रुरु भैरव र शक्ती महेश्वरी
४८. चन्द भैरव र शक्ती कौमार्य
४९. क्रोध भैरव र शक्ती वैष्णवी
५०. तान्डवेश्वरी
५१. शंखमुख बराह
५२. बिरभद्र
५३. नृत्यस्वरा संगितेस्वरा
५४. बिरभद्र
५५. महाकाली
५६. मात्रिकागण परिभेषिता महिश्मारधिनी
५७. वटुक भैरव
५८. क्षत्रपाला
५९. त्रिमात्रिका (चण्डिका देवी, चामुण्डा, शिभदुती)
६०. कार्तिकेय तान्त्रिक भेषमा
६१. समाश्नेस्वरी
६२. सुर्य
६३. लक्ष्मी नारायण (मुख्य हिटीमाथि)
६४. गणेश (चोरी भै सकेको अवस्था)
६५. भुतेश्वरी
६६. हरिसिद्धि
६७. स्मसना भैरव
६८. भत्सलायुक्त पंचमुखारा
६९. सिद्धि विनायक
७०. सदभक्त भैरव
७१. पंचमुख गणेश
७२. शक्तियुक्त एकादशाय समास्ना भैरव
७३. दशभक्त्रा भैरव
७४. एकास्य भैरव
७५. गौरी लक्ष्मी
७६. शक्ती चण्डिकादेवी (चामुण्डा र शिवदुतीले पछ्याई रहेको )
७७. श्रीकण्ठयुक्त सदाभक्त्र नरसिंह भैरव
७८. भगिरथ !

भेडासिंग अर्थात भ्यां:चा द्य:को कथा



काठमाडौं, वडा नम्वर २५ अवस्थित भेडासिं टोलमा रहेको "भ्यां:चा द्य: l नेपालभाषामा भ्याःचाको अर्थ हुन्छ, भेँडा र ‘द्यः’ को अर्थ देवता । 

कथाअनुसार, कुनै एक तान्त्रिकलाई मृत भेँडाको शरीरमा प्रवेश गराई राजाले उक्त भेँडाको शिर छेदन गर्न लगाए । कत्तिले उक्त तान्त्रिकलाई त्यसरी भेँडामा परिणत गर्ने काम जामनः गुभाजुले गरेको मान्छन् । उक्त छुट्याइएको शिरभाग सहरभरि घुम्यो, सहरवासी त्रसित भए ।

तर पछि अर्का तान्त्रिकले उक्त शिरलाई लखेटी हालको भेडासिं टोलमा पुग्दा अक्षताले हानी जमिनमुनि स्थिर गराए । त्यसयता भ्याःचा द्यःलाई पूजा गर्न थालिएको मानिन्छ ।

भ्याःचा द्यःबाटै उक्त टोलको नामै भेडासिं रहन गएको हो । उक्त भेँडाको दुईवटै सिङ अगाडि र पछाडि दुबैतर्फ घुमेको छ ।

मेलम्ची आयोजनाले हटाएको उक्त भ्याःचा द्यःलाई स्थानीयहरुले पुन: स्थापना गरिएको छ, भेडासिं टोलको चौबाटोको पुरानै खाल्डोमा ।

श्रोत : आभास धरानन्द राजोपाध्याय, नेपालन्यूज.कमबाट साभार l

राजा बन्ने लालसामा सांस्कृतिक क्रान्ती भएको किर्तिपुरी नगरी



राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्ल राजा बन्ने लालसामा बिद्रोह गरि किर्तिपुर बस्न गए l राजा बन्नको लागि राज्यमा आवश्यक पर्ने विभिन्न पूर्वाधारहरु बनाउन यिनी आफै उपस्थित भै निर्माण गर्न लगाए l

