Showing posts with label हनुमान. Show all posts
Showing posts with label हनुमान. Show all posts

Monday, February 26, 2018

हनुमानढोका : हनुमानको मुर्ति

मल्ल राजाहरु हनुमानलाई संरक्षकको रुपमा मान्छन् l रामायणमा रामचन्द्रलाई हनुमानले संरक्षण एवं साथ दिएको पौराणिक कथा अनुसार मल्ल राजाहरु पनि हनुमानलाई उही संरक्षकको रुपमा मान्दथे र यसै कारण मल्ल राजाहरु दरवार, राज्य र जनताको सुरक्षा एवं युद्धमा जितोस भन्ने हेतुले दरवार अगाडी हनुमानको मुर्ति स्थापना गर्ने गर्दथे l यहाँ सम्मकी मल्ल राजाहरुको झन्डामा पनि हनुमानको चित्र हुने गर्दथे l मल्ल कालमा ठुला कार्यकारी पदहरुमा पनि हनुमान सब्द घुसेको हुन्थे l प्रताप मल्लले सन् १६७२ मा स्थापना गरेको यो हनुमानको मुर्ति बास्तवमा ढुगावाट बनेको थियो तर हरेक वर्ष मुर्तिलाई तोरीको तेल र Vermilion Powder वाट बनेको मिश्रणले पोत्ने गरिन्छ l हनुमानको मुर्तिलाई रातो कपडाले बेरेर टाउकोमा सुनौला छाताले ओढाएको देखिन्छ l

मल्ल राजाहरुको यहि हनुमान प्रतिको श्रद्धाको कारण दरवारको नाम पनि हनुमान ढोका रहन गएको हो l साथमा हनुमान दरवार भित्र नासल चोक र मोहन चोकबिचमा पंचमुखी हनुमानको मन्दिर पनि रहेको छ l

Friday, October 6, 2017

बुङ्गमति : हयांग्रिव भैरव र भीमसेनको मितेरी कथा



कुनै बेला भिन्द्यो: अर्थात भीमसेन र हयांग्रिव भैरव मित थिए, एक दिन भैरवले आफ्नो मित भिन्द्यो:लाई एक चाडमा पाहुना बोलाउछन, जुन बुङ्गमतीमा "खिचाबु म्ये स्याइगु" को दिन हुन्छ, यो भनेको पाटनमा बुङ्ग:द्यो: रथमा राख्नु भन्दा ३ दिन अगाडी हो त्यो दिन भैरवले आफ्नो मितलाई भोज खुवाउन भनि हयांग्रिव भैरवको मन्दिर अगाडी राखेर सिंगो राँगो सत्कारपुर्वक खान दिन्छ, जुन राँगोलाई मारी छाला निकालेर त्यहि छालाले त्यो राँगोलाई छोपिराखेको हुन्छ तर हयंग्रिव भैरव स्वयम् भने मन्दिर पछाडिको चोकमा बसेर अर्कै राँगो मारेर खाइरहेको हुन्छ त्यसलाई देखेर भिन्द्यो: आफुलाई चाही मरेको राँगो खुवायर आफु चाहिँ जिउदो खाईराख्यो भनेर रिसाएर जान्छ खिचाबुम्ये स्याइगुको दिन दुइ ठाउमा बलि दिनुको कारण यहि हो पछि मोहनी जात्राको बेलामा उक्त भिन्द्यो: पुन आएर भैरवलाई बाहिर जानै दिन्न भनेर खुट्टा फैलाएर ईखा (मत्स्येन्द्र बहालको दक्षिण प्रवेश) मा बसिराखेको हुन्छ त्यो जात्राको पहिलो दिन थियो जसको कारणले गर्दा आजु-अजी जात्राको खटलाई मत्स्येन्द्र बहालभन्दा बाहिर लगिदैन मत्स्येन्द्र बहाल भन्दा बाहिर जात्रा गरिदैन

