यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Saturday, January 6, 2018
कान्तिपुरी नगरी : काठमाडौं
काठमाडौंलाई उहिले कान्तिपुर पनि भन्ने गरिन्थ्यो ...अर्थात "उज्यालो दिपहरुको शहर", जसलाई राजा गुणकामदेवले स्थापना गरेको भनिन्छ ।
किम्वदन्ती अनुसार एकदिन राजा गुणकामदेव पुजामा तल्लिन थिए, बुद्धि,
श्रीसम्पति र भाग्यकी देवी लक्ष्मी प्रकट भइन् र बागमति र विष्णुमतिको
प्रांगणको पुण्य भुमिमा खड्ग आकारमा शहर बसाल्न आज्ञा गरिन् । राजा
गुनाकामदेवले देवीको आज्ञा अनुसार शहर बसाले र पाटनबाट काठमाडौंमा आफ्नो
दरवार सारे । आधुनिक नेपालको राजधानी काठमाडौंको स्वरूप यसैबेला देखि
अस्तित्वमा रहेको पाइन्छ र हालसम्म पनि त्यति बेलाको साक्षात झझल्कोहरु काठमाडौं उपत्यकाको भित्री शहरहरुमा कुना कुनामा भेटिन्छ ।
वंशावली अनुसार यिनै राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा काठमाडौं
निर्माण गर्दा देशको रक्षार्थ चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा
(कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती
अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा
(इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन् ।
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...