एक समय, बनेपाका राजा काठमाडौँको किसी घ: जंगल
(हालको किलागल)मा हात्ती सिकार गर्न आएका थिए l आफ्नो सिकार गर्न आएको देखि
हात्ती रिसाई राजालाइ मार्न लखेटेकोमा
राजा भाग्दै च स्वाँ (एक प्रकारको फूल) फुल्ने रुखनिर पुगेको र हात्तीदेखि
डराएका राजाले त्यहाँ आफुलाइ बचाउन गुहार मागेकोमा त्यहाँ ठुलो ज्योति
उत्पति भै, हात्तीले राजालाई केहि गर्न नसकी फर्केको र सो देखेपछि राजा
प्रसन्न भई आफुलाई बचाउने त्यो ज्योति पक्कै पनि कुनै दैवीसक्तियुक्त भएको
बुझी, ना ना प्रकारको स्तुति गरेकोमा सो रुखको फेदबाट स्वेतवर्णकी
स्वेतकाली देवी उत्पन्नभै दर्शन दिएको भन्ने किम्बदन्ती रहेको छ l
स्वेतकालीलाई नरदेवी वा ङ्तमरु अजिमा पनि भन्ने चलन रहेको छ l
येही
स्थानबाट मध्यरातबाट स्वेतकाली सहित अस्तमात्रिका बाहिर निस्की नृत्य
प्रस्तुत गर्ने गरेको कुरा महान तान्त्रिक गुरु लम्बकर्ण भट्टले पत्ता
लगाएको भनिन्छl सो कुरालाइ हरेक वर्ष घोडेजात्राका दिन नरदेवीको डबलीमा
हुने गणनाचले प्रतिबिम्बित गरेको छ l
नरदेवीलाइ नरबली लिने देवीको
रुपमा पनि लिइन्छ, तर जानकारहरुका अनुसार नरबली भनेर मानिसको बली नभई
मानिसको मनभित्रको अहंकार, इर्श्या, क्रुरता, आलश्यताको बली भन्न खोजिएको
हो l
श्रोत : नेवा:म्हसिका (जुलाई १२, २०१३)
No comments:
Post a Comment