धेरै
अघि कमलादी भेगमा खेत मात्र थियो, बस्ती बसेको थिएन । एक चोटी खेतीपाती गर्ने क्रममा खेतको बीचमा एक सेतो प्रस्तर फेला परेछ । किसानहरूले त्यसलाई गणेश भगवान्
मानेर पूजाआजा गर्न थालेछन् । त्यसपछिका दिनहरुमा उनीहरूले ती गणेश काठमाडौं उपत्यकाका
पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् ।
कमलादी गणेशका लागि राजेन्द्रविक्रम शाह लगायतका राजा र अन्य भक्तहरूले पनि मन्दिर निर्माण र त्यसको जीर्णोद्धार गरेका थिए । राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि त्रिभुवनलाई जन्म दिएको विश्वास गरिन्छ । काठमाडौ बासीहरु सन्तान प्राप्तिको लागि यस गणेशलाई उपासना गर्ने गर्दछन ।

No comments:
Post a Comment