त्यसरी खुट्टा फैलाएर बसे पछि नागेर जान नमिल्ने भए पछि पहिलो दिन मत्स्येन्द्र बहाल भित्र मात्र जात्रा हुन्छ भोलि पल्ट दशमीको दिनमा हयंग्रिव भैरवले हनुमानलाई बुङ्गमतिमा जात्राका लागि निम्तो बोलाउछ, अनि हनुमान आएर किन भन्ने जिज्ञासा भैरव सामु राखे पछि भैरवले भएका सबै कुरा बेला बिस्तार लगाई, अब तिमीले उक्त भिन्द्यो:लाई बाँसको टुप्पोले यहाँबाट हटाइदिनु पर्यो भनि आग्रह पश्चात खुट्टा फैलाएर बसेका भिन्द्यो:लाई बाँस (धुसाँ पं) को टुप्पोले अंकुस लगाएर हुत्त्याईदिन्छ, जुन भिन्द्यो: हनुमानको त्यो हुत्त्याईले दोलखामा हाल रहेको दोलखा भीमसेन ठाउँ सम्म पुग्छ त्यसैले दोलखा भिमसेनको मन्दिरमा रहेको भीमसेन बुङ्गमतीबाट हुत्त्याइएको भीमसेन हो भानिन्छ

यसरि हुत्त्याइए पछि बाटो खुला भए पछि मात्र जात्रालाई मत्स्येन्द्र बहालभन्दा बाहिर लगेर दशमी र एकादसिको दिनमा पुरा बुङ्गमति घुमाएर जात्रा गरिन्छ

खोइचा, बुङ्गमति-९ मा पनि हनुमान रहेको छ, जुन हनुमान एक पहरा दिदै बसेको हुन्छ, कतै हुत्त्याइएको भिन्द्यो: फेरी फर्केर आयो भने भगाउन बसेको हुन्छ र बेला बेलामा जागेको हनुमान विभिन्न ठाउँमा बाँसमा चद्नुको अर्थ कतै भिन्द्यो: फर्केर आयो कि आएन भनेर हेरेको हो यसैकारण दशमीको दिनमा मत्स्येन्द्र बहालमा हनुमान बोलाउनु भन्दा पहिला खोइचामा गएर पुजाआजा गर्नु पर्ने हुन्छ त्यहाँ पुजा सकी सकेर फर्के पछि मात्र मत्स्येन्द्र बहालमा हनुमान जगाएर बोलाउने कार्य सुरु हुन्छ अरु ठाउँमा खड्ग जात्रा भए जस्तै बुङ्गमतीमा पनि खड्ग जात्रा हुन्छ तर यो कुरा धेरै कमलाई मात्र थाहा छ मध्यरातमा हुने यो जात्रा सिर्फ पानेजुहरुको उपस्थितिमा नवमीको रात बुङ्गमति देखि खोइचा सम्म निरन्तरता हुन्छ जुन खड्ग पद्मपानी लोकेश्वोर बुङ्ग:द्यो:को हो र बुङ्ग: द्यो:को मन्दिरमा रहेको छ

हयंग्रिब भैरवबाट आग्रह भए बमोजिम टुप्पोले हुत्त्यौनु पर्ने हुन्छ, जसको कारण जात्राको बेलामा हेर्न सक्नु हुन्छ अरु सबै ठाउँमा बाँसको फेदलाई अघि लान्छ तर ईखातिर लग्दाखेर बाँसको टुप्पोलाई अघि राखेर तान्छ

पहिला पहिला आजको दिनमा कार्य विनायक परिसरको पपुख्य:मा भैरव नाच्न आउथ्यो भैरवले लगाएको गर-गहना तथा अन्य बाजाहरुको ताल र नाचको आवाज प्रस्टै संग टाढा टाढा सम्म सुनिन्थ्यो पछिल्लो पटक बि.सं. २०२४ सालमा सुनिएको थियो जसको केहि समय पछी सुनको जलप लगाइएको पुरानो आजु-अजी (श्री मनकामना माई) को मुर्ति चोरी भयो र तट पश्चात आज सम्म पनि त्यस्तो नाचको आवाज सुनिएको छैन मुर्ति चोरी भएको बर्ष आजु-अजीको जात्रा फोटोलाई खटमा राखेर जात्रा गरिएको थियो पछि स्थापना गरिएको आजु-अजीको मुर्ति त्यहि फोटो पौभा:लाई आधार मानेर बनाईएको थियो

 श्रोत : बुङ्ग बुङ्गमति अमरापुर (फेसबुक)

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...