एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे ।
पर्यटकले १००० रुपैयाँ होटलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु ।
पैसा पाउना साथ होटल मालिक दौडेर ध्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर ध्यूको हिसाव चुक्ता गरिदियो ।
ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।
दुधवाला दौडेर गाईवाला कहाँ पुग्यो र उसलाई तिर्नु पर्ने १००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो ।
गाईवाला दौडेर दानावाला कहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा १००० रुपैयाँ घटाएर आयो ।
अन्त्यमा, दानाबाला सोही होटलमा पुग्यो, जहाँ उसले कहिले काँही उधारोमा
खाना खाने गर्दथ्यो। उसले हजार रुपैयाँ दिएर होटलको हिसाव चुक्ता गरि दियो ।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति
भनेर उसले पहिले जम्मा गरेको हजार रुपैयाँ फिर्ता लगेर गयो ।
यत्रो
दौड धुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता
भयो । यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ मेरो हो । हामी सबै खाली हात आएका हौं
र खाली हात नै जानु छ तर मेरो मेरोमा अल्झिएका छौं !