चाँगु नारायण पर्वतलाई पौराणिक काल खण्डमा दोलाद्री पर्वत भन्ने गरिन्थ्यो । यस सम्बन्धमा एक कथा रहेको छ ।
उहिले काश्यप ऋषिका सन्तान सुरदैत्यले नवलिंगको तप गरि त्रिलोक्य जय हुने
वरदान पाई सकल देव देवताहरुलाई जिति दु:ख दिएपछि बिष्णु भगवानको शरणमा
आउंदा उदार गर्न गरुड चढेर घनघोर युद्ध गर्दा सुरदैत्यले यस गरुडको पखेटा
नै काटी दिए । पछि महादेवले सुरदैत्यलाई कसैवाट पनि नमर्ने वरदान म आफैले
दिएको तसर्थ युद्ध नगर्न र आफ्नै प्यारी श्री महादेवीले मात्र जित्न सक्ने
आकासवाणी दिए । आकाशवाणी गुन्जदैं गर्दै
गर्दा बिष्णु पर्वत भित्र लुकिरहेका थिए । सुरदैत्यले उक्त पर्वतलाई हातले
उचाल्दै दोलाही हिल्यायो । त्यसैबखत महादेव प्रकट भै किला झै अडिग उभि दिए
र किलेश्वर महादेव भए । किलेश्वर महादेवको आज्ञा अनुसार भगवान बिष्णुले
समस्त जन देवदेवताहरुको हितको लागि आफ्नो शिर काटेर रगत बगाउँदै महादेवीको
जगदम्बा स्वरुप आह्वान गरे । रगतको भेल देखेर सुरदैत्य अगाडि आए त्यसैबखत
जगदम्बा प्रकट भैइ सुरदैत्यलाई भष्म पारे । मातृका गणहरु बिराजमान भए ।
भगवान बिष्णु दोला जस्तो हिल्याउदैं अलप भए र पर्वतको नाम दोलाद्री पर्वत
नाम रहन गए ।