१. सानै भए पनि राजदरवार क्षेत्र लायकु बनाउन लगाए
२. तलेजु मन्दिर बनाउन लगाए
३. सानी आमाका छोरा राउत विश्वनाथ बाबुले उमामहेश्वरको मन्दिर बनाए l उनि सिद्धिनरसिंहका ल्याइते श्रीमतीको कोखबाट जन्मेका थिए l
४. चिलंचो धर्मधातु मन्दिर बनाइए
५. इन्द्रायणीमा सिंह थपिए, तोरण तथा मन्दिर बनाइए
६. बाघभैरबमा काष्ठ तोरण बनाइए
७. लों देग: प्रस्तर मन्दिर बनाइए
८. उमा महेश्वर मन्दिरमा प्रस्तरका ठुल ठुला हातीहरु थपिए
९. पंच बुद्धहरु बनाइए
१०. पद्मपाणी र ताराको मुर्तिहरु बनाइए
११. भाजगालमा मन्दिर बनाइए
१२. किर्तिपुर छाडेर गै सकेपछि पनि उनको कृपादृष्टी पछि सम्म रही रहे
१३. ने.सं. ८०१ मा कोतघरमा गजुर चढाए

श्रोत : प्रयागमान प्रधानबाट लिखित "अष्टमात्रिकाको नृत्यमा भैरबको महत्व र किर्तिपुरको बाघभैरब नृत्य" लेखको केहि अंश l

गथाँमुग: - यौन दुराचारीको सन्दर्भमा मनाईने चाड (भक्तपुर)


भक्तपुरतिर गथाँमुग:लाई यौन दुराचारी र त्यसलाई जनकारवाहीको रुपमा चित्रण गर्दै गथाँमुग: पर्व मनाउने गरिएको छ ।

१. यौन दुराचारीको लिंगलाई रातो अर्थात खतराको रुपमा चित्रण गरिएको छ ।

२. नव युवाहरुको लागि यौन शिक्षाको
रुपमा चित्रण गर्दै ढोग्न लगाइन्छ । यसले यौनको महत्व बुझ्न उत्प्रेरित गर्दछ ।

३. अंध्यारो ठाउँमा भुत हुन्छ भन्दै यौंन हिंसा तथा बलात्कारीबाट बच्न चेतावनी दिइएको देखिन्छ ।

४. गथाँमुग:ले लान्छ, राती राती एक्लै दुक्लै नहिंड्नु भनेर छोरीहरुलाई सतर्कता रहन तर्साएको देखिन्छ ।

५. चोक चोकमा राखिएको गथाँमुग:मा कपालको रौं वा कपडाको टुक्रा राख्ने चलन छ । यसले हामी आफुभित्र रहेको दुराचारी वा दानवपन फालेको संकेतको रुपमा बुझ्न सकिन्छ ।

६. दिनभर चोकमा नाङ्गै उभ्याएर गाली गर्दै आगो लगाउँदै खोलामा फाल्न लाने कुराले यौंन दुराचारीलाई सार्वजनिक बेज्जत गर्दै अरु कसैले पनि यस्तो नगर्न चेतावनी दिएको प्रतिकको रुपमा लिन सकिन्छ ।




श्रोत : नेवान्युज.कम

थँहिति - धाराको अस्तित्व बाँकी नरहेको ठाउँ



थ"को अर्थ माथिल्लो र "हिती"को अर्थ धारा हुन्छ । थहिटीको अर्थ माथिल्लो टोलको धारा भन्ने हुन्छ । झण्डै सय वर्ष अघिसम्म थहिटीको ढुङ्गेधारा ठमेल, ज्याथा, त्यौड र क्षेत्रपाटीका बासिन्दाको खानेपानीको स्रोत थियो । बिस्तारै धाराबाट पानी आउन छोड्यो। यहाँको हिती जमिनमुनि पुरिए l त्यसपछि धारा भएको ठाउँमा चैत्य बनाइए l

फेसबुकमा भेटिएको बिपिन कपाली चिकंमुको पोष्ट अनुसार थँहिति सुवर्ण प्रणाली क्षेत्रभित्र पर्ने हिति हो । थँहिति पार गर्यो भने देशको सिमाना सकिन्छ र थँबहि सुरू हुन्छ । यसैले पनि यस हितिलाई थँहिति भनिएको हो । यस सुवर्ण प्रणाली भित्र सुन बगेर आउने गर्दथ्यो भन्ने भनाई रहेको छ । साथै हितिलाई पुरेको भन्ने गरिएको छ, जसलाई पुरै सत्य मान्न सकिंदैन। इतिहास खोतल्ने हो भने नराम्रो कुरो कसैलाई मन पर्दैन, त्यसैले लुकाउने गरिन्छ । यहाँ पनि यस्तै भएको किंवदन्ती पाइन्छ ।

