#स्वर्गद्वारीको हजारौ रोपनी जग्गामा गिद्धे नजर लगाउदै 
#गुथी #विधयेक ल्याउन खोजिएको थियो l किसान / मोहीलाई अन्याय  भएको भनिएको स्वर्गद्वारीको बारेमा केहि जान्नै पर्ने 
#तथ्यहरु :
 
- स्वर्गद्वारी आश्रम बि.सं. १९१६ मा रोल्पाको रुंगतिमा जन्मेका 
स्वर्गद्वारी महाप्रभुले बि.सं. १९५२ सालमा विश्व कल्याणको निम्ति  बैदिक 
परम्परा अनुसार अखण्ड महायज्ञ गर्न  स्थापना गरेका थिए l 
- 
त्यतिबेला नेपालको शैक्षिक अवस्था एकदम नाजुक रहेको हुँदा यसै 
स्वर्गद्वारीमा गुरुकुल स्थापना गरेको थियो l त्यतिबेला नेपाल लगायत भारतका
 विभिन्न ठाउँहरुबाट आएका विद्याथीहरु पढ्ने गर्दथे l 
- 
स्वर्गद्वारी आश्रम र गुरुकुल संचालन गर्न आफ्ग्नै शिष्यहरुको नाममा दांगका
 विभिन्न ठाउँहरुमा आफ्नै झोली / श्रोतसाधनबाट जग्गा किने l
- 
स्वर्गद्वारी महाप्रभु सिद्ध पुरुष थिए l त्यतिबेला समाजमा दुख पाएका / 
समस्यामा परेकाहरुको लागि उनि आफ्नो सिद्धि द्वारा समाधान गरि दिने गर्दथे l 
- २०५८ / ५९ सालतिर गुठी संस्थानले स्वर्गद्वारीको जग्गालाई 
राजगुथीको रुपमा ब्याख्या गरी दांगको घोराहीमा कार्यालय नै स्थापना गरि 
चलखेल गरिएको थियो  l २०६२ सालमा सर्बोच्चा अदालतले स्वर्गद्वारीलाई निजी 
गुठीको रुपमा फैसला गरि पुन: सुरक्षित  गरि दिएका थिए  l दांगमा स्थापना 
गरिएको कार्यालय बन्द भए l सर्बोच्चको निर्णयमा त्यस जग्गालाई खण्डित गर्न 
नपाउने, बेच्न नपाउने भनि निर्देशन गरिएको थियो l 
- अहिले 
स्वर्गद्वारी आश्रमको नाममा १०५० बिघा जग्गा रहेको छ जसमध्ये ७०० बिघा 
जग्गा किसानहरुले मोहीको रुपमा भोगचलन गर्दै आएका छन् l करिब ३०० बिघा 
जग्गामा विभिन्न पहुँचवालाहरुद्वारा  कब्जा गरिएका छन् l ५० बिघा जग्गा 
आश्रम आफैले भाँडामा, लिजमा दिंदै ब्यबसायिक प्रयोजनको लागि दिंदै आएका छन्
 l १०५० बिघाहा जग्गा आश्रममै नाममा लालपुर्जा रहेको छ l 
- भुमि 
सुधार कार्यालयले दिएको निर्देशन अनुसार स्वर्गद्वारी आश्रमले जग्गाको 
अवस्था / प्रकृति हेरेर बर्षको १ चोटी प्रति बिघाहा ३० क्विन्टल सम्म धान 
फल्ने जग्गामा करिब २.७ क्विन्टल कुत, ४५ क्विन्टल सम्म धान फल्ने जग्गामा 
बढीमा ५ क्विन्टल कुत आश्रमलाई बुझाउने ब्यबस्था गरिएको छ l बर्षमा १ चोटी 
धान र अर्को चोटी तोरी बाहेक आश्रमले कुनै पनि कुत, नगद वा अन्य लिने 
गरिएको छैन l 
-द्वन्द कालमा धेरै गुनासो आएको, किसानहरुले आन्दोलन 
गरेको कारण २०६५ सालमा एक समिति बनाई त्यस वर्षसम्म बाँकी रहेको सबै 
बक्यौता मिनाहा ग
रिएको थियो l २०६६ साल पछि धेरैले १-२ बर्ष कुत तिरिएको 
त्यसपछि नतिरेको तथ्याक रहेको पाइएको छ l
- स्वर्गद्वारी 
आश्रमद्वारा ७०० गाईहरु  पालिएका छन् l गुरुकुलमा १५० बिद्यार्थीहरुलाई 
नि:शुल्क पढ्ने ब्यबस्था मिलाएको छ, खान, बस्न र शिक्षकहरुको ब्यबस्था 
गरिएको छ l ३०० कर्मचारी ब्यबस्थापनार्थ खटाइएको छन् l २४ जना ब्राम्हणहरु 
बिहान ३ बजे देखि दिउसो २ बजे सम्म यज्ञशालामा काम गर्ने  र साँझ ४ बजे 
देखि राति ११:३० सम्म पाठपुजा गर्न ब्यबस्था गरिएको छ l 
- १०६० 
बिघाको मालिक भए पनि स्वर्गद्वारीमा पालिएका  ७०० गाईहरुलाई खुवाउन स्थानीय
 रेडियो एफ एम. हरुमा परालको लागि बिज्ञापन बजाउनु परेको अवस्था छ  l 
- नेपाल लगायत भारतका विभिन्न ठाउँबाट आएका तिर्थयात्रीहरुले चढाएको चामल,
 दानपात्रबाट आश्रम चलेको छ l आश्रम परिसरभित्र रहेका सेना, प्रहरी र 
सरकारी निकायका प्रतिनिधीहरुको रोहबरमा दानपात्र खोल्ने र बैंक दाखिला 
गर्ने ब्यबस्था गरिएको छन् l 
- आश्रममा रहेका कर्मचारीहरुलाई बढीमा मासिक १३००० तलब दिइएको छ l 
- अखण्ड यज्ञ गर्न चाहिने धान, गहुँ जौ, तोरीको उत्पादन गर्नको लागि दांगमा जग्गा किनिएको थियो l स्वर्गद्वारी प्युठानमा पर्दछ l 
- डा. ध्रुब श्री, सदस्य - स्वर्गद्वारी आश्रम