संस्कृतविद सत्यमोहन जोशीको कथन अनुसार परापुर्वकालमा एक दानवराजले महादेवको भयङ्कर तपस्या गरेको रहेछ l उसको तपस्याबाट खुसि भएर महादेवले उक्त दानवराजलाई बरदान दिन पार्वतीलाई पठाएको रहेछ l पार्वतीले दानवराजलाई महादेवको आज्ञा अनुसार बरदान माग्न भनेछ l दानवराजले आफुले यति ठुलो तपस्या गर्दा पनि महादेव स्वयं नआई पार्वती मार्फत बरदान माग्न भन्दा दानवराजले आफुले एक स्त्रीसंग बरदान माग्न असमर्थ रहेको भन्दै पार्वतीको उपेक्षा गरेको रहेछ l
पार्वतीले आफुलाई ठुलो अपमान भएको अनुभव भएछ l यसर्थ अर्को जन्ममा आफुले भैरव र चण्डीको छोरी भएर जन्म लिई यस अहंकारी दानवराजको बध गर्ने अठोट लिएछ l यसै घटनाको प्रतिक स्वरूप इन्द्रजात्राको अवसरमा कुमारीको रथलाई एक छिन रोकेर यस कथाको नाच देखाउने गरि आएको पाइन्छ l
यस नाचमा मुलत: ७ जना पात्र क्रमस: भैरव, चण्डी (भैरवको श्रीमती), कुमारी (भैरव र चण्डीको छोरी), दैत्य, बेता: (भैरबको बाहन), कवंचा (कुमारीको बाहन) र ख्या:क (चण्डीको बाहन) रहेको पाइन्छ l नाचमा बेता:, कवंचा र ख्या:कले हाँस्यरस थपेर रमाइलो र रोमान्चकारी दिने गर्दछ l
श्रोत : झिगु.कम (रेखा शाक्यज्युको लेखबाट सानो अंश साभार गरिएको)