मल्ल कालको कुरो हो, लिच्छवि राजा अर्थात थकु राजालाई बिष खुवाई मारिएको थियो । यो सबैलाई थाहा नै भएको कुरो हो । थकु राजालाई बिष खुवाई मारेपछि यता थँहितिका थकुहरुले बिद्रोह गर्ने अवस्था आयो । यहि बिद्रोहलाई शान्त पार्न यहाँको सवै थकुहरुलाई मारी दिए । रातको घटना थियो । वरपरका कसैले थाहा पाएन । बिहान हुँदा रगतको भेल थँहिति हुँदै बग्दै आए र यहाँको हिति परिसरमा फैलिए । रगतको भेलले हिति अशुद्ध भए । हितिलाई पुरेर हालको चैत्य निर्माण गरिए ।

गुँला धर्म

गुँला अवधिमा बढी वर्षा भई बाढीपहिरो, भूक्षय, अतिवृष्टि, रोगव्याधी फैलिने भएकाले
सबै जनताको कल्याण होस्, कसैलाई रोगव्याधी नलागोस्, दुःख कष्ट नहोस्, भूक्षय,
बाढीपहिरोबाट जनधनको क्षति नहोस् भन्दै
बाजागाजा बजाउंदै सुभकामना सहित
स्वयम्भु महाचैत्य, दिपङ्कर बुद्ध, तारा तथा क्वापा: द्य:को साथसाथै

बौद्ध, साँखुमा रहेको पद्मगिरी धर्मधानु महाविहार (गुँविहार), उग्रतारा, खड्गयोगिनी, काभ्रेको नमोबुद्ध, बुङ्गगमतीको करुणामय, बाँडेगाउँमा रहेको बुद्धको समेत दर्शन गर्ने १ महिना जात्रा !

 

स्वयम्भु महाचैत्य प्रतिस्थापन भएको ९ महिना पछि देखि यो मेला सुरु भएको भनाइ रहेको छ । किम्बदन्ती अनुसार १२ महिना मध्ये एक महिना प्राणीको रक्षा गर्न भगवानले जिम्मा नलिएपछि सम्पूर्ण प्राणी जगतले खान पाएनन् । श्रावण भाद्र महिनामा अत्याधिक पानी पर्ने गर्मी बढी हुने हुनाले रोगव्याधीको प्रकोप बढ्न गई प्राणीहरू धेरै मर्ने गरेकाले एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान बुद्धले लिए र जमिनबाट कर्कलो निकालेर जनतालाई भोजन गराएको र भोकमरीबाट बचाएको कथा पाइन्छ ।




पाटनको मिप्वा: लाखे अर्थात राँके लाखे



पाटनको मिप्वा: लाखे र तीनपकुचा ! गथामुग: देखि ५ दिनसम्म नचाइने यो लाखे पाटनको सौग:बाट निकालिने गर्दछ l यस लाखेको बिशेषता चाहिं मसाल जलाउँदै आगो फुक्दै विभिन्न स्थानमा प्रदर्शन गर्ने गरिन्छ l ३० बर्ष देखि रोकिएको यो लाखे जात्रा स्थानीय युवाहरुको पहलमा फेरी सुरु भएको छ l
संस्कृतिलाई जीवन्त राख्ने युवाहरुको पहललाई सलाम छ ! नेवा: जाग्दैछ 😃👩



 


श्रोत : पहिलोपोष्ट
फोटो : रोजन श्रेष्ठ

Monday, August 19, 2019

किलाग:को दि प्याखं / देवी नाच :



किम्वदन्ती अनुसार कुनै बेला देशमा महामारी फैलिएर सारा जनताले दु:ख पाएको बेला राजाले बाटो चोकमा देवी नाच नचाएको सपना देखेको र समाधान भएकोले यो नाच हालसम्म निरन्तर चलिरहेको छ !

