Friday, March 30, 2018

कमलादी गणेश - सेतो गणेश

धेरै अघि कमलादी भेगमा खेत मात्र थियो, बस्ती बसेको थिएन । एक चोटी खेतीपाती गर्ने क्रममा खेतको बीचमा एक सेतो प्रस्तर फेला परेछ । किसानहरूले त्यसलाई गणेश भगवान् मानेर पूजाआजा गर्न थालेछन् । त्यसपछिका दिनहरुमा उनीहरूले ती गणेश काठमाडौं उपत्यकाका पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् ।

कमलादी गणेशका लागि राजेन्द्रविक्रम शाह लगायतका राजा र अन्य भक्तहरूले पनि मन्दिर निर्माण र त्यसको जीर्णोद्धार गरेका थिए राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि त्रिभुवनलाई जन्म दिएको विश्वास गरिन्छ काठमाडौ बासीहरु सन्तान प्राप्तिको लागि यस गणेशलाई उपासना गर्ने गर्दछन

Thursday, March 22, 2018

नाला : सृष्टिकान्त लोकेश्वर / करुणामय जात्रा


हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ ।

पुजारी पुण्यराज बज्राचार्यको अनुसार सृष्टिकान्त लोकेश्वरलाई सम्पूर्ण भगवानहरुको सृष्टिकर्ताका रूपमा लिइने गरिन्छ । पुजारीको अनुसार यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ । पहिले यो मन्दिर काठमाडौँ उपत्यकाको बुंगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पुर्याउने क्रममा यही नालाको बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर भागेको भन्ने भनाइ छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्त लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ ।

Tuesday, March 20, 2018

सेतो मछिन्द्रनाथ / करुणामय : जमलबाट रथ यात्रा गर्नुको रहस्य

किम्बदन्ती अनुसार परापूर्व कालमा यसै जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार करुनानायम देवताको जात्रा चलाउँदा अहिले पनि मुर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।

Thursday, March 15, 2018

पाहाँचर्हे अर्थात पिसाच चतुर्दशी : लुकु महाद्य: - लुकेको महादेवको कथा


पिसाच चतुर्दशीको दिन नेवारहरुको बाहुल्यता रहेको चोक, बहाल, ननीहरुमा लुकु महाद्य: (लुकेको महादेव)लाई जमिनमुनि खनेर खोतलिंन्छ र महादेव पार्वतीलाई मासु, लसुन,रक्सी,जाँड, बारा, आदि चढाई पुजा गरिन्छ l

महाकाल तन्त्रे शिव बचन शास्त्र अनुसार सत्ययुगको समयमा एकदिन पार्वतीले महादेवलाई भन्नु हुन्छ
"हे इश्वर, तपाइँ देवताको पनि देव महादेव !
तपाइंको अर्धांगिनी हुन पाउँदा म निकै खुसि छु l

 तर म अनेक रुप धारण गरि मद्यपान, मास ग्रहण गर्ने गर्छु,
तपाइँ चाहिं यस्तो खानेकुरा खानु हुन्न l
त्यसैले मलाई अलि अप्ठेरो महसुस भएको छ l"

पार्वतीको यस्तो कुरो सुनेर महादेवले त्यस्तो होइन भन्दै सुटुक्क कसैले नदेख्ने गरि पिसाच रुप धारण गरि मास, मदिरा तथा लावाजन्य खानेकुरा खाएर पार्वतीलाई देखाएछन् l

Wednesday, March 7, 2018

बिहे पछि बुढीले कसरी पागल बनाउछ, एक सानो उदाहरण


बुढी :- डार्लिंग म कपाल काटौ?
बुढा :- काट
बुढी :- कति मुस्किलले लामो बनाको थिएँ
बुढा :- तेसाे भए नकाट
बुढी :- आजकाल छोटाे कपाल पनि फेसनमा छ
बुढा:- तेसो भए काट
बुढी :- तर छोटाे कपाल को जुरो बनाउन मिल्दैन
बुढा :- तेसो भए नकाट
बुढी :- सोच्दैछु कि एक्पल्ट Experiment गरेर हेरौं
बुढा :- तेसो भए काट
बुढी :- फेरि पूरै बिग्रन्छ कि ?
बुढा :- तेसो भए नकाट
बुढी :- ह्या जे सुकै होस, एकपल्ट काटी हेर्छु मेरो साथीले पनि मेरो अनुहारलाई छोटाे कपाल सुहाउछ भनेकी छ
बुढा :- तेसो भए काट
बुढी :- यदि राम्रो देखिएन भने हजुर Responsible हुनु पर्छ नि
बुढा :- तेसो भए नकाट
बुढी :- त्यसै पनि घरको काम गर्दा छोटाे कपाल समाल्न सजिलो हुन्छ
बुढा :- तेसो भए काट
बुढी :- भो भो अहिले नै काट्दिन अब जाडाे नि सुरु हुन लाग्यो अलि पछि काटनु पर्ला जाडाे सकेर

बुढा :- तेसो भए नकाट
बुढी :- हामी कति बेला जाने ।
बुढा :- तेसो भए काट
बुढी :- मैले त बजार जाने कुरा गरेको
बुढा :- तेसो भए नकाट
बुढी :- होइन तपाई के भन्दै हुनुहुन्छ ? तपाईं लाई सन्चो छैन क्या हो ?
बुढा:- तेसो भए काट

 त्यो बुढा अहिले पागलखानामा छ, जति बेला पनि यहि भन्छ
तेसो भए काट
तेसो भए नकाट !!

श्रोत : फेसबुक

मान्छेको स्वभाव


कुनै एक शहरमा एकजना मुर्तिकार बस्थे । उसले एक सुन्दर मुर्ति बनाएर एउटा चोकमा राख्यो र मुनि लेख्यो, "यो मुर्तिमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लाइदिनोस् !!"
जब उसले साँझ उक्त मुर्ति हेर्यो, पूरै मुर्ति भरी सबै ठाउँमा चिनो लागेर एकदम खराब भैसकेको थियो ।

यो देखेर उ अत्यन्त धेरै दुखी भयो । के गर्ने सोच्न सकेन र दिक्क मनेर बसिराख्याथ्यो, त्यत्तिकैमा एक स्वामी त्यही बाटो भएर कतै जाँदै थियो, मुर्तिकारलाई त्यस्तो हालतमा देखेर स्वामीजीले कारण सोधे र उसले पूरै घटनाको बेलिबिस्तार लगायो ।

यो सुनेर स्वामीजीले भने, "तिमी एउटा काम गर, भोली अर्को मुर्ति बनाएर यहीं राख तर मुनि यो लेख की - यस मुर्तिमा जसलाई जे नमिलेको जस्तो लाग्छ, त्यसलाई मिलाएर जानुहोला !"

मुर्तिकारले भोलिपल्ट त्यसै गर्यो र साँझ हेर्दा मुर्ति जस्ताको तस्तै थियो, कसैले छुनसम्म पनि छोएनन् । उ संसारको प्रवृति र नियति बुझ्न समर्थ भयो ।

शिक्षा :

"खोट निकाल्नु, निंदा गर्नु, कुरा काट्नु, आलोचना गर्नु, उपदेश दिनु, सम्भव छैन भन्नु, आदि एकदमै सजिलो छ, दुनियाको जस्तोसुकै निकम्माले पनि गर्न सक्छ तर समस्या बुझेर समाधान गर्नु चाहिँ सबैको वशको कुरा हैन ।"

श्रोत : फेसबुक




सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...