Sunday, March 1, 2015

यहि हो नेपाल - नेपाल घर !


स्वाइन फ्लु, सिक्थ सेन्स टेक्नोलोजी र मेरो सपना !



दृष्य १ :
एउटी स्वास्थ्यकर्मी नानी आइन्
एक सेतो पानाभरि निलो पेष्ट दलिन्
बाफिलो निलो पानालाई मेरो अनुहारदेखि
पुरै शरीरलाई झाँक्री पाराले तीन चक्कर घुमाइन्
स्वाइन फ्लु भएको भए
चाइनिज लामखुट्टे मार्ने ब्याटमा जस्तो
झिरिक झिरिक बिजुली शर्ट हुन्छ रे !
स्वाइन फ्लु भेटिएन रे !


 दृष्य २ :
घुर्दै थिएँ,
ल्यापटप खोले, एउटा बटन राखें
४ लाइनको कोड लेखें
शरीर पुरै स्क्यान गरे
चाइनिज लामखुट्टे मार्ने ब्याटमा जस्तो
झिरिक झिरिक खोजें, भेटाएन !
सिक्थ सेन्स प्रविधियुक्त
स्वाइन फ्लु पत्ता लगाउने प्रविधि तयार भो !

 दृष्य ३ :
भाउजु आइन्, ल्यापटपमा
यताउता खोज्न थाले
पछाडी बसेर आँखा झिम्काएं
ल्यापटपको स्क्रिन लक भो !
सिक्थ सेन्स प्रविधिले अचम्मै गरेछ !

@सपना - क्या क्या सपना देख्छु बा, दिमागमै स्वाइन फ्लु लागेछ :)

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...