श्रोत : झिगु.कम / रेखा शाक्य

भक्तपुरको मुलाचोकमा अवस्थित कलात्मक सुन्धारा

नेपाल सम्बत ८०८ अर्थात सन् १६८८ मा भक्तपुरका जितामित्र मल्लले मुलचोकको उत्तर-पूर्वी तर्फ शाही कुल देवताको पुजाको लागि स्वर्णप्रणालीबाट बनाउन लगाएको नाग सहितको पोखरी र कलात्मक सुन्धारा l

पेटमा भैरबको आकृति भएको बिष्णुको विश्वरुप मुर्ति



इन्द्रजात्राको समयमा तामाबाट बनाइएको यस बिष्णुको शानदार विश्वरुप मुर्तिलाई सर्वसाधारणको लागि प्रदर्शनीमा राख्ने गरिन्थ्यो l  प्रताप मल्ल र उनका परिवारले इन्द्रजात्रा कार्यक्रमको लागि उपहार स्वरूप प्रदान गरिएको यो पेटमा भैरब भएको मुर्ति अहिले कहाँ के अवस्थामा छ, अनभिज्ञ l सामाजिक संजाल फेसबुकमा बहसमा आएको कमेन्ट अनुसार यो चलन अहिले पलायन भै सकेको छ रे l 
 
फोटो : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकबाट साभार l

चेतिय चैत्य



- भिक्षु सुदर्शन

 छानिएर राखिएका पवित्र अस्तिधातु राखेर माटो तथा ढुंगाबाट बनाइउका पुज्य स्मारक नै चेतिय हुन् । किन भने चेतिय भनेको “चि” धातुबाट बनेको शब्द हो । नराम्रो बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर पूज ागर्ने स्मारक भएकोले पनि यसलाई चेतिय भनिएको हो ।

भगवान बुद्धको समयमा पनि केही आशा वा संकल्प गर्ने चेतिय स्थानहरु थिए । “वन चेतिय” र “रुक्ख चेतिय” त्यस्ता स्थानहरु हुन् । तर भगवान बुद्धले त्यसरी वन र रुक्ख (रुख) को शरण जानुलाई उत्तम शरण र साँच्चैको शरण भन्नु भएन । यस्तो रुख, वन, पर्वत हादिको शरण गएर कुनै प्रकारको दुखबाट पनि मानिसहरु मुक्त हुन सक्दैन भनेर भभवान बुद्धले आज्ञा गर्नुभएको छ ।

यस्तो चेतियको स्थानमा भगवान बुद्धले परिनिर्वाण पछि बुद्धको गुणस्मरण गराउने चेतिय बन्न गयो । तेतिय शब्दलाई बौद्धहरुले ग्रहण गरेर लिए । अनि त्यसलाई बौद्ध गुण र शैलीबाट विकार पनि गरे । निधिकण्ड सुत्र, खुठ्ठक पाठकाु अर्थकथामा तीन प्रंकारका चेतिय हुने वर्णन गरिएको छ (चेतियं तिविधं होति परिभोग चेतियं, उद्दिस्सक चेतियं, धातुक चेतियं) । बोधिवृक्ष रुखलाई परिभोग चैत (बोधिरुक्खो परिभोग चेतियं) भनिन्छ । बुद्ध प्रतिमालाई उद्देश्य चैत्य (बुद्ध पतिमा उहिस्सक चेतियं) भनिन्छ । धातु निधान गरेर राखेको चैत्यलाई सधातुक चैत्य (धातु गब्भथूपा सधातुका धातुक चेतिय) भनिन्छ । चैत्यलाई अर्को किसिमबाट विभाजन गर्दा चैत चार प्रकारको हुन्छ । एउटा वृद्धि भउको चैत्य धर्म चैत्य हो ।

चैत्यका आकार प्रकार:
बुद्धको समयमा भएको धार्मिक स्मारक “चेतिय”को आकार प्रकार यस्तो थियो भनेर थाहा पाइँदैन । चैत्यको आकार प्रकारको् बारे पुरानो विवरण पनि स्पष्ट छैन । तैपनि अमरावती स्तूपलाई “महाचैत्य” भनी सम्बोधन गरेकोले केही कुरा स्पष्ट भएको छ । “थुबे” जस्तै अथवा “थूप” “थूर” जस्तै भूमि नै गोलो बनाएर माथि आदरको रुपमा छत्र वा छाता एउटा राख्ने भन्दा फरक किसिमको स्तूपलाई चैत्य भन्ने गर्यो होला । चैत्यमा तह (फः) हुन्छ । अनि फेरि महायानको विकास हुनथालेदेखि गोलाकारको माथि पनि अनेक कलात्मक शैलीका र भाव अभिव्यञ्जनाको विकास भयो । तह भएर पनि त्रयोदश भूवनको विकास भइनसकेको प्राचीन प्रकारको चैत्य यसको प्रमाण हो । यस्तो चैत्य अजन्ता गुफामा छ ।

चैत्यमा विशेषतः महाचैत्यमा तहहरु दुई, तीन वा चार तह हुने गर्दछ । अनि त्यस महाचैत्यको तहमा बुद्ध–जीवनी वा जातक घटनाका अनेक चित्रहरु ढुंगामा कुँदेको हुन्छ । यसको सुन्दर नमूता इण्डोनेशियाको बोरोबुदूर महाचैत्य र कम्बोडियाको अंकोरबार हुन् । हाम्रो नेपालमा पनि “किन्नरी जातक” कुँदिएको चैत्यको वर्णन चाबहिलको लिच्छवी कालको अभिलेखबाट थाहा हुन्छ । तर दुःखको कुरा, यस किन्नरी जातकको शिलाचित्र अझै फेला परेको छैन ।

यस प्रकार बुद्धको समयमा मानिसहरुलाई टेवा दिने चेतिय बुद्धको महापरिनिर्वाणभन्दा पछि बुद्धको गुण स्मरण गराउने, बुद्धको अवशेष पूजा गर्ने, बुद्धको धर्म सम्झने बौद्ध चेतिय भए । अब आज व्यवहारिक रुपमा चैत्य चेतिय भन्नु नै बौद्ध स्मारक बनिसकेको छ ।

लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।
श्रोत : बोधी टिभी

थप:
Mary Shepherd Slusser द्वारा लिखित Nepal Mandala : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकमा ध्वाखा: बहाल अवस्थित ७औ सताब्दीमा बनेको चेतीय चैत्यमा उभिएका प्रस्तर मुर्तिहरु क्रमश: शाक्यमुणी बुद्ध, बज्रपाणी, अवलोकितेश्वर र मैत्रय बुद्ध भनेर उल्लेख गरिएको छ l यस प्रकारको चैत्यलाई सर्बतोभद्र प्रकारको चैत्य भनेर उल्लेख गरिएको छ l

सुडाल जात्रा

आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि विक्रम संवत ९३० देखि रोकिएको र लोप भैसकेको सुडाल जात्रा / गाईजात्रा २०५९ साल देखि पुन: संचालनमा आइरहेको छ
 
नवदुर्गाको मुकुटका लागि पनि सो स्थानको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट गाईजात्राको महत्व सुडालमा धेरै रहेको छ ।

सायता जात्राका रुपमा मनाईने गरेको गाई जात्रा नगर स्थानान्तरण सँगै हालको भक्तपुर नगरमा मनाउन थालिएको इतिहासमा उल्लेख भएको सँस्कृती विज्ञहरु वताउँछन् । संस्कृती विद् ओम द्यौभडेलका अनुसार सुडालमा हाल पनि अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर रही रहनुले पनि भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा उक्त स्थानमा गएर पूजाआजा गर्नुपर्ने प्रचलन रहेको छ ।

साविक सुडाल गाविस अर्थात हालको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेको नगरलाई तात्कालिक विभिन्न समस्याका कारण हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...